|
जस्ताको तस्तै
चैत, चुनाव र चमत्कार
- गाउले यात्री
फेरि नेपाली जनताको मनमा आशा, आशंका र आक्रोशको लहर एकैपटक
उर्लिएको छ । किनकि बहुचर्चित, बहुपरिभाषित, बहुआयामिक,
बहुउद्देश्यीय संविधानसभाको चुनाव चैतमा गर्ने साधारण सल्लाह
भएको छ । अर्को शब्दमा भन्ने हो भने सात दलीय सहमति भएको छ ।
तर सात पार्टीको अर्थात् सात पट्टकिो नया “
सहमतिले कत्तिको लछारपाटो लगाउने हो - त्यो त नमरी बा“चे,
कालले सा“चे देखिई जाला ।
हुन त यस्ता तिथीमिति, चैत वैशाख र जेठ मंसीर पनि धेरैपटक
आइसके गइसके, अब आउने चैत पनि त्यही १२ महिनाभित्रकै त होला
। त्यसले अर्कै चमत्कार गरिहाल्ला भनेर भर पर्नु भन्या 'अर्का
भर, उत्तानो पर' भन्या जस्तै हुने पो हो कि
? बरु चमत्कारकै कुरा गर्ने हो
भने बहुचर्चित पौने २ मिनेटको कुरातिर लागौं न । सा“च्ची
तपाईले नढा“टीकन भन्नुस् त पौने २ मिनेटसम्म तपाई कहा“
बस्नुहुन्छ ? म त आउ“मासी र पखाला लागेको बेला बाहेक अघिपछि
पौने २ मिनेट जति चर्पीमा बस्छु । विडम्बना ! राज्यको प्रमुख
अंग अन्तरिम व्यवस्थापिकाका सांसदहरु यसपाली पौने २ मिनेट
बैठक बसे रे ! सा“च्ची हाम्रो देशा“ संसदको सर्वोच्चता कति
माथि छ है । विश्वकै सर्वशक्तिमा कहलाएका अमेरिका, बेलायत,
चीनजस्ता देशको सांसदहरु हप्तौंसम्म बैठक बस्छन् तर हाम्रो
देशा“ पौने २ मिनेटमा सब कुरा फाइनल । वा रे वा क्या स्प्रीड
है नेपाली सांसदहरुको । यो त एउटा सानो चमत्कार मात्र हो ।
यस्ता त कति छन् कति छ लेखी साध्य छैन हजुर ।
एकातिर चुनावको चर्चा, परिचर्चा छ, अर्कोतिर धोतीवालहरुको
मिचाई दिनप्रतिदिन बढ्दो छ, सुस्तामा त जोताई नै शुरु भैसक्यो
रे ! सिमा क्षेत्रमा प्यादाहरु पाइला पाइलामा अघि बढ्दैछन् ।
टाउके मन्त्री, घोडा र उ“टहरु राजधानीभित्रै र्राईदाई
गर्दैछन् तर हाम्रो देशा“ मन्त्री, उ“ट र घोडाहरु भने कानमा
तेल हालेर सुत्या सुत्यै छन् । आफैभित्र भागबण्डा खोज्दै काले
खैरे र धोतिवाललाई सहयोग गरिरहेछन् । यस्तै ताल हो भने
चैतसम्म हाम्रो सेरेमोनियलप्रसादले नेपालमा संविधान सभाको
चुनाव हैन सिंगो देश नै विदेशीहरुको हातमा चुक्ता गरेर
वनबासतिर लाग्नु बेर छैन ।
त्यसैले सेरेमोनियलप्रसाद महोदय सा “च्चै
तिमीले चैतमा चुनाव गराउन चाहेकै हो भने दुःखै नमानी फागुन
नलाग्दै यमराजको घरतिर बास बस्न गए हुन्छ । तिमी त्यता लाग्यौं
भने यता पौने २ मिनेटको अर्को चमत्कार फेरि कहिल्यै दोहोरिने
छैन । तर श्रीमान् ! जा“दाखेरी त्यो यथास्थितिवादी र
प्रतिगामी नामकी त्रि्री साख्खै श्रीमती र सामन्तवाद र त्यो
राजतन्त्र नामको सम्धीलाई पनि लिन नबिर्सनु नी । कि कसो ?
gaunleyatri2007@gmail.com
|