वर्ष १०, अंक ७, २०६४ पुस १५ गते आइतबार  (30 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 06 Jan 2008

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

नेपाल गणतान्त्रिक मुलुक घोषित

काठमाण्डौं/अन्तरिम संविधानको तेस्रो पटकको संशोधन भई १३ गते संसदबाट पारित भएपछि अब नेपाल राजतन्त्रात्मक मुलुकबाट संघीय गणतन्त्रमा प्रवेश गरेको छ । अन्तरिम विधायिकामा ७ दलको समहतिमा पेश गरिएको २३ बुँदे नयाँ राजनैतिक सहमति अत्याधिक बहुमतले पारित भएपछि नेपाल लोकतान्त्रिक गणतन्त्रमा संविधानतः प्रवेश गरेको हो ।

समाचार

रिपोर्ट / समाचार विश्लेषण

अन्तर्वार्ता

 विचार / दृष्टिकोण/ दर्शनशास्त्र

यस पटक / सामयिकी

टिप्पणी / जस्ताको तस्तै

कला/संस्कृति/साहित्य

संस्मरण/अनुभुति

सञ्चार/जनजाति/मोर्चा/संगठन

शहिद गाथा/संघर्षमय जीवन/सहिद परिवारको आवाज

आधा आकास

  •  

शुभकामना/जनगुनासो

 

सम्पादकीय

 राजतन्त्रको अन्त्य र जनताको विजय

पुस ९ गते भएको सात दलीय सहमति बमोजिम अन्तरिम सम्विधान संशोधन गरिएमा नेपालबाट राजतन्त्रको विधिवत अन्त्य हुनेछ । यसरी दुइसय उनान्चालीस वर्षदेखि अवतारको रुपमा जरा गाडेको राजतन्त्र अब सदाका लागि नेपालबाट बिदा हुनेछ । ९ गते भएको सात दलीय सहमतिको सबैभन्दा महत्वपूर्ण उपलब्धी यही हो । यस अघि संविधान-सभाको चुनावपछिको पहिलो बैठकमा बहुमतद्वारा राजतन्त्र हटाउन सकिने कुरा संविधानमा उल्लेख थियो । त्यसले राजतन्त्र नहटाउन पनि सकिने प्रावधान यथावत थियो । किनभने संविधान-सभाको चुनावपछि क्रान्तिकारीहरुको प्रतिनिधित्व कम भएमा राजा राख्न पनि सक्दथे । तर अहिलेको सम्झौताले त्यो अवस्थाको अन्त्य गरिदिएको छ ।

भवाट्ट हेर्दा अहिलेको उपलब्धी केही नभए जस्तो देखिन्छ । माओवादी र संसदवादी दलहरुबीच भएका यसप्रकारका सहमतिहरु यस अघि पनि त भएकै हुन् नि भन्ने प्रश्न पनि उठ्न सक्छ । तर यसपटकको सहमति र अघिको सहमतिमा गणतन्त्र सुनिश्चित गर्ने विषयमा फरक धारणाहरु रहेको छ । पहिला गणतन्त्र घोषणालाई सुनिश्चित गरिएको थिएन । अहिले गणतन्त्र सुनिश्चित गरिएको छ । यद्येपी कार्यान्वयन संविधान-सभाको चुनावपछि बन्ने संसदले गर्नेछ । तर त्यसलाई लागू गर्न अनिवार्य बनाइएको छ । त्यस्तै अर्को महत्वपूर्ण पक्ष भनेको संघीय राज्यको अवधारणा हो । देशलाई संघीय प्रणालीमा लैजाने कुरा संविधानमा उल्लेख हुने भएको छ । यसले गर्दा संघात्मकतामा जान सबै दलहरु बाध्य हुनेछन् । जो जान चाह“दैन ऊ स्वयम संविधान विरोधी बन्नेछ । त्यसो भएमा उसलाई जनताले कार्वाही गर्न सक्नेछन् । त्यस्तै गरी संविधान-सभाको चुनावपछि गणतन्त्र लागू नगर्ने कुनै पनि दलले बहुमत प्राप्त गरे पनि त्यसका विरुद्ध जनताले गर्ने विद्रोह कानुनी र वैधानिक हुनेछ । त्यसैले यो सहमतिले जनतालाई वास्तविक रुपले सार्वभौम बनाएको छ । जनताले प्रतिनिधि चुन्ने जे जति अधिकार हुन्छ, त्यति नै आफ्ना प्रतिनिधिले गलत गरेमा कार्वाही गर्ने अधिकार प्राप्त गर्नु नै वास्तविक लोकतन्त्र हो ।

यो सबै अधिकार प्राप्त गर्न जनयुद्ध र जनआन्दोलनका ताकतले सम्भव भएको हो । यो जनताको ऐतिहासिक विजय हो । यतिखेर आफूलाई राजतन्त्रसंग घा“टी जोडेर राजतन्त्रलाई कुनै न कुनै रुपले बचाउन खोज्ने तत्वहरुले राजासंग सम्बन्ध विच्छेद गर्न बाध्य भएका छन् । यो उनीहरुको हार हो । यसले राजावादीहरुको हार गराएको छ । तर यति गरेर जनता ढुक्क हुने स्थिति भने छैन । आफ्नो अस्तित्व समाप्त भएको राजाले झोली तुम्मा कसेर सन्यासी जीवन बिताउन का“सीको यात्रा सहज रुपले गर्ने छैनन् । राजा र राजतन्त्रप्रतिको बफादार र मनोवैज्ञानिक रुपले अन्ध भक्त नेपाली सेनामा राजसंस्थाको पकड कायमै छ । त्यो सेनाले सहजै ज्ञानेन्द्र र उनका सबै शाही परिवारलाई कुकुरले छोडेको हाड बनाएर नारायणहिटी दरबारबाट निस्कने छैन । त्यसैले जनताले सदैव सचेत भएर प्रतिगामी हरकतका विरुद्ध दह्रो मुकाविला गर्न तम्तयार रहनु पर्दछ ।

यतिखेरको सहमतिको अर्को उपलब्धी भनेको दुवै सेनाको समायोजन, द्वन्द्व पीडितहरुलाई राहत उपलब्ध गराउने, जनमुक्ति सेनाको भरणपोषण र पारिश्रमिकलाई सुनिश्चित गर्ने, वेपत्ता नागरिकको स्थिति छिटो सार्वजनिक गर्ने जस्ता विषय संविधानमा उल्लेख गरी कार्यान्वयन गर्ने र चैत्र मसान्तसम्म चुनाव गराउने कुरा हो । अब कुनै पनि दलले बहाना बनाएर चुनावबाट भाग्न पाउने छैनन् । साथै चुनावलाई साम्राज्यवादी र विस्तारवादीहरुको इसारामा विथोल्ने, भा“ड्ने र धा“धली गर्ने हरकत गरेमा जनताले विद्रोह गर्नेछन् र त्यही विद्रोहबाट त्यस्ता प्रतिगामी तत्वहरुलाई ध्वस्त पार्नेछन् ।

अहिलेको सरकार सहमतीय प्रणालीमा निर्माण भएकाले कुनै एउटा दल विशेषले मात्र हालिमुहाली गर्न नपाउने भएका छन् । अब सरकार सञ्चालन गर्न सात दलबीच उच्च स्तरीय संयन्त्र बन्नेछ । त्यो संयन्त्र सात दलले चक्र प्रणालीमा नेतृत्व गर्नेछन् । त्यो संयन्त्रको निर्देशन विपरित कोही पनि जान पाउने छैनन् । यसले गर्दा एक दलीय तानाशाही प्रवृत्तिको अन्त्य भएको छ ।

यसप्रकार सात दलबीच भएको २३ बु“दे सहमतिका कारण सम्पूर्ण प्रतिगामी शक्तिहरुले पनि ठूलो पराजयको परिणाम भोग्नुपरेको छ । यसले उनीहरु मुरि्छत भएका छन् । तर्सथ अब उनीहरुले अरु केही नया“ हरकत गरेर चुनावलाई अनिश्चितताको घेरामा फसाउने षड्यन्त्र नगर्लान् भन्न सकिंदैन । किनभने यो सहमति राष्ट्रियताको सवालसंग पनि जोडिएको छ । यतिखेर राष्ट्रियता अत्यन्तै खतरामा रहेको छ । अब संविधान-सभाको चुनावको मुद्दा राष्ट्रियता बन्नेछ । राष्ट्रियतामा हुने विदेशी शक्तिकेन्द्रहरुको हर्कत र स्वदेशी लेण्डुपहरुका नया“ संस्करणका विरुद्ध सम्पूर्ण शक्ति एक हुनु परेको छ । यससंगै सहमति कार्यान्वयन गराउन जनतालाई सचेत बनाउन र खबरदारी गर्नु आजको आवश्यकता हो ।

पुराना अंकहरु

वर्ष १०, अंक ६, २०६४ पुस ८ गते आइतबार  (23 December 07)

वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार  (16 December 07)

वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार  (09 December 07)

वर्ष १०, अंक ३, २०६४ मंसीर १६ गते आइतबार (02 December 07)

वर्ष १०, अंक २, २०६४ मंसीर ९ गते आइतबार (25 November 07)

वर्ष १०, अंक १, २०६४ मंसीर २ गते आइतबार  (18 November 07)

बर्ष ९ का अंकहरु

नौलो जनउभार  साप्ताहिकका लागि

प्रकाशक : यादव गौतम

सम्पादक : हिरामणि दुःखी

कार्यकारी सम्पादक : अजयदीप शर्मा

प्रवन्ध सम्पादक : हुमप्रसाद बस्याल

उपसम्पादक : रामु वि.क., डिल्ली मल्ल

कम्प्यूटर टाइप सेटिङ : ज्योति शर्मा

कार्यालय : मिडिया चोक, घोराही, दाङ

मो नं. ९८५७८२०५२७, पयाक्स : ०८२-५६२१६९

E-mail : naulojanaubhar@gmail.com

website : www.ourpath.net/janaubhar

 

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium