|
|
|
शहीद गाथा
क्रान्तिकारी योद्धा
हिरा चौधरी (क.जलन)
- चेतन कुँवर
हिरा चौधरी कमरेड जलनको जन्म २०३८सालमा
तुलसीपुर नगर पालिका वडा नं ८ टिकरी दाङ्गमा भएको थियो । उहा ““
बुवा हिउ“द
चौधरी र आमा सक्कल चौधरीको सुयोग्य छोरा हुनु हुन्थ्यो ।
युद्धका दौरान कमरेड संझना (सिता वि.क.) संग क.जलनको विवाह
भएको थियो । एक क्रान्तिकारी जनमुक्ति सेना हुनुको परिभाषा
संझना र जलनको अन्तरजातीय विवाहबाट पनि देख्न सकिन्छ ।
मध्यम किसान परिवारमा जन्मिएका कमरेड जलन १० कक्षासम्मको
अध्यन गर्नु भएको थियो । परिवारमा आर्थिक संकट र अभाव ग्रस्त
भने थिएन । काम गरे खान पुग्ने मध्यम वर्गिय पारिवारक
स्थितीको थियो । हुन त थुपै्र चौधरीहरु जीवीको पार्जनको लागि
शाहीसेना प्रहरी निजामती जस्ता विभिन्न पेशामा नलागेका होइनन
तर कमरेड जलनलाई भने देशमा चलिरहेको वर्गीय मुक्तियुद्धबाट
मात्रै समस्याहरुको स्थाई समाधान हुन्छ भन्ने लाग्यो । समयको
गतिसंगै उहा “
कम्युनिष्ट राजनीतिमा लाग्दै जनयुद्धमा समाहित हुन आउनु भयो
। सा“च्चै
एक लडाकु युवाको कोरा मस्तिष्कमा विद्रोहको सपना सजियो । अनि
उहा““
पार्टीको काम कारवाहीहरुमा कृयाशिल हुर्दै जानु भयो र अन्ततः
पूर्णकालीन कार्यकर्ताको रुपमा मैदानमा उत्रनु भयो ।
मिलनसार ब्यक्तित्व विद्रोही र लडाकु
पन उहा ““को
स्वभाव हो । अग्लो शरीर चम्चमाउदो ब्यक्तित्व एक जनमुक्ति
सेनाको लागि सुहाउदो विशेषता थियो । एक कुशल जनमुक्ति सेना
बन्ने उहा““को
विशेष अभिलाशा लाई उहा“ले०५८
सालमा पुरा गर्नु भयो । उहा““
तत्कालिन सैन्य संरचना अर्न्तगत स्क्वायड फर्मेशनमा भर्ति
हुनु भयो । ०५८मै बनेको जिल्ला स्तरीय प्लाटुन फर्मेशन
हर्ुर्दै ०५९मा बटालियन,०६०को व्रिगेड फर्मेशन, ०६१ सम्ममा
पश्चिम डिभिजन अन्तरगत मंगलसेन प्रथम व्रिगेडको टास्कफोर्स
बटालियनका कम्पनी कमाण्डरको दर्जामा पुग्नु भयो । उहा““
जनताको प्यारो जनमुक्ति सेनाको हैसियतले पश्चिमका गाउ““ बस्ती
मात्र होईन नेपालको पूर्वी कमाण्डका गाउ““
बस्तीहरु
र दुश्मनका क्याम्पहरुमाथि धावा बोल्दै हिड्नु भयो । आफ्नो
सौर्य पराक्रमलाई देश ब्यापी गर्नु भयो ।
उहा ““को
सैन्य जीवन युद्धका विभिन्न चरण र महत्वपूर्ण फौजी
मोर्चाहरुमा गोलावारीको वीचबाट अगाडि बढ्यो । सामन्त
सुराकीहरुको सफाय होस वा शाही जल्लादहरुको एम्बुस प्रत्यक्ष
मुठभेड वा रेडका भयंकर मोर्चाहरुमा कारवाहीको उहा““लाई
राम्रै अनुभव थियो । युद्धबाट युद्ध सिक्ने माओवादी फौजी
रणनीति नै उहा““को
जीवनको आर्दश हो । कारवाहीहरुको समीक्षा गर्दा उहा““
दर्ुइबटा माईनिङ, दुइबटा सफाया, ३ वटा प्रत्यक्ष मुठभेडहरु
छन भने रेडहरु दाङ्गको नारायणपुर इ.प्र.का., लमही इ.प्र.का.,
गामको संयुक्त सुरक्षा बेशक्याम्प ०५९मा रुकुमको खारा
बेशक्याम्प, पूर्वी सिराहाको लाहान कारवाही, म्याग्दीको बेनी,
अर्घाखाचीको सन्धीखकर्, भालुवाङ्ग हान्नीङ्ग भिडन्त र
दमाचौरको गु“रासे
आक्रमण लगायतका कारवाहीहरुमा उहा““
एसाल्टमा लड्नु भएको थियो ।
०६१ चैत्र २५ गते रुकुमको खारा कारवाही
तय गरियो । खारा कारवाहीको सफलताले "दिग्वीजय"को सपना कोरिएको
थियो । अध्यक्ष कमरेडको 'मरेर जीत' भन्ने कासनलाई पुरा गर्नु
थियो । सोही कारवाहीमा दुश्मनको मजबुत फोर्टिफिकेशन खारा
बेशक्यामको एच.एम.जी. का गोलीका पर्राहरुलाई प्रवाह नगरी १८
घण्टा हमला जारी राखे । आक्रमणबाट क्याम्प ध्वस्त भयो ।
दर्जनौ शाही सेनाहरु एकै चिहान भए । त्यहि मोर्चामा क.जलन
आफ्नो एसाल्ट ग्रुपलाई अगाड बढाउर्दै गर्दा दुश्मनको गोली
लागि शहादत प्राप्त गर्नु भयो ।
अशल जनमुक्ति सेना बनेर देशलाई मुक्त
गर्ने सपना बोक्नु भएका क.जलन आफ्नो उद्देश्य प्रति सफल रहनु
भयो । क्रान्ति सफल गर्ने उहा ““को
सफना अधुरो त रहृयो, त्यसलाई पुरा गर्न उहा““की
जीवन संगीनी लगायत हजारौ जनमुक्ति सेना सिंगो पार्टी
पंक्तिबद्ध भएर लागेको छ । उहा““को
शहादतलाई सिंगो परिवर्तनकामी शक्तिले सदासदा सम्मान गरिरहने
छ । |
|
|