|
कविता
अठोट
- क्षितिज मगर
फिस्टाका आखा बोक्नेहरु
उडान रद्द गरे पनि
हाम्रो वेग रद्द हुन्न
स्यालका मुटु बोक्नेहरु
यात्रा त्यागे पनि
हाम्रो अभयान रोकिन्न
पसिनाका नाइल र मिसिसिपीमा पौडिदै
रगतका भोल्गा र अमेजनहरु तर्दै
लक्ष्यको एण्डिज उभ्याइरहन्छौं
आशाको क्षितिज खुलाइरहन्छौं
आस्थाका सगरमाथामा हामी
अथक आरोहण गरिरहन्छौं, गरिरहन्छौं
यसपटक रानी वनमा
काफल पाक्यो चरी कराओस या नकराओस
न्याउली चरी गीत गाओस् या नगाओस्
समयले करबट लिएपछि केही फरक पर्दैन
आखिर पाकेरै छोड्छ काफल
वसन्तमा फुलेरै छोड्छ गुरा “स
केरा पात झैं थर्थराउ“दा मुठ्ठीहरु
हुरीभित्र खुकुलीरहे पनि के भो र ?
मात लागेको मान्छे झैं धर्मराउ “दा
पाइलाहरु
मूल बाटो बाट बाहिरिए पनि के भो र ?
पूर्वको लाली छाएपछि केही फरक पर्दैन
आखिर चुलीमा झण्डा फहराएरै छाड्छ
आखिर विजयको नगरा बजेरै छाड्छ
हामी त्यो झण्डा बोकेर
हामी त्यो नगरा बजाएर
बारुदको बादलभित्र हिडिरहन्छौं, हि “डिरहन्छौं
चट्याङको गोला वर्षाभित्र
व्यधाको गोली पर्राभित्र
अविचल र निर्भिक रहे पनि
कहिलेका “ही
कागहरु जानीजानी
वर्षादको कुहिरोभित्र हराउ “दा
रहेछन्
कुरीतिको पहिरोभित्र पुरिदारहेछन्
तर पनि कागहरु आफ्नै गतिमा
नया “ हुरीसंग कावा
खान्छन्
देखेका थियौं कुखुराहरु मात्र
माटोमा खेल्छन् फुटफुटी
तर कहिले काही चीलहरु पनि
कोट्याउ“दा रहेछन् माटो
पल्ट्याउ “दा
रहेछन् ढु“ङ्गो
माटो कोट्याएर, ढुङ्गो पल्ट्याएर
कुखुराहरु पाउ “छन्
रछ्यान
चिलहरु भेट्छन् अमूल्य सुन
तर पनि चिलको वेग आकाशमै हुन्छ
तर पनि कागको आ “खा
चलाखै हुन्छ
हामी यो भूमरीमा, हामी यो आ “धी
हुरीमा
ती चिलका वेग लिएर
ती कागका आ “खा
लिएर
कठोर यात्रा जारी राखिरहन्छौं, राखिरहन्छौं
१० मार्ग २०६२
गीत
साम्यवादको लक्ष्य चुम्ने छौं
- सुमन
राता सिपाही हौं हामी देशको रक्षा गर्नेछौं
जनमुक्ति सेना हौं हामी जनताको सेवा गर्नेछौं
चाहे देशले रगत मागोस् रगत दिन तयार छौं
चाहे बलिदान मागोस् ज्यानै दिन तयार छौं
तर˜˜˜ तर हामी हुन दिन्नौ विदेशी हस्तक्षेप यहाँ२
सक्छौ भने यो छातीमा आगो सल्काइदेउ
सक्छौ भने यो गलामा फा“सी लगाइदेउ
तर ˜˜˜ तर हामी झुक्ने
छैनौं हर चुनौती पार गर्नेछौं २
देशको निम्ति लडिरहने बाचा खाई लड्नौं
शहीदको सपथ खाई सधै अघि बढ्नेछौं
अन्तिम˜˜˜ अन्तिम युद्ध लडि हामी साम्यवादको लक्ष्य चुम्ने२
साम्यवादको लक्ष्य चुम्ने छौं ३ |