|
दलित आवाज
दलितहरुको अवस्था र समानुपातिक
निर्वाचन प्रणालीको महत्व
- चूर्णबहादुर सुनार
गोरो र चुच्चे नाक भएका आदित्य (आर्य)हरुले आष्ट्रिक, र
द्रविड मूलका जातीहरुले विकास गरेको सिन्धुघाटीको
सभ्यतामाथिको आक्रमण पश्चात वर्णवाद हु“दै छुवाछुतमा परिणत
भए देखि त्यसको नेपालमा प्रवेश र विस्तार भए पछि नेपाली
दलितहरु आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा
विभेद शुरु भएदेखि दलितहरुको जीवन अत्यन्त कष्टकर रहेको तथ्य
सबै दलितहरु माझ स्पष्ट नै छ । ब्राह्मणवादी आदित्य (आर्य)हरुको
दलितहरु माथी थोपरिएको शोषण, दमन, अन्याय, अत्याचार र
छुवाछुतबाट नेपाली भूमिमा बसोबास गर्ने २० प्रतिशत दलितहरु
२१औं शताब्दीको चेतनामूलक युग सम्म आइपुग्दा पनि अत्यन्त
कष्टकर जीवन बा“चिरहेछन् ।
सदियौंदेखि नेपालको बागडोर (सत्ता) सम्हालेको आदित्य (आर्य)
ब्राहमणवादले गरेको जनगणना अनुसार नेपालका दलितहरुको जनसंख्या
१३प्रतिशत मात्र रहेको सार्वजनिक गरेको छ । नेपालका राजनैतिक
पार्टी, गैर संघसंस्थाहरुको भनाई अनुसार २०प्रतिशत दलितहरु
नेपालमा बसोबास गर्दछन् । नेपालमा तीन जातिका दलित बसोबास
गर्दछन् । १) पर्वते खस दलित, २) नेवारी दलित, ३) मधिसे दलित
। यी तीन जातिका दलितहरु ६ भाषामा बोलचाल गर्दछन् । १) नेपाली
२) मैथली ३) भोजपुरी ४) अवधी ५) बज्जीका ६) नेवारी हुन् । यी
तीन जातिका दलितको भूमि समस्या यस प्रकार रहेको छ । नेपालको
पहाडी क्षेत्रमा बसोबास गर्ने दलितहरु २३ प्रतिशत शुद्ध
भूमिहिन छन् । भने ७७ प्रतिशतसंग आफूलाई खान पुग्ने जमिन छैन
। त्यस्तै तर्राई क्षेत्रमा बसोबास गर्ने दलितहरु मध्ये ४४प्रतिशत
शुद्ध भूमिहिन छन् । भने ९४प्रतिशतसंग खान पुग्ने जमिन छैनन
। नेपालका यी ३जातिका दलितहरुको २१औं शताब्दीसम्म आईपुग्दा
पनि ८० प्रतिशत दलितहरुको पेशा बालीघरे प्रथा अन्तरगत छ र ६०
प्रतिशत दलितहरु अहिलेसम्म परम्परागत पेशा गर्दछन् ।
नेपालमा हलिया प्रथा धौलागिरी देखि पश्चिम महाकालीसम्मको
क्षेत्रमा कायम छ । उक्त हलिया प्रथा अनुसार काम गर्ने
हलियाहरुको संख्या ३ देखि ५ लाख सम्मको छ । यी हलियाहरु मध्ये
९९ प्रतिशत दलितहरु छन् । नेपालमा शाह वंशीय राजा र राणाहरुको
शासन सत्ताको समयमा भन्दा वर्तमानमा आइपुग्दा छुवाछुत कम भएको
महसुस गरेता पनि, एक र्सर्वेक्षण अनुसार नेपालको पूर्वबाट २०
प्रतिशत बाट शुरु भएर सुदुरपश्चिममा पुग्दा ९६ प्रतिशत
छुवाछुत कायम रहेको पाइएको छ ।
नेपाली भूमिमा बसोबास गर्ने दलितहरु कुनै न कुनै ऋणमा फसेका
छन् । अघिकांश ऋण दलितहरुले ग्रामीण सामन्तहरुसंग लिन्छन,
दलितहरुको प्रतिव्यक्ति वार्षिक आय ४९४० मात्र रहेको छ ।
नेवार जातिको वार्षिक प्रतिव्यक्ति आय ११९५३ छ । दलितहरुको
औषत सरदर आयु ५०.३ प्रतिशत छ । भने सबैभन्दा धेरै बा “च्ने
जाति नेवार हो । उसको सरदर औषत आयु ६२.२ प्रतिशत छ । नेपाली
दलितहरु मध्येमा पनि मुसहर दलितको औषत आयु ४१ वर्ष मात्र छ ।
नेपाली भूमिमा कायम रहेको छुवाछुतका कारण दलितहरु मध्येको
विश्वकर्माहरुले आफ्नो पहिचान जात, नागरिकतामा नलेखी थर
लेख्ने गरेकाले र गणकहरुको बेवास्ताका कारण २०४६सालको
जनगणनाको तुलनामा २०५८को जनगणनासम्म आइपुग्दा विश्वकर्माहरुको
जनसंख्या ३ लाख घटेको देखिन्छ । यस्तै क्रम बढ्दै जाने हो भने
विश्वकर्मा जात लोप भएर जाने सम्भावना देखिन्छ ।
नेपालका राजनैतिक पार्टीहरुले २०४३साल पूर्व दलितहरुको आफ्नो
पार्टीको भातृ संगठनको रुपमा दलित संगठनहरु बनाएको देखिदैन ।
२०४३सालमा आएर मात्र नेकपा मशालले आफ्नो पार्टीभित्र रहेको
दलितहरुको संगठनको रुपमा जातीय समता समाज गठन गरेको देखिन्छ
। २०४६साल यता मात्र नेपालका राजनैतिक पार्टीहरुले आफूसंग
आवद्ध दलितहरुको छुट्टै दलित संगठनहरु खोलेको देखिन्छ । यस्तै
नेपालको राजनैतिक पार्टीहरु मध्ये नेकपा (एकताकेन्द्र)को
२०४८ मंसीरमा सम्पन्न महाधिवेशनले पार्टी दस्तावेजमा नेपाली
दलितहरुलाई आरक्षण दिनु पर्छ भनी उल्लेख गरेको पाइन्छ ।
नेपालमा सत्तासिन आदित्य (आर्य) ब्राह्मणवादको शोषणमा
परिआजित भएका दलितहरुको आन्दोलनका कारण आन्दोलनलाई सिथिल
बनाउने योजना अन्तरगत, दलितहरुको चित्त बुझाउने उद्देश्यले
राजा महेन्द्रले हिरालाललाई मन्त्री बनाएको देखिन्छ र नेपालका
दलितहरु २०५८सालसम्म आइपुग्दा १५ जना मात्र इन्जीनियर, २ जना
डाक्टर, नेपाली सेनाको व्याण्ड गुल्ममा १ जना जनरल, जनपद
प्रहरीमा २ जना डिएसपी, मन्त्रालयमा १ जना उपसचिव र १ जना
सहसचिव पदमा लिएको देखिन्छ । त्यस्तै राजनैतिक पार्टीहरुको
केन्द्रीय सदस्यमा का गे्रसमा
१, एमालेमा १, माओवादीमा १, जनमोर्चामा ५, राप्रपामा २ र
जनशक्तिमा १ गरी जम्मा ११ जना दलितहरु पार्टी केन्द्रमा लिएको
देखिन्छ । त्यस्तै २०६४मंसीर २४गते लोकसेवा आयोगले २०५ सिटको
अधिकृत लेवलमा दलितहरुलाई ११ प्रतिशत जनजातिहरुलाई ३७
प्रतिशत र महिलाहरुलाई ४५ प्रतिशत सिट आरक्षण गरेको पाइयो ।
लोकसेवा आयोगले नेपाली भूमिमा बसोबास गर्ने २० प्रतिशत
दलितहरुलाई ११ प्रतिशत सिट आरक्षण गर्नुले अझै दलितहरुलाई
उपेक्षा गरेको देखिन्छ ।
नेपालमा सत्तासिन ब्राह्मणवादी राज्यसत्ताको नेपाली
दलितहरुलाई चित्त बुझाउनकै लागि आरक्षण बा “ठाबा“टा
दलितहरुलाई मन्त्री, सासद जस्ता पद दिएर दलितहरुको आ“खामा
छारो हालेको पाइन्छ । यस्तो टालटुले समावेशीले आम दलितहरुको
मुक्ति असम्भव छ । नेपाली दलितहरुको वास्तविक मुक्तिको लागि
संसदको विशेष अधिवेशनबाट पारित दुइ महत्वपूर्ण सार्वजनिक
एजेण्डा गणतन्त्रको घोषणा र समानुपातिक निर्वाचनको
पद्दतीद्वारा दलितहरुलाई राज्यको नीति निर्माण र
कार्यान्वयनको क्षेत्रमा विशेष अधिकार सहित समावेश गराइए
मात्र दलितहरुको वास्तविक मुक्ति हुने छ । |