वर्ष १०, अंक ६, २०६४ पुस ८ गते आइतबार  (23 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 24 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

अन्तरवार्ता

'जनवादी शिक्षाको एउटै आधार माओवादी नेतृत्वमा क्रान्तिकारी सरकार' हाम्रो उद्घोष हो

- रमेश मल्ल, केन्द्रीय कोषाध्यक्ष, अखिल (क्रान्तिकारी)

देश अग्रगमन र पश्चगमनको बीचमा गुज्रिरहेको छ । यो संक्रमणकालीन परिवेशमा क्रान्तिकारी विद्यार्थी संगठन र यसको आन्दोलन कसरी बढिरहेको छ ?

अनेरास्ववियू (क्रान्तिकारी) लाखौंलाख नेपाली विद्यार्थीहरुको आफ्नै संगठन हो । नेपाली विद्यार्थी तथा जनसमुदायका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संघर्ष संचालन गर्नु यसको कर्तव्य हो । संक्रमणकालीन अवस्था लम्बिदै जा“दा देशमा पैदा भएको राजनीतिक अस्थिरता र अन्यौलताको पीडा सबैले भोग्नु परिरहेको छ । लोकतान्त्रिक भनिने सरकारले अन्तरिम संबिधानको मर्म र भावनाविपरित एकपछि अर्को जनविरोधी काम गरिरहेको छ । गणतन्त्रको घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत् र्सार्थक संविधानसभाको चुनाव सम्पन्न गर्नु पर्ने राजनीतिक मुद्दालाई संघर्षको केन्द्रीय विषय बनाउ“दै अन्तरिम संविधानअनुरुप माध्यामिक तहसम्मको शिक्षा पूर्णरुपमा निःशुल्क हुनुपर्ने, सम्पूर्ण निजी शिक्षालाई राष्ट्रियकरण गर्नुपर्ने र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर्नुपर्ने विषयमा हाम्रो संगठनले आन्दोलन संचालन गरिरहेको छ । आगामी फागुनमा सम्पन्न हुने स्ववियू निर्वाचनलाई केन्द्रमा राखी संगठनात्मक रुपमा देशव्यापी भेला सम्मेलन सम्पन्न गर्दैै आफ्ना १२ लाख सदस्यहरुमार्फत् लाखौं विद्यार्थीहरुको नेतृत्वदायी भूमिका पूरा गरिरहेको छ । नेपाली भूमिमा नया“ विचारको प्रयोगमार्फत् विकसित नया“ राजनीतिक कार्यदिशालाई आफ्नो संगठन र संघर्षमा प्रयोग गर्ने मात्र नभई अन्तर्राष्ट्रिय युवा विद्यार्थी आन्दोलनमा समेत विस्तार गर्न भर्खरै हाम्रो संगठन क्ष्ीएक् ९क्ष्लतभचलबतष्यलब ीिभबनगभ या एभयउभिुक क्तचगननभि० को सदस्य समेत बनेको छ । समग्रमा भन्दा अनेरास्ववियू -क्रान्तिकारी)े सामन्ती नाइके ज्ञानेन्द्र शाहीलाई काराबासभित्र थुनेर चावी हातमा लिन आतुर छ ।

शिक्षामा सुधार होइन आमूल परिवर्तन हुनर्ुपर्दछ भनेर यहा“को संगठनले लगातार आवाज उठाइरहेको छ, के यो संभव छ - छ भने कसरी ?

शिक्ष्ँामा आमूल परिवर्तन संभव मात्र नभै अनिवार्य विषय बनिसकेको छ । यथास्थिति वा विद्यमान शिक्षा प्र्रणालीमा सुधार वा टालटुल पारेर शैक्षिक क्षेत्रको समस्या हल खोज्नु भनेको ढल्नै आ“टेको घरको भित्ता लिप्नु जस्तै हो । हामी शिक्षामा आमुल परिवर्तन विद्यमान अर्थ राजनैतिक संरचनाको बीचबाट संंभव देखेका छैनौं । त्यसको लागि जनक्रान्तिले पूर्णता प्राप्त गर्नु पर्दछ । 'जनवादी शिक्षाको एउटै आधार माओवादी नेतृत्वमा क्रान्तिकारी सरकार' हाम्रो उद्घोष हो । यो हाम्रो रणनैतिक दृढता हो ।

एकातिर तपाईहरु नीजीकरण र व्यापारीकरणको चर्को विरोध गरिरहनु भएको छ, अर्कोतिर दिनप्रतिदिन बोर्डिङ स्कुलहरु धमाधम खुल्दैछन् । यसबारे तपाईहरुको संगठनको ध्यान त्यति नपुगेजस्तो देखिन्छ नि ?

निजीकरण तथा व्यापारिकरण विरोधी हाम्रो आन्दोलन जारी छ । यद्यपी विगतमा हामीले क्रियात्मक रुपमा निजीकरणविरोधी आन्दोलन पनि चलायौं, पछिल्लो चरणमा जनमत संग्रहमार्फत् हाम्रो एजेण्डालाई जनअनुमोदन गरिसकेका छौं । हामी दाबीका साथ भन्न सक्छौं कि नेपालमा विद्यमान निजी विद्यालयहरुलाई राष्ट्रियकरण गर्नुको विकल्प छैन । निजीकरण विरोधी हाम्रो शैक्षिक आन्दोलनको क्रममा शिक्षा मन्त्रीस“ग भएको वार्तामा चालु शैक्षिक सत्रदेखि निजी विद्यालयहरु ख्ाोल्न अनुमति नदिने र चलिरहेका विद्यालयहरुलाई राष्ट्रियकरणका लागि सरकारको तर्फबाट क्रमिकरुपमा पहल गर्ने सहमति भएको हो । अहिले फेरि गएर धमाधम बोर्डिङ स्कूलहरु खुल्नु शिक्षा क्षेत्रमा सरकारी उदासिनता बाहेक अरु केही पनि होइन । जहा“सम्म नया“ खोलिएका बोर्डिङ स्कूलको सवाल हो, राष्ट्रियकरणको प्रक्रियामा यिनको कुनै भविष्य छैन ।

राज्य पुनर्संरचनाको बहसस“गै शैक्षिक पुनर्संरचनाको बहस पनि निकै चलेको छ । यो शैक्षिक पुनर्संरचना भनेको के हो - तपाइहरुले भनेको शिक्षा र शिक्षा निति कस्तो खालको छ - संक्षिप्त बताईदिनुहोस् न ।

आज देशमा ऐतिहासिक जागरण पैदा भएको छ । जनताको बीचमा पैदा भएको युगिन चेतना सिंहदरबारबाट जन्मेको नभै वर्ग संघर्षको भीषण मोर्चाबाट अर्थात् उत्पीडित र अपहेलीत ग्रामीण जनता, किसान, मजदुरको मुक्तिको महान् जनयुद्धबाट जन्मेको हो । जुन राजनैतिक जागरण २०६२/०६३ को जनआन्दोलनको आधारशीला बन्यो र आम नेपाली जनता राज्य पर्ुनर्संरचनाको बहसमा सामेल भए । सदियौंदेखि सामन्तवाद र साम्राज्यवादको चरम शोषण र उत्पीडनमा बा“च्न विवश उत्पीडित वर्ग, जाती, क्षेत्र, लिंग र समुदायलाई राज्य सत्ताको हकदार बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नया“ नेपाल निर्माण गर्नु राज्य पर्ुनर्संरचनाको मूल लक्ष्य हो भने संघीय लोकतान्त्रिक गणतन्त्र अनुकुलको जनशिक्षा नीति निर्माण गर्नु शैक्षिक पूनर्संरचना सम्बन्धी वर्तमान बहसको उद्देश्य हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रभित्र शिक्षा नीति पनि संघीय अवधारणा अनुकुल हुनु पर्दछ । शिक्ष्ँा जनताका निम्ति र राष्ट्रका निम्ति हुनर्ुपर्दछ । जनताका छोराछोरीले मातृभाषामा शिक्ष्ँा लिने अवसर प्राप्त गर्नुपर्दछ । शिक्षा राष्ट्रको माटो सुहाउ“दो हुनु पर्दछ । त्यसो गर्दा आजको युगको विकसित विज्ञान, प्रविधी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप शिक्षा नीति निर्माण गर्नु पनि यसको लक्ष्य हुनर्ुपर्दछ । वर्तमान शिक्षा प्रणाली अर्ध-सामन्ती र अर्ध-औपनिवेशीक छ । यसले विद्यार्थीहरुलाई स्तुति र भक्तिको स“स्कृति सिकाएको छ । श्रमप्रति घृणा पैदा गराइरहेको छ । यसले विद्यार्थीहरुमा चरम व्यक्तिवादी स्वार्थी मनोवृत्तिको विकास गराएको छ भने अर्कोतिर विश्वविद्यालय र कलेजहरु साम्राज्यवादीहरुका आधुनिक दास उत्पादन गर्ने कारखाना बनेका छन् । नेपालको सस्तो श्रमशक्तिलाई सस्तो मूल्यमा खरिद गर्न वैदेशिक विश्वविद्यालयहरु नया“-नया“ शैक्षिक कार्यक्रमको नाममा नेपाल भित्रिएका छन् । विश्वबैंकको योजनामा भित्रिएको ±२ शिक्षा र विद्यालय शिक्षा समुदायमा हस्तान्तरण कार्यक्रम शिक्षालाई राज्यको दायित्वबाट अलग गरी सम्पूर्ण आर्थिक व्ययभार जनतामा थोपर्ने षड्यन्त्रमा आधारित छ । देशको ठूलो विश्वविद्यालय त्रिवि सामान्ती एकात्मक संरचनामा आधारित छ । जसले ग्रामिण जनतालाई सुलभरुपमा उच्च शिक्षाको अवसर प्रदान गर्न सकिरहेको छैन । यावत् समस्याहरुको विकल्प भनेको संघीय जनशिक्ष्ँा नीति नै हो ।

अलिकति फरक प्रसंगतिर जाऔं, देशको वर्तमान राजनैतिक परिस्थितिलाई तपाईले कसरी नियालिरहनु भएको छ ?

देश अहिले संक्रमणकालीन स्थितिबाट गु्रजिरहेको छ । संक्रमणकाल लम्बिनुको पीडा अझ बढी यातनामयी हु“दोरहेछ । संसदीय दलहरु मुख्यतः ने.का.को सामान्तवाद तथा साम्राज्यवाद परस्त सांेच र चिन्तनको परिणाम जनयुद्ध र जनआन्दोलनको लक्ष्य -संघीय लोकतान्त्रिक गणतन्त्र) हा“शिल गर्न सकिएको छै्रन । क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पश्चगमन, लोकतान्त्रिक गणतन्त्र र उही पुरानै यथास्थिति यी विपरित प्रवृत्तिबीचको भीषण टक्कर नै आजको संक्रमणकालीन परिस्थितिको मुख्य चुनौति बनेको छ । यसको पछाडि सामन्ती दरबारको अन्तिम छटपटाहट् त छ“दैछ, तर राजनैतिक पार्टी मुख्यतः सरकारको नेतृत्व गरिरहेको ने.का. नै यसको मुख्य जिम्मेवार बनेको छ । संसदवाट बहुमतले पारित संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक निर्वाचन प्रणाली कार्यान्वयन गर्न सरकारलाई दिएको निर्देशनलाई वेवास्ता गर्ने का“ग्रेसी एकाधिकार नै समस्याको जड हो । संक्रमणकाल लम्बिदै जा“दा वैदेशिक प्रतिक्रियावादीहरु नेपाली राष्ट्रियतामाथि हस्तक्षेप मात्र गरिरहेका छैनन् मधेशी आन्दोलनको न्यायपूर्ण एजेण्डामाथि प्रवेश गरेर मधेशलाई बफर स्टेट बनाउने डिजाइनमा लागेका छन् । तर्सथ राष्ट्रियता र गणतन्त्रको आन्दोलनलाई एकीकृत रुपमा संचालन गर्नुपर्ने गंभीर दायित्व नेपाली जनताका अगाडि खडा भएको छ । भर्खरै मात्र तेस्रो पटक संविधानको संशोधन गरी चैत्रमा संविधानसभाको चुनाव सम्पन्न गर्ने निर्णय सात राजनैतिक दलले गरेका छन् । र्सार्थक संविधानसभाको चुनाव सम्पन्न गर्न गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको सम्बोधन गोलमेच सम्मेलनद्वारा गर्नु पर्ने नेकपा माओवादीको अवधारणाले मात्र समस्याको वस्तुनिष्ठ समाधान सम्भव छ भन्ने कुराको पुष्टि इतिहासले गरिसकेको छ ।

के चैत्रभित्र संविधानसभाको चुनाव होला त ? यदि चुनाव नभएमा के हुन्छ जस्तो लाग्छ ?

छिटो भन्दा छिटो संविधानसभाको चुनाव सम्पन्न गरी राज्यको पर्ुनर्संरचना गर्ने विषय आजको प्रमुख राष्ट्रिय एजेन्डा हो । नेपाली का“ग्रेस तयार भएमा गोलमेच सम्मेलनमार्फत् गणतन्त्र र पूर्ण समानुपतिक निर्वाचन प्रणालीबारे एउटा टुङ्गोमा पुग्न सकिन्छ र चैत्रमा संविधानसभाको निर्वाचन गर्नैपर्छ यदि त्यो चुुनाव भएन भने दरवारिया प्रतिगामी र यथास्थितिवादीहरुको कारणले हुदैन त्यसो भएमा जनताको अगाडि जनविद्रोहको विकल्प रहने छैन ।

स्ववियू निर्वाचन पनि नजिकै आउ“दै छ निर्वाचनमा कसरी जाने योजना बनाउनु भएको छ ?

हो त्रिविविको कार्यतालिकाअनुसार आगामी फागुनमा स्ववियू निर्वाचन आउ“दैछ । सविधानसभा चैत्रमा सम्पन्न गर्ने कुरा निश्चित भएपछि स्ववियू निर्वाचन के गर्ने - त्यो छलफलको विषय बन्न सक्छ । यद्यपी हामी अहिलेसम्म स्ववियू निर्वाचनमा जाने मनस्थितिमा नै छौं र सोही अनुरुप तयारी भइरहेको छ ।

जहा“सम्म स्ववियू निर्वाचन प्रणालीको कुरा हो, यो सम्बन्धी हाम्रो संगठनको धारणा नया“ छ । विद्यमान स्ववियू नियमावली २०३६ सालको हो । पञ्चायती सत्ताले राजनैतिक विचारद्वारा निर्देशित विद्यार्थी संगठनलाई काउन्ट नगरी व्यक्तिको नाममा प्यानल बनाई प्रतिस्पर्धा गर्ने जुन नियम बनायो आजसम्म त्यही सा“चोमा हामी ढालिएका छौं । यो विडम्वनापूर्णर्ं कुरा हो । त्यतिमात्र नभई विद्यमान निर्वाचन प्रणालीबाट अल्पमतले बहुमतमाथि शाषण गर्ने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त स्ववियू एउटा गुटको स्वार्थमा प्रयोग हुने र भ्रष्टाचार गर्ने अखडामा बदलिएको छ । स्ववियू स्वतन्त्रताको आवाज होइन निरङ्कुसताको छाता भएको छ । विगत ८/१० वर्षयता हाम्रो संगठन सामन्ती सत्ताद्वारा प्रतिवन्धित हु“दा अखिल र ने.वि.संघले स्ववियूलाई आफ्नो क्रिडास्थल बनाएका छन् । यो सबै चिजको हल हामीले निर्वाचन प्राणालीमा खोजेका छौं । संगठनले स्ववियू लड्ने, प्रत्येक संगठनले पाएको मतको प्रतिशतको आधारमा प्रतिनिधि स्ववियूमा पठाउने, प्रतिनिधी पठाउ“दा छात्रा, दलित, ग्रामीण क्षेत्रका गरीव, जेहेन्दार विद्यार्थीको समुचित प्रतिनिधित्व सुनिश्चित गर्ने र यदि स्ववियूको प्रतिनिधिले विद्यार्थी हितविपरित गतिबिधि गरेमा सोही संगठनले प्रत्याआह्वान गर्नसक्ने व्यवस्था सहितको समानुपातिक स्ववियू निर्वाचन प्रणालीको क्ुरा उठाएका छौं । त्यसकालागि हामीले त्रिविमा माग-पत्र पेश गरिसकेका छौं भने अरु संगठनहरुस“ग अन्तरक्रिया जारी राखेका छौं । तर दुःखद कुरा के भने नेविसंघ यो मामलामा छलफलमा सहभागी हुन चाहिरहेको छैन भने आफुलाई अखिल भन्न रुचाउने एमाले विद्यार्थी संगठन समानुपातिक भनेको संगठन चुनाव लड्ने जसले बढी मत ल्याउ“छ त्यसैले एकल स्ववियू बनाउने कर्ुतक गरिरहेको छ । जो सोह्रै आना गलत छ ।

शैक्ष्ँिक क्षेत्रका समस्याहरु कुनै एउटा संगठनको मात्रै भन्दा पनि सबै विद्यार्थीहरुका साझा हुन्छन् ती समस्याहरुको सवालमा अन्य विद्यार्थी संगठनस“ग कत्तिको सहकार्य गरेर अगाडि बढिरहनु भएको छ - साझा मञ्च निर्माण गरेर अगाडि बढ्न सकिदैन र ?

शैक्ष्ँिक क्षेत्रको समस्या भनेको विद्यार्थीका साझा सवाल हुन् तर ती सवाल सबै संगठनका साझा बन्न सकेका छैनन् । किनकि त्यो वर्ग दृष्टिकोण र वर्ग पक्षधरताको सवाल हो । जस्तै हामी शिक्षामा निजीकरणको विरोध गरिरहेका छौं, ने.वि.संघ निजिकरणको पक्षपाती संगठन हो, एमाले अखिलका नेताहरु साथै स्वयम् शिक्षा मन्त्री बोर्डिङ्ग चलाएर बसेका छन् । यद्यपि हाम्रो प्रयास जारी छ, मिल्न सक्ने मुद्दामा स“गै जाउ“m भनिरहेका छौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा स“गै जाउ“m भनियो तर उहा“हरुको यथास्थितिवादी सोंच र चिन्तनले हाम्रो प्रयासले पूर्ण र्सार्थकता पाउन सकिरहेको छैन ।

अहिले राष्ट्रियताको सवाल जब्बर रुपमा उठिरहेको छ । राष्ट्रियता रक्ष्ँाको सवाललाई अखिल (क्रान्तिकारी) ले कसरी लिइरहेको छ ?

हो, अहिले राष्ट्रियताको सवाल निकै संवेदनशील विषय बनेको छ । युगौंदेखि सामन्ती सत्ताले कायम गरेको उत्पीडनबाट खोसिएका नेपालका मधेशी जाति, जनजाति र क्षेत्रका जनसमुदायको आन्तरिक राष्ट्रियताको सवाल एक महत्वपूर्ण मुद्दा बनेको छ भने अर्कोतिर साम्राज्यवादी र विस्तारवादी शक्तिहरुद्वारा नेपालमाथि भइरहेको वैदेशिक हस्तक्षेप वाह्य राष्ट्रियताको मामलामा गम्भीर विषय बनेको छ । भर्खरै मात्र नबलपरासीको सुस्तामा भएको भारतीय विस्तारवादी हस्तक्षेप नेपाली भूमिमाथिको पछिल्लो नाङ्गो अतिक्रमण हो । आन्तरिक होस् या वाह्य राष्ट्रियताका दुबै पक्षमा भइरहेको सामन्तवादी तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध अनेरास्ववियू -क्रान्तिकारी)ले आफ्नो जन्मकालदेखि संघर्ष गर्दै आइरहेको छ । हालैमात्र मधेशका श्रृङ्खालबद्ध घटनाक्रमलाई नजिकबाट हर्ेदा दक्षिणी छिमेकी राष्ट्र नेपालको मधेशलाई बफर स्टेट बनाउने षड्यन्त्रमा तल्लीन छ भन्ने देखाउ“दछ । यसका विरुद्ध हाम्रो संगठन 'अखण्ड नेपाल संघीय गणतन्त्र, साम्राज्यवादरहित विश्व हाम्रो मूल मन्त्र' भन्ने उद्घोषका देशव्यापी राष्ट्रियताको रक्षाका लागि राष्ट्रिय जागरण संचालन गरिरहेको छ ।

तपाई राप्ती क्ष्ँेत्रको हुनुहुन्छ, दश वर्षे जनयुद्धको क्रममा शाषक वर्गको दमन र अत्याचार सबैभन्दा बढी राप्ती क्ष्ँेत्रले खेप्नुपर्‍यो । यहा“को राजनैतिक क्ष्ँेत्रदेखि शैक्ष्ँिक जगत पनि प्रभावित भए । अहिले कतिपय बौद्विक व्यक्ति कहलाउनेहरुले भन्ने गर्छन् कि सशस्त्र द्वन्द्वका कारण राप्तीको विकास भएन, यहा“का मानिसहरुको चेतनास्तर न्यून छ, शैक्ष्ँिक स्तर उठेको छैन । तपाई के भन्नुहुन्छ, के राप्तीका मानिसहरुको चेतनास्तर नउठेकै हो त ?

यो पनि वर्गदृष्टिकोणको सवाल हो । हामीले माथि नै भनिसक्यौं कि आज नेपालमा जुन राज्यको पर्ुनर्संरचना र शिक्षा क्षेत्रको पुनर्संरचनाको बहस चलिरहेको छ, त्यो बहस शहरका एकेडेमिक क्षेत्रबाट उठेको होइन बरु त्यो सर्वहारा वर्गको आस्थाको धरोहर वर्गसंघर्षका तूफानी केन्द्रहरुबाट शुरु भएको हो । सही ज्ञान पुराना विश्वविद्यालय र क्याम्पसहरुबाट होइन, उत्पादनका निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगको बीचबाट जन्मिन्छ भन्ने माओवादी चेतनालाई अबमूल्यन गर्नु नै आफूलाई बुद्धिजीवी ठान्नेहरुको बौद्धिक दर्रि्रता हो । राप्ती क्षेत्रका जनता, जो महान् छन् जसले वर्ग संघर्षको मैदानमा आफूलाई खरोरुपमा उतारे र नया“ नेपाल निर्माणका लागि त्याग, तपस्या र बलिदानका अद्वितीय कृतिमान खडा गर्न तयार भए । जहा“सम्म विकास निर्माणको कुरा छ, राज्यको कहिल्यै आ“खा नपुगेको राप्तीको विकट पहाडी क्षेत्रमा जनसमुदायको आफ्नै पहलमा खनिएको शहीद मार्ग एउटा नमुना हो । अब भन्नुस् निश्वार्थ ढंगले राष्ट्रको निम्ति बलिदान गर्न सक्ने, स्वयंसेवी बनेर राष्ट्रनिर्माणमा खट्न सक्ने राप्तीबासी जनसमुदायको चेतना उन्नत कि राष्ट्रको ढुकुटीमा ब्रह्मलुट मच्चाउने तथाकथित पढैयाहरुको चेतना स्तर उन्नत -

अन्त्यमा हाम्रो नौलो जनउभार साप्ताहिकमार्फत् विद्यार्थी वर्ग तथा आम उत्पीडित जनसमुदायलाई केही भन्न चाहनुहुन्छ कि ?

राष्ट्र स्वतन्त्रता चाहन्छ र जनता मुक्ति चाहन्छन् । तर, जनताका बैरीहरु देशलाई बन्धक राखेर जनताको स्वाभिमान र मुक्तिको आकांक्षामाथि कुठाराघात गर्न लागिपरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र वैज्ञानिक र जनमुखी शिक्षा प्राप्तीको हाम्रो आन्दोलन जारी छ । उक्त संघर्षमा आवश्यक वैचारिक तथा भौतिक शक्ति निर्माण गर्दै अगाडि बढौं ।

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium