|
अन्तरवार्ता
सातदलको एकता नै राजसंस्थाको
प्रतिकार गर्ने एकमात्र शक्ति हो
- सि.पी. मैनाली, महासचिव, नेकपा (माले) तथा अध्यक्ष संयुक्त
वाममोर्चा
अहिले भएको सहमति अनुसार अब सम्विधान सभाको चुनाव हुने
कुरा निश्चित भयो हैन त ?
अ, यो सहमतिले सम्विधान सभालाई निश्चित गरेको छ ।
यी सहमति त पहिले पनि भएका हुन् तर कार्यान्वयन नहु“दा यो
स्थितिको श्रृजना भयो । अब पनि कार्यन्वयन हुन्छ भनेर कसरी
विश्वास गर्ने ?
एउटा त धेरै हन्डर र ठक्कर खाएर देशको परिस्थिति बिग्रिसक्यो
भन्ने महसुस गरेर दलहरुले सहमति गरेका हुन् र यी सहमतिलाई
कार्यान्वयन गर्ने केही संयन्त्रहरु र समय अवधी तोकिएको
हुनाले कार्यान्वयन हुने कुरामा विश्वास गर्न सकिन्छ ।
कार्यान्वयनको विषयमा चुनौतीहरु पनि त होलान् नि ? यसबीचमा
राजाको महत्वाकांक्षा जाग्न सक्छ कि सक्तैन ?
हामीले च्यालेञ्ज देखेको के हो भने स्वभाविक रुपमा परिवर्तन
विरोधी र स्थिरता विरोधी तत्वहरु बाहृय शक्तिहरु को हुन् -
अब स्वभाविक छ केही विदेशी शक्तिहरु नेपालमा अस्थिरता
चाहन्छन् जसले तर्राईको अवाञ्छित गतिविधिहरुलाई पनि प्रमोड
गरिरहेका छन । नामै नलिऔं, नेपालको परिवर्तन विरोधी शक्ति
स्वभाविक रुपमा दिल्ली औपचारिक प्रतिनिधि हो । सामन्ती
पुनःउत्थानवादी शक्तिहरु छन् जसले चुनाव नहोस् र परिवर्तन
नहोस् भन्ने चाहन्छन्, यी शक्तिले पछिसम्म पनि विथोल्न
प्रयत्न गर्छन् तर, सातदल एकताबद्ध भएर जान्छ । यो परिवर्तनमा
भित्री र वाहिरी प्रतिक्रियावादी शक्तिको भूमिका हुन सक्छ,
भारत र अमेरिकाको यो कार्य हुनसक्छ भन्ने विषयमा हामी एउटा
दृष्टिकोण बनाउन र सहमत हुन सक्छौं भन्ने लाग्छ । हामी
नेपालीले एउटा सकारात्मक परिवर्तनलाई ग्यारेन्टी गर्न सक्छौं
।
राजसंस्था पूर्णतःरुपमा बिदा नगरुञ्जेल सम्म ज्यूदो त रहन्छ
नै । त्यसलाई बिदा गर्न सातदलको एकता चाहिन्छ । सातदलको एकता
नै राजसंस्थाको एकमात्र प्रतिकार गर्ने शक्ति हो । किनकि
त्यसमा जनताको र्समर्थन छ र अन्तर्राष्ट्रिय क्षेत्रमा
प्रजातान्त्रिक जगतको अनकन्डिसनल सर्पोट प्राप्त गरेको छ ।
त्यसैले सातदलको एकता कायम रह्यो भने राजाका अरु कुनै
प्रयत्न पनि सफल हुन सक्तैनन् । चाहे त्यो फौजी प्रयत्न होस्
चाहे त्यो राजनैतिक प्रयत्न नै किन नहोस ।
पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुन नसक्दा अब
मधेशको स्थिति के हुन्छ ?
समान जनसंख्याको आधारमा प्रतिनिधित्व गर्ने तर्राईको मागलाई
स्वीकार गरेर नै २०५बाट २५० निर्वाचन क्षेत्र तोकिएको छ र
यसले तर्राईका जनसमुदायको माग पनि सम्बोधन गरेको हुनाले
वार्ताद्वारा तर्राईका असन्तुष्टिहरुलाई निर्वाचनको मुलधारमा
ल्याउन सकिन्छ भन्ने मलाई लाग्छ ।
मधेशमा भईरहेको आन्दोलन यो कुनै समस्यागत रुपमा हल गर्न
लाई हो या निहु खोज्नलाई मात्र - यसभित्र तपाई कुनै तत्वको
संलग्नता रहेको देख्नुहुन्छ कि हुदैन ?
अहिले राजनीतिक विश्लेषण गर्दा के देखिन्छ भने मधेसमा
सदियौदेखि रहेको वर्गिय र जातीय असमानता शोषण र उत्पीडन छ,
त्यसलाई संयुक्त रुपमा लैजानुपर्छ अनि मात्र त्यसको समाधान
हुन्छ । नेकपा माओवादी सहितको सातदलले तर्राईको समस्यालाई
वर्गिय र जातिय समस्याको रुपमा लिएर सन्तुलित समाधानको
प्रयत्न गरिरहेको छ । तर अहिले जो तर्राईको विषय उठाउने नाममा
केही राजनैतिक गतिविधि भईरहेका छन् । केही बामपन्थी सरिक भएका
छन् । उनीहरुले त्यसको वर्गीय पक्षलाई, सामन्तवाद विरोधी
पक्षलाई, पितृसत्तात्मक सत्ता विरोधीपक्षलाई उपेक्षा गर्दै
त्यसलाई जातिय, क्षेत्रीय रुपमा चित्रित गर्दैछन् । यो
नितान्त गलत र मनोगत कुरा हो । यसले तर्राईका बहुसंख्यक
जनताको शोषण उत्पीडनलाई सम्बोधन गर्न सक्दैन । त्यो तर्राईका
सिमित सामन्ती अभिजात वर्गको स्वार्थसंग मेल खान्छ । त्यो
प्रयत्न तर्राईको सामन्ती अभिजात वर्गीय राजनीति मान्नुपर्छ
र त्यस्तो राजनीतिलाई प्रतिगामी र नेपालमा अस्थिरता चाहने
विदेशी तत्वहरुले साथ दिन सक्छ । त्यस कारण त्यो क्षेत्रीय र
जातीय आधारको राजनीति तर्राईको सामन्ती अभिजात वर्गीय राजनीति
हो । त्यो प्रतिगामी शक्तिहरुको रुची अनुसारको हुन्छ र यो
विदेशीहरुको नेपालमा अस्थिरता ल्याउने उद्देश्य अनुरुपको
हुन्छ । सातदलले जुन जातीय र वर्गीय समस्या समाधानको प्याकेज
लिएको छ, त्यसलाई अगाडि बढाउनु पर्छ ।
अहिले गणतन्त्र र राष्ट्रियताको विषय निकै जब्बर बनेर आएको
छ, यो विषयमा तपाई के भन्नुहुन्छ ?
स्वाभाविक छ नेपालको अहिलेको चरणको परिवर्तन अथवा तेस्रो
क्रान्तिद्वारा जनता गणतन्त्र स्थापना गर्न सक्षम छन् र
संविधानसभाद्वारा त्यसको कार्यान्वयन गर्ने विषय लिखित रुपमा
पनि संस्थागत भईसकेको छ । यो स्वाभाविक छ कि हाम्रो जस्तो
अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक नेपाल औपचारिक रुपमा
स्वतन्त्र भएपनि धेरै सन्धी, सम्झौता मार्फत् यसका
स्वतन्त्रता र सार्वभौमिकताहरु कुण्ठित गरिएका छन् । अहिलेको
लोकतान्त्रिक परिवर्तनको महत्वपूर्ण र अभिन्न अंग भनेको देशको
स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रियतालाई सुदृढ गर्नु हो
। त्यसकारण यी दुवै संगसंगै जाने विषय हुन् । एउटालाई अगाडि
सार्दा अर्कोलाई बिर्सने गल्ती गर्नु हुदैन । गणतन्त्रको साथ
साथै राष्ट्रियतालाई सबल बनाउनु पर्छ ।
विशेष अधिवेशनबाट पारित प्रस्तावमा तपाईको पार्टीको
संलग्नता किन रहेन ?
पहिलो कुरा त एमाले र माओवादीको बीचमा वार्ता भयोे । जसमा
हामीलाई बोलाईएन । अन्तिम समयमा 'गिभ एण्ड टेक' गरेर सहमतिमा
जाने उहा “हरुको
प्रयत्न रह्यो । यो उहा“हरुको खुसी र स्वतन्त्रताको कुरामा
मेरो भन्नु केही छैन तर त्यो कुन उद्देश्यले गरेको हो हाम्रो
दललाई थाहा भएन । हामीले विश्लेषण गर्दा त्यो सहमतिबाट राम्रो
काम पनि गर्न सकिन्थ्यो र देशलाई व्रि्रहको बाटो पनि लैजान
सक्थ्यो । जस्तो कि अहिलेको सन्दर्भमा सडक आन्दोलन गर्ने,
शहरी विद्रोह गर्ने र केन्द्रीय सत्ता कब्जा गर्ने कुरा नेकपा
माओवादी बाट आइरहेको हुनाले त्यस्तो कुरा अहिले माओवादीकै
निम्ति अहितकर हुन सक्थ्यो । देशकै निम्ति अहितकर हुन सक्थ्यो
। त्यसकारण हामीले त्यो पक्षलाई र्समर्थन गर्न सकेनौं । सही
दिशामा आउन सक्ने सम्भावना भएकोले विरोध पनि गरेनौं ।
त्यसकारण हामी तटस्थ बस्ने काम गर्यौं ।
तपाईको पार्टी माले, एमालेबाट फुटेर बनेको पार्टी हो ।
अहिले वाम एकताको कुरा उठिरहेको छ, यो बीचमा तपाईहरुको पार्टी
र एमाले बीचको सैद्धान्तिक मत भिन्नताहरु के-के हुन् मिल्न
सक्ने आधारहरु छैनन ?
पहिलो कुरा हामी फुटेर गएको भन्दा पनि ०५४ सालको फागुनमा जब
नेकपा एमालेभित्र महाकाली सन्धीलाई र्समर्थन गर्ने कि नगर्ने
भन्ने विषयमा विवाद चल्यो र त्यसलाई र्समर्थन गर्नु नेपालको
राष्ट्रिय हित विपरित हो भन्ने मान्यता हिजो थियो र अहिले पनि
त्यही नै छ । यही कुरामा बहुमत पक्षमा सहमत भएनौ । त्यसभित्र
विभिन्न आधारमा गुटबन्दीहरु भयो । त्यो स्थितिमा ०५४ सालको
फागुन २१ गते एमालेको बहुमत नेतृत्वले हामी १० जना नेतालाई
पार्टी सदस्य बाटै बञ्चित गर्ने फैसला गरिसके पछि हामीले
नेकपा मालेलाई पुनःर्स्थापना गरेका हौं । हामी फुटेको भन्दा
पनि हामीलाई हटाइयो र हामीले आफ्नो राजनीतिलाई अगाडि लैजान
जनपक्षीय परिवर्तनकारी राजनीतिलाई अगाडि बढाउन नेकपा मालेको
पुनःर्स्थापना गर्नुपरेको हो ।
दोस्रो कुरा, अहिले नेकपा एमालेस “ग
हाम्रो सैद्धान्तिक मत भिन्नता छ । हामी नेपालको डेमोक्रेटिक
क्रान्तिको सिद्धान्त माओत्सेतुङले भनेजस्तो पुष्पलालले
पुनःपुष्टि गरे जस्तो नया“ जनवाद अथवा जनताको जनवाद नै नेपाली
क्रान्तिको सिद्धान्त हुनुपर्छ । तदनुरुपकै आर्थिक सामाजिक
परिवर्तनको कार्यक्रम हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता
हो । त्यसलाई नेकपा एमालेले संशोधन, परिवर्तन गरेर बहुदलीय
जनवाद भनेर जो कन्पिm्यूजन गरेको छ त्यसमा हाम्रो विमती रहेको
छ । उनीहरुले पार्लियामेन्ट प्रणाली मार्फत् समाजवादमा जान
सकिन्छ भन्ने जनताको बहुदलीय जनवादको मुल आशय हो त्यो स“ग
हामी असहमत छौं । एउटा सैद्धान्तिक विमति त्यो हो । कतिपय
साना तिना कुरामा पनि भिन्नता हुन सक्लान् तर पार्टी र
सिद्धान्तमा एकता नभैकन अरु कुराको एकताको अर्थ रहदैन ।
सिद्धान्त र दर्शनमा एकता छ भने अरु साना कुरामा मत भिन्नता
भए पनि एउटै पार्टीमा बस्न सजिलो हुन्छ । तर सैद्धान्तिक
भिन्नताले हामी अलग छौं ।
तेस्रो कुरा,अहिलेको स्थितिमा सैद्धान्तिक भिन्नता भएपनि
नेकपा एमाले एउटा वामपन्थी पार्टी हो अब ऊ कति मार्क्सवादी
हो त्यो म विश्लेषण गर्न चाहन्न । ऊ अहिले अग्रगामी
परिवर्तनकै पक्ष्धर रहेको छ । वामपन्थी पार्टी भएको नाताले
अरु वामपन्थी कम्यूनिष्ट पार्टीहरुस “ग
हाम्रो सहकार्य छ र हुनुपर्छ पनि । चुनावको बेलामा हाम्रो
चुनावी तालमेल एकवाम एक ठामको स्पीडले एकता हुनुपर्छ । नेकपा
माओवादी, नेकपा एमाले लगायत सबै वामहरु एकता हुनु आवश्यक छ
भन्ने म ठान्दछु ।
वाम सहकार्यको विषयमा तपाईको पार्टीबाट कत्तिको प्रयास
भैरहेको छ नि ?
यो भन्दा अगाडि त अहिलेको विवादको निकास निकाल्ने नै हामी हो
। यसपछि चुनावी दौड्ले ठोस आकार लिने क्रममा हामी पनि सबै
वामदलहरुस “ग
एक वाम एक ठाम भन्ने हिसाबले अगाडि जानेे विषयमा छलफल
गरिरहेका छौं । त्यसको प्रक्रिया भर्खर शुरु हुदैछ ।
अहिले नेकपा
माओवादी र तपाईहरु बीचको सम्बन्ध कस्तो छ नि ?
हामी सबै वामदलहरुस “ग
भातृगत र सहयोगात्मक सम्बन्ध नै छ । खास कामको निम्ति एकताले
ठोस रुप लिने हुनाले चुनावको सन्दर्भमा वामदल अझ विशेष गरी
माओवादी र हाम्रो बीचमा सहयोगात्मक सम्बन्धलाई ठोस रुप दिन
हामी प्रयत्न गर्ने छौं । त्यसले नै हाम्रो सम्बन्धको बाहृय
स्वरुपलाई ठोस रुप दिनेछ ।
पार्टी एकता त हुदैन ?
तत्कालै पार्टी एकीकरण हुने सम्भावना म देख्दिन, तर हामी सबै
वामदलको बीचमा सहकार्यको एकता हुनसक्छ र हुनुपर्दछ भन्ने म
ठान्दछु ।
अहिले तपाईको पार्टी नेकपा मालेको संगठनात्मक स्थिति कस्तो
छ नि ?
वास्तवमा हामी ०५८ सालदेखि नेकपा मालेलाई पुनर्गठन गर्ने
अभियानमा लागेका छौं र हाम्रा जनवर्गीय संगठनका आधारभुत
सांगठनिक संरचनाहरु बनाएका छौं र त्यसलाई पार्टी राजनीतिले
प्रशिक्षित गर्ने, संगठनलाई सुदृढ गर्ने र जनआधार बलियो
बनाउने क्रममै हामी लागिरहेका छौं ।
अहिले सातैदलले एकै ठाउ मा
रहेर क्षेत्रिय सभाहरु गर्ने भनेका छन यी सभाहरु कहिले सम्ममा
हुन्छन ? चैत्रमा हुने समिधानसभा कुन साता सम्ममा हुने
सम्भावना छ ?
जहा “सम्म
जनसभाको कुरा छ, यो आउ“दो १७ गते हाम्रो शिर्ष बैठक बस्दैछ ।
त्यसमा छलफल गरेर जतिसक्दो चाडो यो क्षेत्रिय सभाहरुको आयोजना
हुन्छ । शुरुमा विराटनगर, बीरगन्ज, यता नेपालगन्ज, धनगढी,
पोखरा, काठमाण्डौ लगायतका ठाउ“हरुमा ती सभाहरु होलान् ।
सम्विधान सभाको चुनाव सम्भव त चैत्रको तेस्रो, चौथो सातामा
मात्र हुन सक्ला । सम्विधान र कानुन संसोधन, टाइम टेवलका सबै
काम कुराहरुलाई हेर्दा हाम्रो आकंलनमा त्यस्तैमा होला भन्ने
लाग्छ । तर हाम्रो प्वाईन्टेड छलफल भएको छैन ।
अन्त्यमा, तपाई संविधानसभा चैत्रमा हुन्छ भनेर जनतालाई के
आधारमा ग्यारेन्टी दिलाउन सक्नु हुन्छ ?
एउटै कुरा के हो भने धेरै हण्डर, ठक्कर पछि अहिले सबै दलहरु
एकै ठाउ “मा
आएर सहमति गरेका छौं । चुनावप्रति हाम्रो कुनै दलले चुनाव
विथोल्ने गरी माग नराख्ने र काम नगर्ने प्रतिबद्धता पनि
जनाएका छौं । खाली एउटै तर्राईको कथित् विषयमा हाम्रो समान
दृष्टिकोण, सबै दलको बीचमा विशेष गरी नेपाली का“ग्रेसमा पनि
समान दृष्टिकोण बनाउन सक्यौं भने सबै व्यवधानहरु मुलधारमा
ल्याएर चुनावको ग्यारेन्टी गर्न सकिन्छ । २३ बुदे समझदारीले
चुनाव गर्ने कुरालाई अत्यन्त ठूलो राजनीतिक आधार दिएको छ र
हामी चुनाव गर्न सक्छौं । |