वर्ष १०, अंक ६, २०६४ पुस ८ गते आइतबार  (23 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 24 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

स्टालिन दिवशको अवसरमा

रणनीति र कार्यनीति

- स्टालिन

रणनिति र कार्यनीतिको सवालहरुबारे म छ वटा विषयमा चर्चा गर्ने छु ।

क) सर्वहारावर्गको वर्ग-संघर्षमा नेतृत्व सम्बन्धी विज्ञानको रुपमा रणनीति र कार्यनीति :

ख) क्रान्तिका चरणहरु र रणनीति :

ग) आन्दोलनको उतार-चढाउ, र कार्यनीति

घ) रणनीतिक नेतृत्व,

ङ) कार्यनैतिक नेतृत्व

च) सुधारवाद र क्रान्तिवाद ।

१. सर्वहारावर्गको वर्ग-संघर्षमा नेतृत्व सम्बन्धी विज्ञानको रुपमा रणनीति र कार्यनीति । दोस्रो इन्टरनेशनलको प्रधानता रहेको अवधी मुख्य रुपमा थोरबहुत शान्तिपूर्ण विकासको परिस्थिति अन्तरगत सर्वहारा राजनैतिक सेनाहरुको निमँण तथा प्रशिक्षणको अवधी थियो । त्यस अवधीमा संसदवाद वर्ग-संघर्षको प्रमुख रुप बनेको थियो । त्यसताका ठूलठूला वर्ग-द्वन्द्वहरुको सवाल, क्रान्तिकारी संग्रामको लागि सर्वहारावर्ग लाई तैयार पार्ने सवाल र सर्वहारावर्गको अधिनायकतन्त्रको स्थापना गर्नका लागि चाहिने साधनको सवाल तात्कालिक सवालको रुपमा देखा परेका थिएनन् । त्यसबेलाको अभिभारा सर्वहारासेनाहरुको निर्माण र प्रशिक्षणका लागि कानुनी विकासका सारा साधनहरुलाई उपयोग गर्नमा सीमित रहेको थियो । त्यसबेला सर्वहारावर्गको स्थिति विरोधी दलको स्थिति रहेको र, त्यसताका लागे अनुसार रहनु परेको थियो । त्यसैले संसदवादलाई उपयोग गर्न सम्ममा अभिभारा सीमित रहेको थियो । कुन कुरो सावित गर्नु आवश्यक छैन भने त्यस्तो अवधीमा र सर्वहारावर्गको अभिभाराबारे यस्तो धारणा रहेको बेलामा न सुसंगत रणनीति हुन सक्दथ्यो, न कुनै विस्तृत कार्यनीति नै । कार्यनीति र रणनीतिको सम्बन्धमा टुक्राटुक्री र असम्बन्धित विचारहरु त थिए, तर वास्तविक कार्यनीति भन्ने कुरो थिएन ।

दोस्रो इन्टरनेशनलले संघर्षका संसदीय रुपहरुलाई उपयोग गर्ने कार्यनीति अपनायो र यसो गर्नु उसको ठूलो अपराध थिएन । त्यसको ठूलो अपराध के थियो भने त्यसले ती रुपहरुको महत्वको बढाइ चर्ढाई मूल्याङ्कन गरेर त्यसले ती रुपहरुलाई वास्तवमा एकमात्र रुप ठान्यो । त्यति मात्र होइन, जब खुल्ला क्रान्तिकारी संघर्षहरुको अवधी शुरु भयो र जब संघर्षका गैरसंसदीय रुपहरुको सवाल प्रमुख सवाल बन्यो, तब दोस्रो इन्टरनेशनलका पार्टीहरुले ती नया“ अभिभाराहरुबाट मुन्टो फर्काए र त्यसलाई बहन गर्न इन्कार गरे ।

त्यसपछि, सर्वहारावर्गको ठाडो कार्वाहीको अवधी, सर्वहारा क्रान्तिको अवधी शुरु भयो । यस अवधीमा पु“जीपतिवर्गको तख्ता पल्टाउने सवाल तात्कालिक कार्वाहीको सवाल बन्यो । सर्वहारावर्गका जगेडा शक्तिहरुको सवाल (रणनीति) एक अत्यधिक जल्दोबल्दो सवाल बन्यो र संघर्ष र संगठनका संसदीय र गैर-संसदीय सबै रुपहरु -कार्यनीति) पूर्ण रुपले प्रकट तथा सुस्पष्ट भए । यस अवधीमा मात्र सर्वहारावर्गको संघर्षका लागि सुसंगत रणनीति र विशुद्ध कार्यनीतिको तर्जुमा गर्न सकिने भयो । ठिक यहि अवधीमा नै लेनिनले कार्यनीति र रणनीति सम्बन्धी मार्क्स र एन्गेल्सका त्यस्ता चहकिला विचारहरुलाई प्रकाशमा ल्याउनुभयो, जसलाई दोस्रो इन्टरनेशनलका अवसरवादीहरुले विस्मृतिको गर्भमा राखेका थिए । तर लेनिनले मार्क्स र एन्गेल्सका केही कार्यनीतिक प्रस्थापनाहरुलाई पुनर्स्थापित गर्नसम्ममा मात्र आफूलाई सीमित राख्नु भएन । उहा“ले त्यसलाई अरु विकसित गर्नु भयो, त्यसलाई नया“ विचार प्रस्थापनाहरुबाट परिपूर्ण पार्नुभयो । र ती सबैलाई मिलाएर सर्वहारावर्गको वर्गसंघर्षको नेतृत्वका लागि नियम र निर्देशक सिद्धान्तहरुको एउटा व्यवस्था नै प्रतिपादन गर्नुभयो । के गर्ने, दुइ कार्यनीति, साम्राज्यवाद, राज्य र क्रान्ति, सर्वहारा क्रान्ति र गद्दार काट्स्की, "वामपन्थी" कम्युनिज्म, आदि लेनिनका पुस्तकहरु मार्क्सवादको सामान्य भण्डारमा, त्यसको क्रान्तिकारी सिलखानामा अमूल्य देनहरु हुन् र यस रुपमा ती पुस्तकहरुलाई निःसन्देह युगयुगसम्म बहुमूल्य मानिने छ । लेनिनवादको रणनीति र कार्यनीति सर्वहारावर्गको क्रान्तिकारी संघर्षमा नेतृत्वको विज्ञान हो ।

२. क्रान्तिका चरणहरु र रणनीति । रणनीतिको तार्त्पर्य हो क्रान्तिको खास चरणमा सर्वहारावर्गको मुख्य प्रहारको दिशालाई निर्धारित गर्नु, क्रान्तिकारी शक्तिहरुको -मुख्य र गौण जगेडा शक्तिहरुको) विन्यासका लागि तदानुसारको योजना तयार पार्नु, सो खास चरणभर सो योजनालाई कार्यान्वित गर्नका लागि संघर्ष गर्नु । हाम्रो क्रान्तिले दुइ चरण पार गरिसकेको छ र अक्टोबर क्रान्तिपछि त्यसले तेस्रो चरणमा प्रवेश गरेको छ । तदानुसार, हाम्रो रणनीति पनि फेरिएको छ ।

पहिलो चरण । १९०३ देखि फरबरी १९१७ सम्म । उद्देश्य : जारशाहीको तख्ता पल्टाउनु र मध्ययुगका सारा अवेशषहरुलाई पूर्ण रुपले खतम पार्नु । क्रान्तिको मुख्य शक्ति ः सर्वहारावर्ग । तात्कालिक जगेडा शक्ति : किसान वर्ग । मुख्य प्रहारको दिशाः त्यस उदार राजतन्त्रवादी पु“जीपति वर्गलाई एक्लो पार्नु,जसले किसानवर्गलाई आफ्नो पक्ष्ँमा तान्न र जारशाहीसित सम्झौता गरेर क्रान्तिलाई खतम पार्न प्रयास गर्दै थियो । शक्तिहरु विन्यासका लागि योजना किसानवर्गसित मजदुर्रवर्गको मेल । "एकतन्त्रशाहीको प्रतिरोधलाई बलप्रयोग द्वारा चकनाचुर पार्न र पु“जीपतिवर्गको अस्थिरतालाई प्रभावहीन बनाउनका लागि सर्वहारावर्गले आम किसान जनतासित मिलेर जनवादी क्रान्तिलाई आखिरीसम्म बढाउनर्ुपर्छ ।" -हेर्नुहोस् लेनिन, भाग ८, पृष्ठ ९६)

दोस्रो चरण । मार्च १९१७ देखि अक्टोबर १९१७ सम्म । उद्देश्य ः रुसमा साम्राज्यवादको तख्ता पल्टाउनु र मुलुकलाई साम्राज्यवादी युद्धबाट अलग पार्नु । क्रान्तिको मुख्य शक्ति : सर्वहारावर्ग । तात्कालिक जगेडा शक्ति : गरीब किसान वर्ग । अन्य जगेडा शक्ति : छिमेकी मुलुकहरुका सर्वहारावर्ग । अनुकूल परिस्थिति : लामो युद्ध र साम्राज्यवादको संकट । मूख्य प्रहारको दिशा : ती निम्न-पू“जीवादी प्रजातन्त्रवादीहरुलाई एक्लो पार्नु, जसले श्रमजीवी किसान जनतालाई आफ्नो पक्षमा तान्न र साम्राज्यवादसित सम्झौता गरेर क्रान्तिलाई समाप्त पार्न प्रयास गर्दै थिए । शक्तिहरुको विन्यासका लागि योजना : गरीब किसान वर्गसित सर्वहारावर्गको मेल । "पू“जीपतिवर्गको प्रतिरोधलाई बलपूर्वक दबाउन र किसानवर्ग तथा निम्न-पु“जीपतिवर्गको अस्थिरतालाई प्रभावहीन बनाउनका लागि सर्वहारावर्गले जनताका आम अर्ध-सर्वहारा तत्वहरुसित मिलेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्छ ।" -ऐ.)

तेस्रो चरण । यो चरण अक्टोबर क्रान्तिपछि शुरु भयो । उद्देश्य :एउटा मुलुकमा सर्वहारावर्गको अधिनायकतन्त्रलाई सुदृढ पार्नु, सबै मुलुकहरुमा साम्राज्यवादलाई परास्त गर्नका लागि त्यसलाई आधारको रुपमा प्रयोग गर्नु । अब क्रान्ति एउटा मुलुकको सीमाभन्दा परसम्म फैलिइरहेको छः विश्व क्रान्तिको युग शुरु भएको छ । क्रान्तिका मुख्य शक्तिहरु : एउटा मुलुकमा सर्वहारावर्गको अधिनायकतन्त्र, संसारका अरु मुलुकहरुमा सर्वहारावर्गको क्रान्तिकारी आन्दोलन । मुख्य जगेडा शक्तिहरु : विकसित मुलुकहरुमा अर्धसर्वहारा तथा साना-किसान जनता र उपनिवेशन तथा पराधिन मुलुकहरुको मुक्ति आन्दोलन । मुख्य प्रहारको दिशा : सम्झौता गर्ने नीतिका मुख्य र्समर्थक रहेका निम्न-पु“जीवादी प्रजातन्त्रवादीहरु र दोस्रो इन्टरनेशनलका पार्टीहरुलाई एक्लो पार्नु । शक्तिहरुको विन्यासका लागि योजना उपनिवेशन तथा पराधिन मुलुकहरुको मुक्ति आन्दोलनसित सर्वहारा क्रान्तिको मेल कायम गर्नु ।

रणनीतिको सम्बन्ध क्रान्तिका मुख्य शक्तिहरु र तिनका जगेडा शक्तिहरुसित हुन्छ । एक चरणबाट अर्को चरणमा क्रान्तिले प्रवेश गरेपछि रणनीति पनि फेरिन्छ, तर कुनै खास चरण नसिद्धेसम्म रणनीति फेरिंदैन ।

३. आन्दोलनको उतार चढाउ र कार्यनीति । कार्यनीति मतलब हो आन्दोलनको उतार वा चढाउ, क्रान्तिको उत्थान वा पतनको अपेक्षाकृत छोटा अवधीमा सर्वहारावर्गको दिशालाई निर्धारित गर्नु, संघर्ष र संगठनका पुराना तरिकाहरुको ठाउ“मा नया“ तरिका प्रयोग गरेर, पुराना नाराको ठाउ“मा नया“ नारा दिएर र नया“ पुराना सबै तरिकाहरुलाई मिलाएर उपरोक्त कार्यदिशालाई कार्यान्वित गर्न संघर्ष गर्नु । मानिलेऔं, रणनीतिको उद्देश्य जारशाहीलाई वा पु“जीपतिवर्गलाई खतम पार्नु, जारशाहीको विरुद्ध वा पू“जीपतिवर्गको विरुद्ध संघर्षमा पूर्ण विजय प्राप्त गर्नु हो भने कार्यनीतिको उद्देश्य युद्ध जित्ने नभई कुनै खास मुठभेड वा कुनै खास संग्रामहरुमा विजय प्राप्त गर्नु हुनेछ । क्रान्तिको उत्थान वा पतनको खास अवधीको निश्चित परिस्थिति मुताविक कुनै खास अभियान वा कार्वाहीलाई सफलतापूर्वक पूरा गर्नु हुनेछ । यसरी कार्यनीतिका कम महत्वपूर्ण उद्देश्यहरु हुन्छन् । कार्यनीति भनेको रणनीतिको एउटा अंग हो र यो रणनीतिको अधिनस्थ रहन्छ र यसले रणनीतिको सेवा गर्छ ।

क्रान्तिको उतारचढाउ अनुसार कार्यनीति फेरिन्छ । उदाहरणका लागि, क्रान्तिको पहिलो चरण -१९०३ देखि फरबरी १९१७ सम्म) लाई लेऔं । यस अवधीमा रणनीतिक योजनामा कुनै परिवर्तन भएन, तर कार्यनीतिमा कैयन् पटक परिवर्तन भयो । १९०३ देखि १९०५ सम्मको अवधीमा पार्टीले आक्रमणात्मक कार्यनीतिको अवलम्बन गर्‍यो, किनभने क्रान्तिको लहर उठिरहेको थियो, आन्दोलन बढिरहेको थियो र सो तथ्यको आधारमा कार्यनीति बनाउनु परेको थियो । तदानुसार, क्रान्तिको उठ्दो लहरको खा“चो अनुरुप संघर्षका तरिकाहरु पनि क्रान्तिकारी रहे । स्थानीय राजनैतिक हड्ताल, राजनैतिक प्रदर्शन, आम राजनैतिक हड्ताल, दुमाको बहिष्कार, विद्रोह, क्रान्तिकारी लडाकु नाराहरु- त्यस अवधीमा संघर्षका क्रमागत तरिकाहरु यिनै थिए । संघर्षको तरिकामा भएका यी परिवर्तनहरु अनुसार संगठनका रुपहरुमा पनि परिवर्तनहरु भए । कारखाना कमिटी, क्रान्तिकारी किसान कमिटी, हडताल कमिटी, मजदुर प्रतिनिधिहरुका सोवियत- प्रायः खुल्ला रुपमा क्रियाशिल मजदुर प्रतिनिधि संगठनका रुपहरु यिनै थिए ।

१९०७ देखि १९१२ सम्मको अवधीमा पार्टीले बाध्य भएर पछि हट्नु पर्‍यो र त्यसैले क्रान्तिकारी आन्दोलनमा ह्रास भएको, क्रान्तिको लहर सेलाएको अनुभव गर्‍यौं । कार्यनीति निर्धारण गर्दा आवश्यकीय रुपमा त्यस तथ्यलाई ध्यानमा राख्नु परेको थियो । कार्यनीति फेरिए अनुसार संघर्षका तरिकाहरु र साथै संगठनका रुपहरु पनि फेरिए । दुमाको बहिष्कार गर्नुको सट्टामा दुमामा भाग दिने निधो गरियो, दुमा बाहिर खुल्ला प्रत्यक्ष क्रान्तिकारी कार्वाहीको सट्टा दुमामा गएर वैधानिक रुपले भाषण दिने र काम गर्ने कार्यक्रम बन्यो, आम राजनैतिक हड्तालको सट्टा आंशिक आर्थिक हड्तालहरु भए वा काममा सुस्तीपन आयो । त्यस अवधीमा पार्टी भूमिगत हुनु परेको थियो र क्रान्तिकारी जनसंगठनहरुको ठाउ“ सांस्कृतिक, शैक्षिक, सहकारी, विमा तथा अन्य कानुनी संगठनहरुले लिएका थिए ।

क्रान्तिका दोस्रा र तेस्रा चरणहरुमा पनि यस्तै भएको थियो । ती चरणहरुमा दर्जनौं पटक कार्यनीतिमा परिवर्तन भयो, तर रणनीतिक योजनाहरुमा कुनै परिवर्तन भएन ।

कार्यनीतिको सम्बन्ध सर्वहारावर्गको संघर्षका तरिका र संगठनका रुपसित, तिनमा हुने परिवर्तन र संयोगसित रहन्छ । क्रान्तिको कुनै खास चरणको बेलामा क्रान्तिको उतार वा चढाउ, उत्थान वा पतनअनुसार कार्यनीति कैयन् पटक फेरिन सक्छ ।

४. रणनैतिक नेतृत्व क्रान्तिका जगेडा शक्तिहरु दुइ प्रकारका हुन सक्छन् : प्रत्यक्ष र अप्रत्यक्ष ।

प्रत्यक्ष (क) मुलुकभित्र किसानवर्ग र सामान्य रुपले जनताका मध्यम तहका मानिसहरु ख) छिमेकी मुलुकहरुका सर्वहारावर्ग, ग) उपनिवेश तथा पराधिन मुलुकहरुको क्रान्तिकारी आन्दोलन घ) सर्वहारावर्गको अधिनायकतन्त्रका विजय र उपलब्धीहरु । शक्तिशाली शत्रुलाई सहुलियत दिएर आफ्नो पक्ष्ँमा लिन र अवकाश प्राप्त गर्नका लागि सर्वहारावर्गले आफ्नो उपलब्धीको एक अंशलाई अस्थायी रुपमा त्याग्न सक्छ, तर त्यसले शत्रुको दा“जोमा आफ्नो शक्तिलाई कम पार्नु हु“दैन,

अप्रत्यक्ष ः क) मुलुकभित्र गैर-सर्वहारावर्गहरुबीचका अन्तरविरोध र द्वन्द्वहरु यसलाई उपयोग गरेर सर्वहारावर्गले शत्रुलाई कमजोर पार्न र आफ्नै जगेडा शक्तिहरुलाई बलियो पार्न सक्छ, ख) सर्वहारावर्गीय राज्यको शत्रु रहेका पु“जीवादी राज्यहरुबीचका अन्तरविरोध, द्वन्द्व र युद्धहरु -उदाहरणार्थ, साम्राज्यवादी युद्ध) यसलाई सर्वहारावर्गले आफ्नो आक्रमणमा वा बाधित पछिहटाइको बेलामा दाउपेचमा उपयोग गर्न सक्छ ।

जब क्रान्ति परिपक्व भइसकेको हुन्छ, जब आक्रमण पूरा वेगले अघि बढिरहेको हुन्छ, जब विद्रोहले ढोका घच्घचाइरहेको हुन्छ र जब जगेडा शक्तिहरुलाई अगुवाको वरिपरि जम्मा गर्नु सफलताको निर्ण्ाायक शर्त रहन्छ । त्यस्तो निर्ण्ाायक घडीमा शत्रुको सबभन्दा कमजोर ठाउ“मा क्रान्तिका मुख्य शक्तिहरुलाई केन्द्रित पार्नु । अप्रिलदेखि अक्टोबर १९१७ सम्मको अवधीमा पार्टीको जुन रणनीति रह्यो, त्यो यस ढंगबाट जगेडा शक्तिहरुलाई प्रयोग गर्ने कुरोको राम्रो दृष्टान्त हो । निःसन्देह रुपमा त्यसताका शत्रुको सबभन्दा कमजोर स्थल युद्ध थियो । निःसन्देह रुपले, यहि आधारभूत सवालमा पार्टीले सर्वहारा अगुवाको वरिपरि व्यापक जनसमुदायहरुलाई एकत्रित पार्‍यो । त्यस अवधीमा पार्टीको रणनीति यस्तो रहेको थियो ः सार्वजनिक सभा पर््रदर्शनहरुद्वारा अगुवालाई सडकमा मोर्चा लिन सिकाउन र साथै पृष्ठभागमा सोवियतको माध्यमबाट र मोर्चामा सिपाही कमिटीको माध्यमबाट जगेडा शक्तिहरुसित सम्बन्ध कायम गर्नु । क्रान्तिको नतिजाले के देखाएको छ भने त्यसबेला जगेडा शक्तिहरुको राम्ररी उपयोग भएको छ । विद्रोह सम्बन्धी मार्क्स र ऐल्गेसका सुविख्यात प्रस्थापनाहरुको व्याख्या गर्नुहु“दै लेनिनले क्रान्तिका शक्तिहरुको रणनैतिक उपयोग गर्ने सम्बन्धमा भन्नुभएको छ :

"१) विद्रोहसित खेलाची नगर्नोस्, बरु विद्रोह शुरु गर्दा कुन कुरो राम्ररी बुभनु पर्छ भने त्यसलाई आखिरीसम्म बढाउनु पर्छ ।"

"२) निर्ण्ाायक घडीमा, निर्ण्ाायक विन्दुमा ज्यादै बढिया शक्तिहरुलाई केन्द्रित पार्नुहोस्, नत्र भने शत्रुले विद्रोहीहरुलाई विनष्ट पार्नेछ, किनभने शत्रुको राम्रो तयार र संगठन छ ।"

"३) विद्रोह एकपल्ट शुरु भइसके पछि तपाइले अधिकतम दृढताका साथ कार्वाही गर्नुपर्छ र हर उपायबाट, नचुकिकन, धावा बोल्नर्ुपर्छ । प्रतिरक्षाको लडाइ प्रत्येक सशस्त्र विद्रोहको लागि काल हो ।"

"४) आकस्मिक रुपले शत्रुमाथि हमला गर्नुहोस् र उसका शक्तिहरु तितरवितर रहेको बेलामा प्रहार गर्नुहोस् ।"

"५) सानै भए पनि तपाइले दिनहु“ -एउटा नगरको मामिला भए घण्टामा) नया“ सफलताहरु प्राप्त गर्न प्रयास गर्नुपर्छ र हर हालतमा, 'नैतिक श्रेष्ठता' कायम राख्नुपर्छ ।"

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium