|
रिपोर्टहरु
शहीदका आमाहरु भन्छन्- 'हाम्रा
छोराछोरीको सपना पूरा हुनुपर्छ'
- नरेन्द्र केसी/दाङ
'वीर शहीद लालसलाम, शहीदका सपना पूरा गछौं...' यस्तै नारावाजी
गर्दै युवाहरुको जुलुस घोराही बजार घुम्दै थियो । स“गस“गै
थारु महिलाहरुको एक हुल पनि हिडेकै थियो । राता टोपी र
अविरमालाले राताम्य बनेको जुलुसमा देखिएको थारु महिलाहरुको
सहभागिताले विविधता त थपेको थियो नै उनीहरुको हातमा रहेका
पोका र सयपत्रीका फूलहरुले केही भन्न खोजिरहे झैं लाग्थ्यो ।
जुलुस घोराही बजार परिक्रमा गरी तुलसीपुरचोकमा पुग्न के पाएको
थियो, स “गस“गै
रहेका थारु महिलाहरुले घेराबन्दी गरे नेताहरुलाई र दल्न थाले
अविर अनि लगाउन थाले सयपत्रीका मालाहरु । केहीलाई लखेट्दै त
केहीलाई समाएर समेत माला लगाए उनीहरुले, मानौं आज उनीहरुलाई
तिहार आएको छ र धेरै वर्षपछि भेटाएका छन् हराएका आफ्ना भाईहरु
।
शुक्रवार घोराहीमा देखिएको दृश्य हो यो । योङ कम्युनिष्ट लिग
नेपालको मेची-महाकाली गणतान्त्रिक युवा मार्च अभियानलाई
स्वागत गर्न आयोजित र्यालीमा देखिएको दृश्य हो यो ।
यो पढिसकेपछि तपाईलाई लाग्यो होला, थारु महिलाहरुले रमाइलो
गर्न यसो गरे होलान् - हुन त रमाइलो गरेर नेताहरुलाई स्वागत
गर्न नै उनीहरुले यसो गरेका हुन् तर उनीहरुस “ग
रमाइलो मात्र होइन सन्तान गुमाएका कहालीलाग्दा पीडाहरु पनि
छन् र विशेषतः त्यही पीडालाई हर्षमा बदल्न र आफ्ना
सन्तानहरुको सपना पूरा गर्नका लागि नेताहरुलाई थप झकझक्याउन
उनीहरुले यस्तो गरेका हुन् ।
दर्ुइ सन्तान गुमाएकी छिनी चौधरीलाई विहीवार राति राम्रोस “ग
निद नै लागेन रे । 'बजारमा वाइसीएलका नेताहरु आएका छन् भन्ने
सुनें र विहानै उठेर माला उइनिए“'- वाइसीएल अध्यक्ष गणेशमान
पुनलगायतका नेताहरुलाई माला लगाएपछि यस पंक्तिकारस“ग कुरा
गर्दै उहा“ले भन्नुभयो- 'मेरा छोराछोरीको माया“ मेटाउन पनि म
माओवादीका सबै नेता कार्यकर्ताहरुलाई भेट्ने गर्छर्ुुत्यसमा
पनि फेरि गणेशमान त हाम्रा पुरानै चिनजानका नेता हुनुहुन्छ
।'
हुन पनि छिनीलाई यो महसुस किन नहोस्, २०५८ सालमा तत्कालीन
शाही सेनाले वेपत्ता पारेकी छोरी शान्ति अझै भेटिएकी छैनन्
भने २०६१ चैतमा कान्छो छोरा विजय मारिएको घाउ पनि सञ्चो भएको
छैन अझै । छिनी फेरि भन्नुहुन्छ- 'जेठो छोरा प्रकाश
विद्यार्थी राजनीति गर्छ र जेठी छोरीको विहे भइसकेको छ । हामी
बुढाबुढी एक्लै घरमा बस्छौं ।'
उहा“कै अनुसार पनि आजभोलि त छिनी पार्टीका कार्यक्रममा निकै
आउनुहुन्छ रे । 'दर्ुइ छोराछोरी गुमाइसकेपछि अब मेरो गुमाउन
नै के बा“की छ र - पार्टीका नेता कार्यकर्ता नै मेरा छोराछोरी
जस्तो लाग्छ, नया“ नया“ नेता आएको दिन त मलाई निद नै लाग्दैन,
कतिबेला स्वागत गर्न जाउ“ जस्तो लाग्छ । सबै नेताहरुलाई
भेट्छु र हाम्रा सन्तानको सपना पूरा गर्नुहोला भनेर आशिर्वाद
दिन्छु ।' शुक्रवार वाइसीएल अध्यक्ष गणेशमान पुनलाई भेटेर पनि
उहा“ले आफ्ना छोराछोरीको सपना पूरा गर्न नै आग्रह गर्नुभयो ।
छिनीस “गै
नेताहरुलाई स्वागत गर्न बजार आएकी तुलसा चौधरीको पनि
नेताहरुलाई सुझाव त्यही थियो- 'हामीले सन्तान गुमाएको पीडा त
सहेकै छौं, उनीहरुले देखेको सपना भने जसरी पनि पूरा हुनैपर्छ
र त्यो तपाइहरुले गर्नुपर्छ ।'
तुलसाको पनि छिनीको जस्तै जोडी सन्तान गुमाएको पीडा छ । २०५८
सालमा घोराहीकै जिल्ला अस्पतालबाट गिरफतारीमा परेकी छोरी
रामकली अझै भेटिएकी छैनन् भने छोरा अर्जुन चौधरीलाई सेनाले
रुखमा अडयाई अडयाई मारेको अहिले जस्तै लाग्छ तुलसालाई । 'वीए
पास गरेको छोरा र एसएलसी पास गरेकी छोरी गुमाएपछि मेले सबै
गुमाइसके जस्तो लाग्थ्यो तर आजभोलि भने दर्जनौं छोराछोरी
भेटाए जस्तो लाग्छ'- उहा“ भन्नुहुन्छ- 'हामीले जति पीडा सहनु
त सह्यौं तर उनीहरु जुन सपना बोकेर युद्धमा लागेका थिए त्यो
सपना पूरा भएन भने हामी सा“च्चिकै पीडित हुने छौं ।'
के थियो त शहीदहरुको सपना - नेताहरुलाई स्वागत गर्न घोराही
आएका झण्डै एक दर्जन शहीदहका आमाहरुको भनाई थियो- 'हाम्रा
छोराछोरीले आमा हामी गरीबको दिन ल्याउन लडेका छौं भन्थे,
त्यही उनीहरुको सपना । सबै गरीबको दिन आउनुपर्छ, हामीले सबै
नेताहरुलाई भेट्दा यही भनिरहेका छौं ।'
अदुवा खेतीबाट
कृषकहरुलाई लाखौंको आम्दानी
- गणेश ओली
तरकारी खेतीमा र सल्लाको खोटो उत्पादनमा ख्यात्रि्राप्त
सल्यान अदुवाको लागि पनि प्रसिद्ध छ । अहिले सल्यानमा अदुवा
खेती राम्रो भएको कृषकहरुको भनाइ छ । शिवरथ-२ पैयाडा “डाका
अदुवा खेती गर्ने कृषक विष्णु पुन आफूले वर्षोनी २/३ लाख
कमाउन सफल भएको बताउनु हुन्छ ।
अन्य बाली भन्दा परिश्रम कम लाग्ने र उत्पादनका हिसाबले पनि
अरु बाली भन्दा बढी फाइदा हुने भएकाले पनि आफूहरु यस
व्यवसायप्रति आकरि्षत भएको पुन बताउनुहुन्छ । उहा “
मात्र हैन शिवरथका मानबहादुर बुढा पनि आजभोली आफ्नो बारीभरी
अदुवा खेती गर्नुभएको छ । कुनै समय गाईभैंसी र घोडा पाल्ने,
कालापहाड जाने बुढा गाउ“मै आयआर्जन गर्ने माध्यम पहिचान भए
पछि अन्य पेशा छाडेको उहाको भनाइ छ । नगदेबाली भएकाले पनि
कृषकहरुलाई यस पेशाले झन् तानेको छ । गाई, भैंसी पालेर मल
हुन्छ, बारीमा राखिन्छ । घँस काटे गाईले खान्छ, दाउरा बनाएर
बालेपछि खरानी हुन्छ । नगद कमाउन विदेश नै जानर्ुपर्छ भन्ने
यहा“को परम्परागत धारणा अदुवावालीले फेरिदिएको यहा“का
बुद्धिजीवीहरु बताउछन ।
अदुवालाई दर्ुइ तरीकाले बेच्ने गरेको कृषकहरुको भनाइ छ ।
खरीबोट सल्यानका व्यापारी ओविन्द्र वि.क.काचो खनेरै बेच्न
सकिने र सुठो सुकाएर बेच्न सकिन्छ भन्नुहुन्छ । सुठो बनाउदा
भने असाध्यै दुःख हुने वि.क.को भनाइ छ । १२/१३ दिनसम्म
सुकाउदै प्रत्येक विहान खुटाले मल्दै गर्दा बल्ल सुठो बन्ने
उहा “ले
बताउनुभयो । अब खेती गर्नेको संख्या बढ्दैछ । आधुनिक मेशिन
आवश्यक पर्छ होला- उहँको भनाइ थियो । घरमै भए काचो अदुवा १२
सय रुपैया क्वीण्टल र सुकाएको सुठो १०-२० हजार प्रति
क्वीण्टल बिक्री हुने गरेको उहा“हरुको भनाइ छ । कुनै समय धान,
मकै, गहु मात्र उत्पादन हुने यहँ“का वासिन्दाका लागि अदुवा
खेती राम्रो स्रोत बनेको छ, तर आधुनिक प्रविधि, उन्नत
बीउविजन, यह“ँका चुनौती भएको बताइन्छ । सरकारले यहा“को
उत्पादनलाई हेरेर लगानीको व्यवस्था गर्नुपर्ने पनि कृषकहरु
बताउछन् । व्यवसायीकरुपमा गर्नलाई आर्थिक चाहिन्छ । सबैस“ग
आर्थिक छैन- उनीहरुको गुनासो छ ।
यहा “को
अदुवा दाङ, काठमाडौं तथा भारतसम्म निर्यात हुने व्यापारीहरु
बताउछन् । स्थानीयस्तरमा एक खालका व्यापारी, दाङतिर एक खालका
र भारतमा पुर्याउदा अर्कै हुने गर्दा किसानले सस्तो मूल्यमा
बेच्नुपरेको झुल्नेटा सल्यानका व्यापारी मोहनकुमार चन्दको
भनाइ छ । सोझै कृषकदेखि बजारसम्म पुर्याउने व्यवस्था मिलाए
कृषकहरुलाई अझ लाभ हुने उहा“को भनाइ छ । त्यसो त चिस्यान
केन्द्र नहुदा र बाह्रैमास गाडी नचल्दा पनि यहा“का किसानहरुले
छिटो छिटो अदुवा बेच्नुपर्ने भएको छ । यदि चिस्यान केन्द्रको
व्यवस्था भइदिएको भए यस्तो समस्या आउने पनि थिएन । किसानका
समस्या र बजारको व्यवस्था गरी यहा“को अदुवा उत्पादनमा सरकारले
चासो देखाउनुपर्ने स्थानीयवासीको भनाइ छ । |