वर्ष १०, अंक ६, २०६४ पुस ८ गते आइतबार  (23 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 24 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

प्रमुख समाचार

रेडियो गणतन्त्र राप्तीको उद्घाटन, नया“ राजनीतिक धारमा मात्रै नया“ एकता कायम हुन्छ- महरा

दाङ/नेकपा -माओवादी)का केन्द्रीय प्रवक्ता एवं पूर्व संचारमन्त्री, कृष्णबहादुर महराले अहिले देशमा अग्रगमन र यथास्थितिवादीका बीच द्वन्द्व चलिराखेको भन्दै अब नया“ धारमा मात्रै दलबीच एकता कायम हुने कुरा बताउनु भएको छ । उक्त कुरा उहा“ले हिजो दाङको गोग्लीमा रेडियो गणतन्त्र राप्ती ९५.१ मेगाहर्जको उद्घाटन गर्दै बताउनु भएको हो ।

पानसमा बत्ती बालेर र रेडियोको औपचारिक उद्घाटन गर्नुभएका माओवादीका वरिष्ठ नेता महराले गणतन्त्र र राष्ट्रियता एक सिक्काका दुइ पाटा भएको र त्यसको आधार राजा र विदेशी शक्ति नभई जनता नै भएको बताउनु भयो । मुखमा गणतन्त्र र मस्तिष्कमा राजतन्त्र राख्ने तरिकाले देश परिवर्तन हुन नसक्ने भन्दै नेता महराले स्वतन्त्र नेपालका लागि अझ ठूलो बलिदानको आवश्यकता भएको उक्tm अवसरमा बताउनु भयो । जनयुद्धका बेला रोल्पा,रुकुमका लेकहरुबाट प्रसारण हु“दै आएको रेडियो गणतन्त्रलाई सहकारी संस्थामा हस्तान्तरण गरेपछि संचालन हुन थालेको रेडियोको प्रगतिका साथै शोषण र उत्पीडनमा परेका जनताको पक्षमा आवाज दिंदै सामाजिक रुपान्तरणमा यसले योगदान पुर्‍याओस् भन्ने कामना उहा“ले पनि उहाले गर्नुभयो । २०६३ सालको वैशाख ११ गते संसदवादी दलहरुले राजासंग गरेको सम्झौताका कारणले नै अहिलेको राजनीतिक मुद्दा नमिले बताउ“दै नेता महराले त्यो सम्झौताको विषयमा दलहरु बोल्नुपर्छ भन्नु भयो । सामन्तवाद र वैदेशिकवाद बाट देश त्यति सजिलै मुक्त नहुने कुरा बताउ“दै कमरेड महराले राष्ट्रियता, जनजीविका र गणतन्त्रको मुद्दालाई संगसंगै लैजान नसके अग्रगमन र परिवर्तन पनि सम्भव नहुने बताउनु भयो । जनआन्दोलन र जनयुद्धको मर्मका आधारमा संविधानसभाको चुनाव हुनुपर्ने कुरा राख्दै नेता महराले आफूहरु अब राजनीतिक सहमतिको नजिक पुगेको पनि बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै माओवादीका केन्द्रीय सदस्य एवं थारुवान राज्य समितिका इन्चार्ज सुरेशसिंहले गणतन्त्र रेडियोले आफूलाई मिशन बनाएरै अगाडि बढनु पर्ने भन्दै व्यवसायीकताको छाया“भित्र मिशनहरु मिचिदै गएको बताउनु भएको थियो । विदेशी शक्तिहरुले राष्ट्रियता माथि विखण्डन र अराजकता सिर्जना गरि अग्रगमन र गणतन्त्रलाई धरापमा पार्न खोजिरहेकोले सबै दलहरु बीच एकरुपता कायम भई समस्याको समाधान खोजिनु पर्ने उहा“ले बताउनु भयो । माओवादीका अर्का नेता नारायण शर्मा -कमलप्रसाद)ले जनताको हातमा संचार हुनुपर्ने धारणा राख्दै समानुपातिक निर्वाचन प्रणाली कायम नभए फेरि मधेशमा अराजकता बढने बताउदै गोलमेचबाटै त्यसको टुङ्गो लाग्ााउनुुपर्ने बताउनु भयो । शान्ति, परिवर्तन संचार सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश घिमिरेको सभापतित्वमा सम्पन्न रेडियो गणतन्त्र राप्तीको उद्घाटन समारोह कार्यक्रममा अन्तरिम विधायकहरु, रामचरण चौधरी, नारायण शर्मा, पाचौं डिभिजन कमाण्डर शरद, नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, पत्रकार महासंघका दाङका सभापति केवी मशाल, महिला पत्रकार मन्च दाङकी अध्यक्ष लक्ष्मी आचार्य, एमाले दाङका सचिव शोभाराम बस्नेत, मालेका गणेश केके, जनमोर्चाका र्सूय पौडेल, सुदिप गौतम, मधुसुदन वैद्य, सुशिल गौतम लगायतले रेडियो गणतन्त्र शोषण रहित समाजको निर्माणको कार्यमा महत्वपूर्ण भूमिका खेल्दै गणतन्त्र स्थापना गर्ने कार्यमा संचारकोक्षेत्रबाट अगे्रनी भूमिका खेलोस् भन्ने शुभकामना दिएका थिए ।

२०६० सालको भाद्र २३ गतेदेखि रुकुमको चुनवाङ लेकबाट रेडियो गणतन्त्रको प्रशारण शुरु भए पनि ०६०को कार्तिक २३ गते माओवादी अध्यक्ष प्रचण्डद्धारा देशभरीका ५ वटा एफएमहरुको एकैसाथ उद्घाटन गरिएको थियो । ७ जनाको कमिटीले संचालन गरेको रेडियोको त्यतिबेलाका निर्देशक भने सचिन रोका हुनुहुन्छ । ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि देशभरका अन्य एफएम स्टेशनहरुलाई प्रतिवन्ध लगाएपछि जनताको सूचनाको आधार केन्द्र भएको रेडियो गणतन्त्रलाई जनताहरु लुकेरै भए पनि घरको छतबाट सुन्ने गर्दथे । तत्कालिन शाहीसेनाले रेडियोको खोजीमा रोल्पामा र्सच अभियान चलाएको थियो । जनआन्दोलनपछि दाङको रामपुर गाविस वडा नं. ५ गडी लेकमा स्टेशन राखी चलाइएको थियो । नेपाल सरकारको सूचना तथा संचार मन्त्रालयमा दर्ता भएपछि समूदायमा हस्तान्तरण गरिसकेपछि घोराही बजारदेखि ५ किमी पूर्व गोग्लीबाट अपलिंक प्रविधिद्वारा भर्खरै त्यसको उद्घाटन गरिएको छ । रेडियोको टावर गडी लेकमा नै राखेर गोग्लीमा स्टेशन स्थापना गरिएको छ ।

अन्य समाचार

वैदेशिक हस्तक्षेप नरोकिए राष्ट्रिय युद्ध घोषणा गर्ने चेतावनी

- डिल्ली मल्ल/दाङ

योंग कम्युनिष्ट लिग नेपालद्वारा संचालित राष्ट्रियता र गणतन्त्रको लागि मेचीमहाकाली युवा मार्च अभियानको केन्द्रीय टोलीले शनिबार बा“केको दशगजा क्षेत्रमा बृहत पर््रदर्शन गरेको छ । भारतले अन्तर्रर्ााट्रय कानुन विपरित निर्माण गरेको लक्ष्मीपुर बा“ध एवं तटबन्धका कारण डुबानमा परेको नेपाली भूभागको स्थलगत अवलोकन गर्दै अभियान टोलीले चर्को विरोध प्रदर्शन गरेका थियो ।

यसअघि शुक्रबार दाङको तुलसीपुरमा आयोजित युवा जनसभालाई सम्बोधन गर्दै योङ्ग कम्यूनिष्ट लिग नेपालका केन्द्रीय अध्यक्ष गणेशमान पुनले वैदेशिक हस्तक्षेप र सिमा अतिक्रमणका विरुद्ध वर्तमान सरकारले तत्काल कुनै कदम नचालेमा राष्ट्रिय युद्धको घोषणा गर्ने बताउनुभएको थियो ।

वाइसीएलका केन्द्रीय उपाध्यक्ष उमा भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुनले भारतले नेपालका ६४ स्थानमा ६० हजार हेक्टर जमिन अतिक्रमण गरेको चर्चा गर्दै तत्काल राष्ट्रियता रक्षाको निम्ति सबै एकजुट हुन आह्वान गर्नुभयो । देशको माटोमाथि विदेशीले नङ्ग्रा गाड्दा नेपाली युवाहरु टुलुटुलु हेरेर नबस्ने बताउ“दै उहा“ले भन्नुभयो- 'बरु हाम्रो टाउको नै गुम्ला तर देशको एकमुठ्ठी माटो र एकइन्च जमिन पनि कदापी गुम्न दिने छैनौं ।'

अर्का वक्ता जनमुक्तिसेना नेपाल पा“चौं डिभिजनका कमाण्डर शरदले तत्काल सरकारले सेना समायोजनको विषयमा निश्चित खाका तयार गर्नुपर्ने बताउ“दै देशमा दुइ सेना रहदासम्म द्वन्द्व जारी रहने धारणा राख्नुभयो ।

त्यसैगरी अर्का वक्ता नेकपा माओवादी थारुवान राज्यसमितिका सेक्रेटरी तथा विधायक रामचरण चौधरीले तर्राईका सिमा क्षेत्रमा विदेशी फौज परेड खेलिरहेको बताउदै त्यसतर्फ वर्तमान सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।

बिहीबार नै दाङ आइपुगेको टोलीले सोही दिन सा“झ लमहीमा सा“स्कृतिक कार्यक्रम गरेको थियो भने शुक्रबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरी अभियानको लक्ष्य र उद्देश्यको बारेमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा लिगका अध्यक्ष पुनले अभियानको क्रममा मेची पुलदेखि महेशपुर, लालपट्टी, हु“दै सुस्ता लगायतका अतिक्रमित क्षेत्रको अवलोकन गर्नुका साथै गौर र मर्चवारमा श्रद्धाञ्जली सभा गरेको जानकारी गराउनु भएको थियो । अध्यक्ष पुनले राष्ट्रियता, गणतन्त्र, जनजिविकाका सवाललाई जोडदार उठाउन र सरकारलाई दबाब दिन, वाइसीएल विरुद्धका दुश्प्रचार र भ्रमहरु चिरफार गर्न उक्त अभियान थालिएको बताउनुभयो । उहा“ले अभियानपछि अतिक्रमित क्षेत्रको प्रतिवेदन निकाली पहिलो चरणमा सरकारलाई ध्यानाकर्षण गराउने, विज्ञप्ती र विरोध पत्र पेश गर्ने यदि सरकारले त्यसको वेवास्ता गरेमा जनआन्दोलन र राष्ट्रिय आन्दोलन चर्काउने बताउनु भयो ।

शुक्रबार अभियान टोलीलाई घोराहीको ट्राफिकचोकमा वाइसीएल थारुवान राज्यसमिति र स्थानीय बजारवासीले अविरमालाले स्वागत गरेका थिए । स्वागतपछि निकालिएको र्‍यालीले घोराहीबजार परिक्रमा गरि तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । घोराहीबाट तुल्सीपुर पुगेको अभियान टोलीलाई हजारौं जनमास र स्थानीय पार्टी कार्यकर्ताहरुले अविर माला लगाएर भव्य स्वागत गरेका थिए । र्‍यालीले तुलसीपुर बजार परिक्रमा गरी गणतन्त्रचोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा अनेकोट सा“स्कृतिक परिवार तामासालिङ राज्यसमितिका कलाकारहरुले आकर्षक र जोशिलो नृत्य प्रस्तुत गरेका थिए । ५ हजारभन्दा बढी जनसमुदायको सहभागीता रहेको सभाको सञ्चालन लिगका केन्द्रीय सदस्य तथा थारुवान राज्यसमितिका अध्यक्ष होमबहादुर पुनले गर्नुभएको थियो ।

त्यसैगरी अभियानको पुरकको रुपमा संचालित 'मगरा“त गणतान्त्रिक युवामार्च'को अभियान टोली आज रोल्पाको थवाङमा पुगेको छ । मंसीर २९ गते सल्यानबाट रुकुम प्रवेश गरेको उक्त टोलीले जिल्लाका सिमु्रतु, वैरागीठा“टी, मुसिकोट खलंगा, स्यालापाखा, पोखरा र महतमा युवा जनसभा सम्पन्न गरी रोल्पातिर लागेको हो । पौष २ गते अभियान टोलीले मुसिकोट खलंगा र सल्लेमा मार्चपास पनि गरेको थियो ।

शिवपुरीको जंगलमा बेपत्ता नागरिकको खोजी

वेपत्ता नागरिकहरु खोई ?

हरेक नेपालीले राज्यलाई यही प्रश्न गरिरहेको बेला शिवपुरीको जंगलमा मानवका सामूहिक चिहान हुन सक्ने आधारका शंकास्पद वस्तुहरु भेट्टएिका छन् । राज्यद्वारा वेपत्ता पारिएका नागरिकहरु मध्ये ४९ जनालाई २०६०को पुस ५ गते राती भैरवनाथ गणका शाही जत्थाले शिवपुरीको जंगलमा सामूहिक हत्या गरेर एकै चिहान बनाएको भन्ने कुराको चर्चा एकवर्ष अघिदेखि हु“दै आए पनि पुष्टि भने हुन सकिरहेको थिएन ।

शिवपुरीको अम्ले भन्ने क्षेत्रमा शंकास्पद रुपमा मोविलका बट्टा, जलाइएका काठका कोइला, कपडाहरु र जुटका बोरा भेट्टनिुले त्यहा“ बन्दीहरुलाई मारेर जलाइएको वा गाडिएको हुन सक्ने आशंकामा राष्ट्रिय मानवअधिकार आयोगले सो स्थानमा अनुसन्धान प्रक्रियाको थालनी गरिसकेको बताएको छ । घटनामा संलग्न रहेका भैरवनाथ गणमा कार्यरत भई हाल विदेशमा रहने एक हवल्दारले भैरवनाथ गणमा थुनुवामा राखिएका क्रान्तिकारीका विद्यार्थी नेता कृष्ण केसीलाई हालै अम्ले क्षेत्र वरीपरिको लोकेशन बताइदिएपछि सोही आधारमा मानव अधिकारवादीको टोली त्यहा“ पुग्दा उक्त वस्तुहरु भेटिएका हुन् । गएको बुधबार नै सो क्षेत्रमा मानवअधिकारवादी, वेपत्ता परिवार, विधायकहरु पुगी अध्ययन गरेका थिए ।

संकटकालको बेला मान्छेको निर्ममतापूर्वक हत्या गर्ने अपराधी जत्थाको रुपमा बदनाम कमाएको भैरवनाथ गणले अझै पनि त्यस ठाउ“मा जान पत्रकारलाई रोक्ने र पहिलेकै शैलीबाट प्रस्तुत हुनुले आफूले गरेको नरसंहारलाई अझै पनि लुकाउन खोजेको कुराको पुष्टि हुन आउ“छ । सो स्थानलाई सिलबन्दी गरी शंकास्पद वस्तुको सुरक्षा गर्न राष्ट्रिय मानवअधिकारको आदेशमा प्रहरीलाई खटाइए पनि सेनाले त्यहा“बाट प्रहरीलाई हटाइदिएको छ । बिहिबार त्यहा“ अवलोकन गर्न पुगेका काठमाण्डौंका पत्रकारहरुलाई सेनाले गाली गलौज गर्दै दुव्यवहार गरेको थियो । उक्त स्थानमा देखिएका वस्तुहरुलाई बाहिरबाट भएपनि विशेषज्ञहरु ल्याएर वैज्ञानिक जा“च गरिने र त्यहा“ पुरिएको दुइ मिटर लम्बाईको खाडललाई उत्खनन गरी हेरिने कुरा राष्ट्रिय मानवअधिकारवादी संस्थाले बताएको छ । उता वेपत्ता परिवारहरुले अपराधीहरुलाई कार्वाहीसहित तुरुन्तै वेपत्ता हर्टाई सार्वजनिक गरिनुपर्ने कुरा सरकारसमक्ष राख्दै आएका छन् । सरकार भने उक्त ठाउ“मा अध्ययन अनुसन्धान प्रक्रियालाई अघि बर्ढाई कार्वाही प्रकृयालाई अघि बढाउनुको साटो आनन्द मानी बसिरहेको छ ।

मृत्युको नजिक पुग्न आ“टेका वेपत्ता नागरिकका बुवाआमाहरु छोराको खोजीमा हि“ड्दा राज्यबाट बुट र लाठी खाएर खुट्टा भा“चिदा समेत एक दिन त छोरा आउ“छ भन्ने आशमा काठमाण्डौं माइती मण्डला र गल्लीहरुमा धर्ना बस्दै आएका ती सेताम्मे भएर फुलेका दम्पतीहरुलाई वेपत्ता पारिएको त्रि्रो छोरा शिवपुरीको जंगलमा पुरिएको छ भने कुरा सुन्दा कस्तो हुन्छ होला -

कमरेड श्रीमणिको निधन

लामो समयदेखि दाङको कम्युनिष्ट आन्दोलनमा क्रियाशील रह“दै आउनुभएका एमाले राप्ती अञ्चल कमिटी सदस्य कमरेड श्रीमणी आचार्यको फोक्सोको क्यान्सरबाट उपचार गर्दागर्दै ५४ वर्षको उमेरमा निधन भएको छ ।

एमाले दाङका सचिव समेत रहनुभएको श्रीमणीको उपचार्रार्थ दङ्गालीवासीहरुले आर्थिक उठाएर सहयोग गरेका थिए । बुधबार आचार्यलाई आफ्नै घर ल्याएर अन्त्य गरिएको थियो । उहा“लाई श्रद्धाञ्जली दिन दाङका सबै कम्युनिष्ट पार्टीका नेता तथा समाजसेवी बुद्धिजीवी र जनताहरुको भिड लागेको थियो । विभिन्न संघसंस्था, नागरिक समाज लगायतले आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विज्ञप्ती जारी गरेका थिए । श्रीमणीको अत्यष्टीमा पुग्नु भएका अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष शिवराज गौतमले कम्युनिष्ट आन्दोलनका दङ्गाली नेता श्रीमणी आचार्यको निधनले आफू मर्माहत भएको बताउ“दै उहा“को संघर्षपूर्ण जीवनबारे चर्चा गर्नु भएको थियो ।

साधारण सभामा प्रहरी हस्तक्षेप

घोराही/दाङ निर्माण व्यवसायी संघको साधारण सभामा अचनाक प्रहरी हस्तक्षेप भएपछि सभा स्थगन हुन पुगेको छ ।

संघका अध्यक्ष देवी पोखे्रलको अध्यक्षतामा शनिबार भइरहेको साधारणसभाले 'श्री ५ को सरकार'लाई हर्टाई 'नेपाल सरकार' राखेको छ । संघका सचिव वसन्तकुमार शर्माको सञ्चालनमा सम्पन्न सभाले हितकोष खडा गर्ने निर्णय गरेको छ ।

साधारणसभा स्थगित गरी खाना खान गएको समयमा एकान्त होटेलबाट भोजराज अधिकारी, विकाश पुन, सोनु रोका, प्रविण भण्डारी, पे्रम पुनलाई प्रहरीले एक्कासी गिरफ्तार गरेपछि निर्माण व्यवसायी संघका कर्मचारीहरु जि.प्र.का. र्घेन गएका थिए । प्रहरीका अनुसार निजहरुले नक्कली नम्बर प्लेट राखी गाडी चलाएको भनी लगिएको बताए पनि निर्माण व्यवसायी संघले बलीभद्र राणाले साधारण सभालाई विथोल्ने उद्देश्यले यस्तो कार्य गरेको बताएको छ ।

बयालेमा पनि मोटर जाने

पवननगर, दाङ/पवननगरको भमकेदेखि देविस्थान हु“दै बयाले जोड्ने मोटरबाटो निर्माण कार्य भइरहेको छ ।

बयालेका स्थानीय जनताको सक्रियता रहेको उक्त निर्माण कार्यमा पवननगर-६ देविस्थानका जनताले पनि श्रमदान गरिरहेका छन् । माओवादी पवननगर गाविसको पहलमा हालै २५० कार्यकर्ता, जनताले पनि श्रमदान गरेको गाविस कमिटीले जनाएको छ । देविस्थानदेखि अनुमानित १५ किलोमिटर लामो बाटो स्थानीय जनताकै पहलमा आफ्नै पौरखले बयालेबाट हापुरकोटसम्म लगभग ८ किलोमिटर बाटो पूरा भइसकेको छ ।

केही दिन मात्र श्रमदान गरे देविस्थानसम्म ल्याइपुर्‍याउने नेकपा -माओवादी)का स्थानीय कार्यकर्ता सेवकराम आचार्यले जनाएका छन् । यो बाटो निर्माण भएपछि पवननगरको विकट गाउ“ बयाले मात्र होइन शान्तिनगरको केराघारी, हिरापुर लगायतका गाउ“का जनतालाई यातायातको सुविधा हुनेछ ।

क्रान्तिकारीको जिल्ला अध्यक्षमा पुनः चौधरी

दाङ/शैक्षिक पुनर्संरचनाको लागि सशक्त विद्यार्थी आन्दोलन, संघीय गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा १७औं जिल्ला सम्मेलन भन्ने मूल नारा सहित अखिल क्रान्तिकारीको दाङ जिल्ला सम्मेलनले पुन गणेश चौधरीको अध्यक्षतामा २ पछि थप्ने गरी ४३ सदस्य नया“ कार्यसमिति चयन गरेको छ ।

संगठनका केन्द्रीय सचिव विन्दमान विष्टले गत पौष १ गते भरतपुर क्याम्पसको प्राङ्गणमा उद्घाटन गरेको सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा प्रकाश चौधरी, सचिवमा वसन्त चौधरी, कोषाध्यक्षमा शुशिला चौधरी, सहसचिवमा रमा पुन रहनु भएको छ । बा“की सदस्यहरुमा सुमन रोका, सावित्रा विक, उमा बस्याल, जीवन चौधरी, तिलक घिमिरे, राधा रिजाल, प्रविन शर्मा, युवराज केसी, खुमबहादुर कार्की, दमद रिजाल, सन्तोष जिसी, कृष्ण भट्टर्राई, दोर्ण खड्का, पूर्ण सिंह विक, हंसराज केसी, लिला पुन, प्रकाश शाही, उमेश यादव, पुजा र्घर्ती, मिनराज वली, भुपेन्द्र वली संगम केसी, जङ्गबहादुर रोका, विन्दु खड्का, चन्द्रा क“डेल, प्रकाश सुवेदी, नरेश थापा, सतिश आचार्य, युवराज बस्नेत, किसन रेग्मी, सन्तोष पोखे्रल, भुपेन्द्र भुसाल, विकास लम्साल, गिरिराज केसी र घनश्याम खनाल रहनुभएको छ ।

गणेश चौधरीको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलन पछिको कार्यसमितिको बैठकले निजिकरण गरिएका विद्यालयहरुलाई राष्ट्रियकरण गरिनुपर्ने, निःशुल्क शिक्षाको व्यवस्था गरिनुपर्ने संसदको विशेष अधिवेशनबाट पारित प्रस्ताव कार्यन्वयन गरिनुपर्ने, बेपत्ताको स्थिति सार्वजनिक गरिनुपर्ने लगायतका मागहरु सहित संगठनले आपनो कार्य विभाजन गरेको छ ।

यसैबीच अखिल क्रान्तिकारी सल्यानको जिल्ला सम्मेलनले दर्ुगाबहादुर बुढाथोकी अध्यक्ष रहेको २५ सदस्यीय जिलला समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष्ँ दिपककुमार शर्मा, सचिव मोती बस्नेत, सहसचिव कमला वली र कोषाध्यक्ष तिलक विश्वकर्मा रहनुभएको छ । जिल्ला समितिमा अन्य सदस्यहरुमा खिमबहादुर रावत, लोकमान बुढाथोकी, टेकबहादुर पुन, मदन बस्नेत, दिपक सुनार, युगराज डिसी, ठकेन्द्र शाही नविन विक, विमला शर्मा, टिका केसी, रिमबहादुर विष्ट, निर्मला वली, लिलामान बस्नेत, कृष्ण खड्का, निर्मल क“वर लगायतका रहनुभएको छ ।

डागी कार्वाहीमा

रोल्पा/रक्सी खाएको झोकमा आफ्नै घर गोठमा आगो लगाई गाउ“कै टोपबहादुर डा“गी उपर चौकीमा मुद्दा दायर गरेका रोल्पा पाखापानीका गन्जबहादुर डा“गीले झुठ्ठा मुद्दा दिएका कारण आफै कार्वाहीमा परेका छन् ।

निज डागीले २०६२ सालमा रुकुमको खाराबाट तत्कालिन शाही सेना गाउ“मा ल्याई माओवादीको आरोपमा गाउ“लेलाई दुःख दिने गरेकाले उनी जनकार्वाहीमा परेका थिए