|
यसपटक
भुट्टोको हत्या र त्यसको संकेत
- हिरामणि दुःखी
पाकिस्तान पिपुल्स पार्टीकी अध्यक्ष एवं भू.पू. प्रधानमन्त्री
बेनजीर भुट्टोको बिहिबार बेलुका हत्या भएको छ । रावलपिण्डीमा
आयोजित चुनावी सभालाई सम्बोधन गरी मञ्चबाट बाहिरिदै गर्दा
उनको हत्या गरिएको हो । उनको हत्याको जिम्मा अलकायदा गु्रपले
लिएता पनि उनका र्समर्थकहरु भने मुर्सरफकै षड्यन्त्रमा भएको
बताइरहेका छन् । जे होस् उनको हत्या एक कट्टरपन्थी तानाशाही
जत्थाको हो भन्नेमा कसैको पनि दुइमत हुन सक्दैन । उनको
हत्याले साम्राज्यवादी वा पू“जीवादी वर्गले भन्दै आएको कथित्
प्रजातन्त्रको उपहास गरेको छ । यद्यपी भुट्टोको दुइपटकको
शासनकालमा पाकिस्तानका उत्पीडित वर्गले सा“चो अर्थको
प्रजातन्त्र कति उपभोग गर्न पाए त्यो छुट्टै मूल्याङ्कनको
विषय होला । परन्तु उनको हत्याले दुनिया“का तानाशाहहरुलाई भने
थोरै सन्तोषको सास फेर्ने वातावरण भएको महशुस भयो होला । तर
उनको हत्या नै सैनिक तानाशाहहरुका निम्ति महङ्गो मुल्य
चुकाउने आन्दोलन पनि बन्न सक्छ ।
आफ्नो बाबु जुल्फीकर अली भुट्टोको हत्या सैनिक तानाशाह जनरल
जियाउल हकले 'सैनिक कु' गरेर शासन हत्याएपछि गरेको थियो ।
मुस्लिम वाहुल्य कट्टरपन्थी मुलुकमा प्रजातन्त्रको यसैगरी
उपहास गरिएको छ । बेनजीर भुट्टोले आफ्नो बावुको हत्यापछि नै
राजनैतिक जीवनमा सक्रिय रुपले प्रवेश गरेकी हुन् । उनी
दुइपटक सम्म निर्वाचित भई देशको प्रधानमन्त्री भएकि थिइन् ।
प्रधानमन्त्री संगसंगै संसारकै एक सक्षम र प्रभावशाली महिला
व्यक्तित्वमा परिचित भईन् ।
यतिखेर बेनजीरको हत्यापछि राष्ट्रिय शोक मनाउने र उनको
हत्यारालाई कडा कारवाही गर्ने निर्णय गरेर लोकप्रिय हुन खोजे
पनि मुर्सरफको यो निर्णय केवल गोहीका आ “सु
मात्र भन्न सकिन्छ । किनभने उनकै शासनकालमा भुट्टोका दुइवटा
भाइहरुलाई षडयन्त्रद्वारा हत्या गर्ने र फा“सी दिने काम
गरिएको हो । अहिले भुट्टोको परिवारको हत्या भइसकेको छ ।
भारतमा नेहरु र गान्धी परिवारको जस्तै पाकिस्तानमा भुट्टो
परिवारको हत्या भएको छ । उनीहरुको हत्या हुनुमा स्वयं
उनीहरुले अवलम्बन गरेको राजनीति पनि जिम्मेवारी हुन सक्छ ।
तर जे भएपनि सैनिक तानाशाही सत्ता र औपनिवेशिक शोषणका
विरुद्ध उनीहरु संघर्षरत थिए । कम्तिमा पू “जीवादी
प्रजातन्त्रका पक्षधर भएकै कारण कट्टरपन्थी एवं तानाशाही
शासकहरुको शिकार बन्नुपरेको छ । पछिल्लो अवधीमा बेनजीरले पनि
अमेरिका परस्त राजनीति गरेकाले पाकिस्तानको राष्ट्रवादी शक्ति
उनको विरोधी भएर देखा परिरहेका थिए । अन्ततः अमेरिकी
शासकवर्गको नीति के रहदै आएको छ भने आफ्नो स्वार्थ पुरा
हुदासम्म उपयोग गर्ने र स्वार्थ पुरा हुने नदेखिएमा सके आफै
हत्या गर्ने नभए अरु कुनैबाट षडयन्त्रमा फसाउने र त्यसको
सट्टामा अर्को पप्पेड नियुक्ति गर्ने रणनीति रहिआएको छ ।
यतिखेर बेनजीरको हत्यामा उसको संलग्नता हुन नसक्ला तर उसको
कथित प्रजातन्त्रको भने उपहास भएको छ ।
भुट्टोले संचालन गरेको प्रजातान्त्रिक आन्दोलनले पाकिस्तानका
समग्र उत्पीडित वर्गको मुक्ति र स्वतन्त्रता दिन नसकेता पनि
सैनिक फा “सीवादका
विरुद्ध भने दृढतापुर्वक खडा भयो । पछिल्लो अवस्थामा
मुर्सरफलाई समेत सैन्य नेतृत्व छोड्न बाध्य पार्यो । यसरी
फा“सीवादलाई घु“डा टेकाउन बेनजीर सफल भइन् । गैरसैनिक शासन
गर्न मर्ुर्सरफ बाध्य भए । यद्यपी सैनिक पद छाडेपनि सेना
मुर्सरफकै वफादार रहेको र उसको शासनशैली तानाशाही प्रवृतिकै
छ ।
बेनजीरको हत्याले आसन्न निर्वाचनको परिणाम पनि बलप्रयोगद्वारा
मर्ुर्सरफले नै हत्याउने निश्चित भएको छ । यसले के देखाउ “छ
भने आखिर दुनिया“का फासिष्ट शासकहरु कुनै न कुनै रुपबाट भएपनि
आफ्नै शासन कायम गर्न चाहन्छन् । चुनाव त केवल उनीहरुको
देखाउ“ने दा“त मात्र हो भन्ने कुरा फेरी एकपटक नाङ्गो रुपमा
देखिएको छ । यसले नेपालमा हुने संविधान सभाको चुनावमा पनि
प्रभाव नपार्ला भन्ने केही छैन । सैनिक शासकको रुपबाट अघिल्लो
पटक मुर्सरफले गराएको चुनाव र ज्ञानेन्द्रले गराएको नगर
निर्वाचनको समान तुलना गर्न सकिन्छ भने यतिखेर बर्दी फुकालेका
मर्ुर्सरफले गराउन खोजेको चुनावसंग गिरिजाले गराउन खोजेको
संंविधान सभाको चुनावलाई एउटै तुलना गर्न सकिन्छ । किनकि
अहिलेसम्म संविधान सभाको चुनावको ग्यारेण्टी हुन नसक्नुको
कारण मुर्सरफकै शैलीमा चुनाव गराउन खोज्नु हो । त्यो देखाउने
चुनाव मात्र हुनेछ । अहिले नेपालमा संसदवादी दल र माओवादी
बीचको अन्तरविरोध यहीनिर हो । चुनावलाई र्सार्थक बनाउने कि
मुर्सरफ शैलीकै बनावटी भन्ने नै मुल मुद्दा हो । यदि
चुनावलाई र्सार्थक, निश्पक्ष र धा“धलीरहित बनाउने हो भने
जनयुद्ध र जनआन्दोलनको सही मुल्याङ्कन हुनुपर्छ र त्यसको
उच्च सम्मान गर्दै त्यसवाट आर्जित शक्तिको नेतृत्वमा चुनाव
हुनुपर्छ । बेनजीर भुट्टोको हत्या प्रकरणले दिएको नकारात्मक
सन्देश यही हो । होइन भने बेनजीरहरुलाई षड्यन्त्रद्वारा
सिध्याउने शासक र उनीहरुको वर्गले नेपालका क्रान्तिकारी
वर्गलाई सजिलैसंग चुनावमा प्रतिस्पर्धा गर्न देला भनेर कल्पना
गर्नु आत्मघाती कदम बाहेक अरु केही हुदैन । २०६४/९/१४ |