वर्ष १०, अंक ७, २०६४ पुस १५ गते आइतबार  (30 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 31 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

पुस्तक परिचय

जनयुद्धका 'ती आधीमय दिनहरु' लाई नियाल्दा

- डिल्ली मल्ल 'विवश'

समयले कोल्टे फेरिसकेछ । गम्छु, हिजो र आज † आफैलाई पत्यार नलागेजस्तो न कस्तो-कस्तो अर्कै अनुभूति हुन्छ । सा“च्ची ! 'ती आ“धीमय दिनहरु' पछिका यी दिनहरु र्ससर्ती हेर्दा लाग्छ, खासै परिणाममुखी, सफल र ओजिला हुन सकिरहेका छैनन् । शान्ति, परिवर्तन र अग्रगमनप्रतिको उत्कण्ठ चाहना खाली कामना र चाहनामै सिमित भैरहेको छ । निरस-निरस र उदास-उदासजस्ता यी दिनहरुको परिवेशमा यता र उता, तल र माथि रुमल्लिरहेको मनलाई एकपटक उनले आ“धीहुरीकै यात्रातिर फर्किन बाध्य बनाए । उनी अर्थात् श्यामकुमार बुढा उर्फ 'चिन्तन' ।

एक राजनीतिकर्मी, जनमुक्ति सेना, अब त्यत्तिमात्र सम्बोधनले पुग्दैन । प्रगतिवादी साहित्यकार तथा रोल्पाली युवा प्रतिभा श्यामकुमार बुढामगर 'चिन्तन'ले बितेका ती कटु यथार्थ र वास्तविकतालाई ताजा गराएर आ“खै सामु ल्याईदिए 'ती आ“धीमय दिनहरु' मार्फत् । बिस्मृत-बिस्मृतझैं लाग्ने ती क्ष्णहरु, ती हा“सो, रोदन र चित्कारहरु, ती साहस, सौर्य, वीरता र बलिदानका महागाथाहरु, फेरि पनि आलै भएर नयन वरिपरी नाचिरहेछन् ती असंख्य, अव्यक्त कयौं-कयौं दृश्यहरु ।

वर्गसंघर्षको उद्गम थलो रोल्पा, वर्गसंघर्षको यात्रामा ज्यानको बाजी थापी अन्धाकार रातमा उज्यालो ज्योती खोज्दै हिडेका योद्धाहरुको आस्थाको दिवार रोल्पा † आ“धी आउनुपूर्व देखि नै दुश्मनको चर्को दमन, उत्पीडन, अन्याय र अत्याचारको बीचबाटै प्रतिरोधी मोर्चामा सामेल भएको रोल्पा † सायद यति सानो परिभाषाले म वर्गसंघर्षको खुल्ला किताब रोल्पाको चिनारी त दिन सक्दिन नै । यीनै असंख्य, असिमित परिभाषा, वीरता र महानताले भरिएको रोल्पाली माटोमा जन्मिएका हुन्, श्यामकुमार बुढामगर उर्फ 'चिन्तन' । रोल्पाली माटोमा हर्ुर्किएका कमरेड चिन्तनले जीवनका उकाली, ओराली र आरोह अवरोहमा भोगेका सुख दुःख, हा“सो रोदन र पीडा एवं आक्रोशलाई लिपीबद्ध गरेर पुस्तकाकारको रुपमा निकालेछन्- 'ती आ“धीमय दिनहरु' ।

सा“च्ची † उनका यी लेखोटले फेरी एकपटक रोल्पा रुकुमका वस्ती-वस्तीमा पुर्‍याए । का“ग्रेसीहरुको जगजगी बीचमा बा“चेको रोल्पा, सरकारी नुन खाएर मात्तिएका सेना प्रहरीको क्रिडास्थल बनेको रोल्पा अनि पीडा, चित्कार र आक्रोशको बीचबाट प्रतिरोधी संघर्षमा उत्रिएको वीरता र बलिदानीले भरिपूर्ण इतिहासको साक्षी रोल्पा आ“खै अगाडि उभिए । उमेरका हिसाबले झण्डै साढे ३ दशक पुगीसकेका चिन्तनले जीवनका अनगिन्ती यात्रामा घुम्ती र मोडहरुमा जे देखे, जे भोगे, त्यसलाई सटिकमा भएपनि अक्षरमा उन्ने प्रयास गरे, थोरै भएपनि सबैलाई बा“ड्ने कोशिस गरे । त्यसैको पुस्तकाकार रुप हो- 'ती आ“धीमय दिनहरु' ।

आकर्षक कभर र आवरणमा सजिएको 'ती आ“धीमय दिनहरु'लाई ३ खण्डमा बा“डिएको छ । खण्ड 'क' मा उनले जनयुद्ध अघिका संस्मरणहरु भनेर 'आ“खैमा रात परेको दिन, यसरी छिरे राजनीतिमा, जिन्दगीकै पहिलो भाषण, यसरी खोसियो बालारामको बम, गिरीजा काण्डः गोरिल्ला बन्ने सपनाको विजारोपण, हिरासतमा तेत्तीस दिन, ग्रामीण वर्गसंघर्षको त्यो दिन र रोमियो अपरेसनः जनयुद्धको जग' शिर्षकका ८ वटा संस्मरणलाई राखेका छन् । खण्ड 'क'लाई र्ससती नियाल्ने हो भने जनयुद्ध अघिको रोल्पा कस्तो थियो - सामान्य झलक जो कसैको पनि दिमागमा घुम्न थाल्छ । एउटा सामान्य नागरिक समाजभन्दा पृथक रहेर बा“च्न सक्तैन भने ती दिनहरुको बीचमा ऊ जसरी बा“च्यो सिङ्गो समाज पनि त्यसरी नै बा“चीरहेको कुरामा कसैको पनि दुइमत हुनुहुदैन ।

त्यसपछिको खण्ड 'ख' उनले जनयुद्धकालका संस्मरणलाई राखेका छन् । त्यसमा पनि उनले श्रेणीकरण गरेर 'अ' उपखण्डमा 'लर्डाईको मैदानमा' शिर्षक राखेर आफ्नो प्रत्यक्ष्ँ सहभागीतामा जनमुक्ति सेनाले गरेका ऐतिहासिक फौजी कार्वाहीको स्पष्ट र सटिक चित्रण गरेका छन् । जसमा 'र्समर्पणको साइतः फागुन एक, बाग्मा भिडण्त, इलाका प्रहरी कार्यालय र्घर्तीगाऊ“ कब्जा गर्दा, रुकुमकोट फौजी कार्वाहीः एक शब्दचित्र, होलेरीः दोस्रो कार्वाही, ऐतिहासिक घोराही कार्वाहीः मेरो स्मरणको पानामा, शीतलपाटी प्रहरी कार्यालयमा धावा बोल्दा, सतबरिया र लमही आक्रमणको त्यो क्ष्ँण, मेरो संस्मरणमा सन्धिखर्कको ऐतिहासिक युद्धमोर्चा, रणनैतिक प्रत्याक्रमणको ढोका खोल्ने बेनी, ऐतिहासिक मथराडा“डा एम्बुस, रुकुम खाराको दोस्रो लर्डाई, भीषण हवाई हमलामाथिको दुम्ला भिडन्त, तौलिहवा आक्रमण र गण्डकी अभियानः एक समिक्षात्मक टिपोट' गरी १५ वटा संस्मरणलाई समेटिएको छ । त्यसैगरी 'आ' उपखण्डमा 'जनसत्ताको यात्राक्रम' शिर्षक दिएर 'एउटी वेश्याको उजुरी, जब अपवित्र सम्बन्ध हुन्छ र चर्चाः एक स्खलित पात्रको' गरी ३ वटा संस्मरणलाई समावेश गरिएको छ ।

त्यस्तै अन्तिम अर्थात् खण्ड 'ग'मा विविध शिर्षक दिएर 'गमाली र तमाली जनसहकारी, वीर शहीद क.सुनिलको सम्झनामा दर्ुइ शब्द, अन्धाकार रातमा दुश्मनका दमन चिर्दै, लर्डाईमा जानुअघि र एउटा झा“की विगत र वर्तमानको' गरी ५ वटा निबन्ध संस्मरणलाई समेटिएको छ ।

यो भन्दा पहिले लेख, रचना, टिप्पणी, संस्मरण र कथाहरु फुटकर रुपमा पत्रपत्रिकामा छापिए पनि 'ती आ“धीमय दिनहरु' पुस्तकाकार रुपमा प्रकाशित भएको पहिलो कृति हो । पहिलो कृति भएपनि रुप र सार दुवै हिसाबले 'ती आ“धीमय दिनहरु' सबल छ, सशक्त छ अनि ओजिलो पनि । यसलाई यतिमात्रै भनेर पुग्दैन । धेरै विषयवस्तु ऐतिहासिक घटनाक्रमस“ग अन्तरसम्बन्धित भएकोले यो पुस्तक ऐतिहासिक रुपमा पनि उत्तिकै महत्वपूर्ण छ । यसो भनौं रगतको इतिहासले लेखिएको प्रगतिवादी साहित्यको जगमा अर्को नया“ इट्टा थपिएको छ ।

खैर, मन, मुटु र मष्तिस्क छोडेर केश, कपडा र कम्मर नाप्नेहरुका लागि यी सामग्री खाली रुखो-रुखो र ठाडो-ठाडो लाग्न सक्छ । अझ विचार र दृष्टिकोणकै रुपमा उछिट्टएिकाहरुलाई त भातको गा“समा रुणढुङ्गा नै बन्ने कुरामा कुनै दुइमत छैन । तर, स्वाभिमान र स्वाधिनताको लागि झुक्न नजान्ने बरु मर्न तयार हुने महान मान्छेहरुका लागि यो मुटुको ढुकढुकी हो । दमित र उत्पीडितहरुको मुक्ति यात्राको सारथी हो । त्यसैले त यो 'ती आ“धीमय दिनहरु'को साहस, वीरता र बलिदानको दस्तावेज हो ।

विषयवस्तुले जति गहन छ, त्यसमा नेकपा माओवादीका वरिष्ठ नेता तथा सौर्न्दर्यचिन्तक चैतन्य -क.किरण)को वैचारिक भूमिकाले यसलाई झनै ओजिलो बनाएको छ । त्यसका साथै नेकपा माओवादीका केन्द्रीय सदस्य तथा जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर पासाङ, युवा साहित्यकार तथा पत्रकार उदय जीएम र युवा साहित्यकार नविन विभासको मन्तव्यले गरिमालाई झनै थपेको छ । डायरी र पत्रिकामै सिमित अनुभूतिका अक्षरहरुलाई लेखक 'चिन्तन'की जीवनसंगीनी भीमकुमारी बा“ठाले प्रकाशन गरी पाठकसमक्ष ल्याई दिएर प्राण भर्ने काम गर्नुभएको छ भने युवा साहित्यकार नविन विभासले पुस्तकको सम्पादन गर्नुभएको छ । जम्मा १२३ पृष्ठ संख्या रहेको उक्त पुस्तकको व्यक्तिगत मुल्य एक सय र संस्थागत मुल्य दुइ सय मात्र रहेको छ ।

अन्त्यमा, आ“धीमय दिनहरुको यो महान् यात्रा अझैं जारी छ । र, जारी रहिरहनेछ यो यात्रा तबसम्म, जबसम्म काला बादलका थुम्काहरुलाई आ“धीहुरीले हुत्याउन सक्नेछैन । जरुर, आ“धीमय दिनहरुको यात्रास“गै राता अक्षरहरुको यो यात्रा पनि जारी रहोस् यही शुभ-कामना !

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Samudrapari.com

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

Dcnepal.com

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Krantikari

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Yougbodh National Daily

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Live Nepalese Televisions

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com