|
मधेश र राष्ट्रियताको सवाल
- दुर्गालाल केसी
देशको संक्रमणकालस“गै अहिले सर्वत्र राष्ट्रियताको सवाल उठ्न
थालेको छ । भारतले विभिन्न बहानामा नेपाललाई रंगशाला बनाउन
खोजेको कुरा विभिन्न राजनीतिक दलहरुले प्रकाशमा ल्याएका छन्
। यही विषयलाई लिएर माओवादीको युवा संगठन वाइसीएल र जनमोर्चा
नेपालले गणतान्त्रिक जनमार्च अभियान तथा मेची-काली यात्रा
जस्ता आ-आफ्नै खालका कार्यक्रमहरु पनि गरिसकेका छन् । भर्खरै
भारतिय प्रहरी र वाइसीएलका कार्यकर्ताबीच झडप भएको कुरा पनि
बाहिर आएको छ ।
भारतले सिमा अतिक्रमण गर्दै आएको, मधेशलाई उचालेर विखण्डन
ल्याउन खोजेको र भारतीय प्रहरीद्वारा नेपालीहरु दिनदहाडै
लुटिने गरेको जस्ता घटनाहरुले सबै नेपालीलाई राष्ट्रियता
प्रति गम्भीर हुनुपर्ने बनाएको छ । गौर हत्याकाण्ड र
कपिलवस्तु नरसंहार पनि भारतकै निर्देशनमा भएका हुन् भन्ने
तथ्यहरु पनि विभिन्न विश्लेषकहरु मार्फत् सार्वजनिक भएका छन्
। माओवादी छापामारहरु शिविरमा एकत्रित भएको र राज्यको सेना
निष्किय भएको मौका छोपी विभिन्न वितण्डा मच्चाउने काम भैरहेका
छन् । कहिले मधेशका अनेक नामधारी समुहहरुको आतंकले
राष्ट्रियता लाई तर्साउँछ त कहिले जातीय र धार्मिक नाममा
मच्चाउने साम्प्रदायिक दंगाहरुले । जे जसरी भएपनि कतैबाट
नेपालको राष्ट्रिय एकता र अखण्डतालाई ध्वस्त पार्ने प्रयास
भएको छ । चाहे त्यो भारतबाट हो या दरबारबाट, जताबाट पनि
दलहरुलाई असफल साबित गरेर राष्ट्रलाई तहस नहस पार्ने खेल शुरु
भएको छ ।
अहिले विशेष गरी मधेशमा देखिएको आतंक र व्रि्रहको रुपले
हामीलाई साह्रै गम्भीर तुल्याएको छ । अहिलेको अवस्था हेर्दा
त लाग्छ- अब मधेश राज्यको नियन्त्रणमा छैन । नया “
नेपालको खाका कोर्ने संविधानसभा निर्वाचन गराउन पनि मधेशका
लागि कष्टकर बनिसकेको छ । मधेशमा बढ्दै गएका अपराधिक
क्रियाकलापले त्रासमुक्त निर्वाचनलाई चुनौती दिएका छन् ।
स्थानीय निकायका प्रतिनिधि सरह काम गरिरहेका गाविस
सचिवहरुलाई मधेशका आपराधिक समूहहरुले हत्या गरिरहेका छन् ।
यहि घटनाका कारण मधेशका गाविस सचिवहरुले सुरक्षा नभएको भन्दै
सामुहिक राजीनामा गरेको कुराले पनि मधेशको सुरक्षामा
राज्यलाई कमजोर बनाइरहेको छ । मधेशको अराजकता यसरी नै बढ्दै
गयो भने त्यहा“ सम्पूर्ण सरकारी कर्मचारीहरुलाई नै विस्थापित
हुनुपर्ने खतरा निम्तिन सक्छ । मधेशमा अझै पनि आधा नेपाल
सद्भावना आनन्ददेवी बाट अलग्गिएका राजेन्द्र महतोले समेत
मधेश रक्षा बाहिनीका नाममा लडाकु दस्ताहरु तयार पारिरहेका छन्
।
यसरी मधेशका विभिन्न कुनाबाट विभिन्न समुहका नाममा उठेका
हिंसात्मक र विखण्डनकारी गतिविधिहरुले देशको शान्तितिरको
यात्रालाई खबरदारी गरिरहेको आभास हुन थालेको छ । दश वर्षो
सशस्त्र द्वन्द्वको अन्त्य गर्दै बृहत शान्ति सम्झौता गरेको
पनि १ वर्ष बितिसक्यो तै पनि जनताले अझैं शान्तिको महशुस
गर्न पाएका छैनन् । सशस्त्र द्वन्द्वको अन्त्यस“गै कुनै
आतंकको शुरुवात हुदैछ भने त्यो मधेशबाट हु“दैछ । पछिल्लो
समयमा प्रमुख राजनीतिक दलहरुका उच्च तहका मधेशी नेताहरुले
पार्टी, संसद र सरकार परित्याग गरे बाट झन् मधेशको समस्याले
तरंग पैदा गरिदिएको छ । कतिपय विश्लेषकहरु यसलाई भारतको
चालबाजी भन्छन् त कतिपय राज्यको मधेशप्रतिको उपेक्ष्ँाको
परिणाम । जसले जे जसरी व्याख्या गरे पनि एउटा गा“ठी कुरो के
हो भने अब मधेशको समस्याले राष्ट्रियता माथी धावा बोलेको
भन्ने सत्य हो । चाहे त्यो मधेशको भेषमा भारतले गरोस, चाहे
आफ्नो संस्थास“गै राष्ट्रको विखण्डन होस् भन्ने चाहनाले
दरबारले । माओवादीले त मधेशमा आतंक मंच्चाउने र आतंक रोक्ने
नाटक गर्ने काम एकै ठाउ“बाट भएको छ भन्ने सम्मको तर्क गरेको
छ । मधेशी सांसदहरुको राजीनामालाई त्यसकै एउटा अभ्यासको रुपमा
माओवादीले व्याख्या गरेको छ । यदि सा“च्चै त्यसै हो भने यसले
राष्ट्रका लागि राम्रो कुराको संकेत गरेको छैन ।
मधेशका घटनामा मात्र हैन राजधानीमा भएका बमकाण्डहरुको जिम्मा
समेत मधेशकै समुहहरुले लिएका थिए । यसरी राजधानीलाई समेत
तर्सर्ााे घटनामा मधेशका समुहहरुको संलग्नता भइदिए पछि अब
मधेशको समस्या सामान्य विषय रहेन । वाइसीएल र जनमोर्चाले त
भारतले सिमा अतिक्रमणलाई व्यापक बनाउ “दै
मधेशलाई नेपाल विरुद्ध प्रयोग गर्न दाउ खेलिरहेको बताइरहेका
छन् । दुइ देशबीचको मैत्री सम्बन्धलाई बिस्तार गर्नुको साटो
सयौंवर्ष अघिको देशको लर्डाई लाई सम्झाउने काम भारतले तत्काल
रोक्नुपर्ने कुरामा सबैले दबाब सिर्जना गर्ने पर्दछ । फेरी
बलभद्र कु“वर, भिमसेन थापा, अमरसिंह थापा र भक्ति थापाका
योगदानहरु कुल्चने काम कही कतैबाट हुन्छ भने त्यो कसैका लागि
पनि प्रत्युत्पादक हुन सक्छ । उतिबेलाको गोर्खाली अहिले पनि
त्यही जोशमा उभिन सक्छ । त्यसैले त अझैं पनि इन्डियन आइडल
प्रशान्त तामाङहरु समेत वीर गोर्खालीका गीतहरु गाउ“छन् । त्यो
गाथा सानो बलिदानीले बनेको होइन । नालापानीमा एकथोपा पानी
नखाई लडेका नेपालीहरुको योगदान र बहादुरीको इतिहास अझैं पनि
वीर गोर्खालीको गाथामा फुलिरहेको छ ।
नेपालका नदी नालाहरु टरक्कै निचोरेर भारततिर छिराउ “दा
पनि चुपचाप दियालो बालेर बसेका नेपालीहरुले कति दिन
लोडसेडिङको मार सहन सक्छन् ? आफ्नै देशको पानी भारत पठाएर
भारतबाट बिजुली किनेर बाल्नुपर्ने विवशता त नेपाली सामु छ भने
त्यो भन्दा ठूलो विडम्वना के हुन सक्छ ? चाहिएको पानी जति
भारत पठाएर बचेको पानीले आफ्नै भूमी डुबानमा पानुपर्ने विवशता
पनि हामीले भोगिसक्यौं । यो भन्दा ठूलो विडम्वना हामीलाई
कदापी सह्य हुन सक्दैन । राष्ट्रियता नजोगाइकन अरु जे सुकै
कदम उठाए पनि त्यसको अर्थ केही रहदैन । राजतन्त्र नै
राष्ट्रियता हो भन्ने कमल थापाहरुको आदर्शले अबको
राष्ट्रियतालाई प्रतिनिधित्व गर्न सक्दैन । त्यसैले भारतले
केही गरेमा आफुहरु चुप लागेर नबस्ने कुरा चीनले समेत दर्शाइ
सकेको बेला नेपालीहरु आफैले एक हुन जानेनन् भने यो
संक्रमणकालको फाइदा राष्ट्रविरोधी तत्वहरुले लिन सक्छन् ।
यसप्रति सबै गम्भीर बन्नैपर्छ । |