|
शहीदगाथा
महान् शहीद क.पर्वत (पेरमबहादुर
श्रेष्ठ) को संक्षिप्त जीवनी र हाम्रो प्रतिवद्धता
प्रस्तुती : रमेश शर्मा
२०६२ साल असार ११ गते अर्घाखा“चीको खनदहमा जनमुक्ति सेना
नेपाल प्रथम व्रिगेड अन्तरगत नया“ कार्यदलले शाही जल्लादहरु
माथि गरेको आक्रमणमा गम्भीर घाइते भई केही दिन पछि उपचारको
क्रममा शहादत प्राप्त प्लाटुन सहायक कमाण्डर क.पर्वतको
संक्षिप्त जीवनी यहा“ प्रस्तुत गरिएको छ ।
आदरणीय शहीद क.पर्वतको वास्तविक नाम पे्रमबहादुर श्रेष्ठ हो
। मध्यम किसान परिवारमा उहा“को जन्म २०३८ साल पौष १५ गते
सिन्धुपाल्चोक धलविरे गाजसमा भएको थियो । उहा“को परिवारमा
बुवा खड्गबहादुर श्रेष्ठ, आमा गंगालक्ष्मी श्रेष्ठ,
जीवनसंगिनी चमेली श्रेष्ठ र छोरा इन्द्रबहादुर श्रेष्ठ सहित
हाल ५ जनाको परिवार छ । मध्यम परिवारमा जन्मेर पनि उहा“ले
स्कूले शिक्षा भने पाउन सक्नु भएन । घरमा रह“दा आफ्नै मेहनत
र परिश्रमले सामान्य लेखपढ गर्न सक्नु हुन्थ्यो । फूर्तिलो
शरीर, शारिरीक स्वस्थता भएको क.पर्वतको स्वभाव सानैदेखि
अत्यन्त लगनशील, गम्भीर स्वभाव आवश्यक मात्र बोल्ने, सही र
जायज कुरामा कहिल्यै पछि नपर्ने क.पर्वत जनमुक्ति सेनामा
असाध्यै रुची राख्ने र साहसका साथ कर्तव्य पालन गर्नु
हुन्थ्यो ।
हाम्रो पार्टी तथा गौरवशाली जनमुक्ति सेनासंगको सर्म्पर्क र
छलफल पश्चात सर्वहारा वर्गीय विचारले प्रतिवद्ध भई हृदयदेखि
नै क्रान्तिकारी स्प्रिडका साथ लाग्नु भएका कमरेड पर्वत २०५८
साल माघ २० गते पूर्णकालिन बन्नुभयो । जुन समय पहिलो पटकको
युद्धविराम भंग भई राज्यको अन्तिम जगेडा शक्ति शाही
जल्लादसंगको निरन्तर युद्धको महत्वपूर्ण समय थियो । उहा “
पूर्णकालिन भएर २०५९ श्रावणसम्म एरिया स्क्वायड र श्रावणबाट
मुख्य सेनामा सहभागी बन्दै आउनु भयो । उहा“ले मुख्य सेनामा
रह“दा थुपै्र फौजी र गैरफौजी काममा आफ्नो दक्षताको परिचय
दिनुभयो । उहा“ सहभागी ऐतिहासिक मोर्चाहरुमा सिन्धुलीमा
भिमान इप्रका, सिराहाको लाहान इप्रका, ओखलढुङ्गाको रुम्जाटार
सैनिक क्याम्प, धनुषाको यदुकुवा इप्रका माथिको रेड, ऐतिहासिक
भिडन्तहरुमा उदयपुरको राउत खर्क, र्सलाहीको हरिवन, दोलखाको
शैलुङ, रामेछापको गर्जाङ, खोटाङको एैसेलर्ुखर्क, रोल्पाको
कोटगाउ“ पर्छन् ।
यी सबै भिडन्तहरु शाही सैनिकसंग भएका हुन् । अत्याधुनिक
हतियार कब्जा सहितको महत्वपूर्ण सिन्धुपाल्चोकको चेहेरे
एम्बुस र पछिल्लो पटक रणनैतिक प्रत्याक्रमणको पहिलो योजना
अन्तरगत उच्च केन्द्रित ऐतिहासिक खारा मोर्चावद्ध आक्रमण र
अर्घर्ाा“चीको सदरमुकाम सेवोटेज लगायत फौजी कार्वाहीमा
क.पर्वतको सहभागिता रह्यो । पछिल्ला चरणका मोर्चाहरुमा उहा“
पहिलो एसाल्टमा रहेर अग्रिम मोर्चामा आफ्नो जिम्मेवारी
सम्हाल्दै आउनुभयो । उहा“ अर्घर्ाा“चीको खनदहमा पनि
अत्याधुनिक हतियारको कमाण्ड गरेर र आफै फायर गर्दै निरन्तर
अफेन्स गर्दै जा“दा घरमा लुकेर बसेको दुश्मनको गोली लागेर
घाइते बन्नुभयो । उहा“ले आफ्नो समग्र जीवनको अन्तिम,
महत्वपूर्ण र ऐतिहासिक खनदह मोर्चामा वीर जनमुक्ति सेनाको
परिचय दिन सफल बन्नुभयो । उपचारकै क्रममा हाम्रा महान् योद्धा
तथा कुशल कमाण्डर क.पर्वत भौतिक रुपमा सदाका लागि हामीबाट
विदा हुनुभयो । आदरणीय महान् शहीद क.पर्वतको शहादतले जनमुक्ति
सेनालाई शोकाकुल बनाएको छ । उहा“का अधुरा सपना जनक्रान्तिलाई
विजयमा पुर्याउन, निरन्तर क्रान्तिको माध्यमबाट
प्रतिक्रान्ति रोक्न र वैज्ञानिक साम्यवाद स्थानमा अघि बढ्न
र पार्टीमा हुने दर्ुइ लाइन संघर्षमा गलत प्रवृत्तिका
विरुद्ध सही विचारका साथ अगाडि बढ्ने जिम्मा हामीमा थपिएको छ
। क.पर्वत यस अघि बेथान स्मृति पाचौं व्रिगेड कार्यालय एलएमजी
सेक्सर कमाण्डर हुनुहुन्थ्यो । शक्ति केन्द्रीकरण र
स्थान्तरणको महान् योजनामा उहा“ लगायत हामी १ प्लाटुन आएका
थियौं । पूर्वको ऐतिहािसक भूमिमा जन्मनु भएका क. पर्वत
मध्यपश्चिमको भूमिमा सर्वहारा वर्गीय मुक्तिको निम्ति शाहस र
निडरका साथ आफ्नो अमूल्य सम्पत्ति प्राणको आहुती दिनुभयो ।
उहा“ लगायत कमरेडहरुको जनमुक्ति सेनाको अन्तर्राष्ट्रिय
सर्वहारावादी चेतनाको व्यवहारिक परिचय दिन्छ । उहा“ले
हामीलाई छोडेर जानु भएका अधुरा कार्य पूरा गर्नु पूर्वबाट
आधार क्ष्ँेत्रमा काम गरेर स्वर्णर्ीम ज्ञान आर्जन गरेर
पूर्व र्फकने महान् लक्ष्यलाई हामीले पूरा गर्नेछौं ।
श्रद्धेय महान् शहीद क.पर्वतको उच्च सम्मान गर्दै उहा“ प्रति
हार्दिक तथा भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल जनमुक्ति सेना,
शहीद परिवार र आफन्तहरुलाई यस दुःखद घडीमा धर्ैयधारण गर्न र
शोकलाई शक्ति र वर्ग दुश्मनप्रतिको घृणालाई आक्रोशमा बदल्दै
रणनैतिक प्रत्याक्रमणको भीषण मोर्चामा निरन्तर लाग्न विनम्र
अनुरोध गरिन्छ । महान् शहीदको सम्मान पनि यसैबाट हुनेछ ।
अन्तमा, आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म निरन्तर
वर्गसंघर्षमा लागिरहने दृढ विश्वास सहित आदरणीय शहीदहरुको
सपना साकार पार्न प्रतिवद्ध हुनेछु । हाम्रो टुकडी नौ महिना
लामो आधार क्ष्ँेत्रको बर्साई पश्चात पूर्वी कमाण्डमा जा“दैछ
। यस अवधीमा हामीले पूर्वबाट आएका ७ जना कमरेड गुमायौं । यता
पनि क.ज्वार, क.जनक, क.चिरण लगायत ५ दर्जन जति कमरेडहरुको
बलिदान हामै्र कार्यअवधीमा भयो । उहा“हरु लगायत सम्पूर्ण
ज्ञातअज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली । |