|
|
|
संस्मरण
बाजुरा जिल्लाको एक अनुभूति
- कुवेर वली
सेती महाकालीको ज्यादै विकट र दुर्गम जिल्ला हो बाजुरा ।
यहा“बाट जुम्ला, कालिकोट नजिकै पर्दछन् । खेती किसान गरेर
जीवनयापन गर्नु, पशुपालनमा भेडाबाख्रा पाल्नु मुख्य पेशा
अर्न्तर्गत पर्दछन् । यहा“ कुल जनसंख्यामा ९२ प्रतिशत जनताहरु
कृषिमा निर्भर रहने गर्दछन् । विडम्वना के छ भने यति धेरै
जनताहरु कृषि पेशामा संलग्न भएतापनि औसत हिसाब गर्ने हो भने
१ वर्षमा ६२ दिन मात्र राम्ररी खान पुग्छ । बा“की दिन
रोजगारको निम्ति मुग्लान पस्नु सिवाय अर्को उपाय छैन । भारतको
पिथौरागढ, उत्तराञ्चल, पंजाब, दिल्ली, हिमाञ्चल -कालापहाड) र
मुर्म्बई लगायत विभिन्न ठाउ“हरुमा ज्याला मजदुरीका निम्ति
भौतारिनु पर्दछ । यहा“ दलित र महिलाहरु तुलनात्मक रुपमै
असाध्यै उत्पीडित छन् । यद्यपी यो समस्या देशभरिकै चर्को
समस्या भएपनि यहा“को उत्पीडन अझ चरम रुपमा पाइन्छ । सन्तुलित
आहारा त परै जाओस् पेटभरी खाना नपाउ“दा पहाडी जनजीवन असाध्यै
कष्टकर हुनु स्वाभाविक हो । सायद त्यसैले होला हट्टाकट्टा
जीउडाल भएका रगतले भरिपूर्ण तरुण, तरुणीहरु विरलै भेटिन्छन्
। युवायुवतीहरु बुढाबुढीझैं चाउरी परेको अनुहार देखाउ“दै
हिडेको दृश्यले नै गरिवीको रेखामुनि रहेका बाजुरेली जनताहरुको
जीवनस्तरको यथार्थता झल्कने गर्दछ । यस्तो हुनुको मुख्य कारण
सामन्ती जातोमा पिल्सिएर बाजुरेली भुरेटाकुरे राजाहरुको
पिडिदर पीडिदेखि शोषण उत्पीडनमा पर्नु, केन्द्रीय
राज्यसत्ताबाट पनि उपेक्षित गरिनु नै हो । १८औं पुस्तासम्म
राज गरेका ठकुरीहरु भुरे टाकुरे विर्तावालका रुपमा बाजुरेली
जनताहरुको खुन पसिनाबाट मोटाएर सामन्ती भू स्वामित्व कायम गरी
गरिब किसानहरुको ढाड भा“च्नसम्म भा“चे । रजौटाहरुले घोडाझैं
का“ठी कसेर गरिब जनताहरुका पिठमा चढी सवार गरेको कुरा आजसम्म
पनि पीडाबोध छ जनताहरुलाई । अनेक कुकृत्य सहदै दासका रुपमा
बा“च्न बाध्य थिए बाजुरेली जनताहरु । इतिहास साक्ष्ँी छ २०२८
सालपछि मात्र टाकुरे राजाहरुबाट मुक्त भएपनि पंचायती
तानाशाहका फन्दामा परिरहे यहा“का जनताहरु । आजसम्म पनि
राज्यको तर्फबाट विकास निर्माण र जनताहरुको जीवनस्तर उकास्न
सरकारले कहिल्यै ध्यान दिएन । जिल्ला सदरमुकामसम्म मोटरबाटो
नगएको जिल्ला मध्य बाजुरा पनि एक हो । उपरोक्त कुराहरुबाट
मात्र पनि स्पष्ट हुन्छ कि बाजुरा जिल्ला कति उपेक्षित रहेछ
।
जनयुद्धकालमा सामन्ती जा “तोबाट
मुक्त हुन बाजुरेली जनताहरु जनयुद्धमा सामेल भए । अनेकौं
सौर्य, बलिदानहरुका किर्तिमान खडा गर्दै यहा“का उत्पीडित
जनताहरु प्रतिक्रियावादी सामन्ती वर्गलाई ध्वस्त पार्दै अगाडि
बढे । जनयुद्धका क्रममा पश्चिमी पहाडी जिल्लाहरुमा सबैभन्दा
बढी शहीद जन्माउने जिल्लामा बाजुरा जिल्ला नै पर्छ । ११४ जना
होनहार वीर योद्धाहरुले सचेत बलिदानी दिएका थिए । वीर विरंगना
बहादुर योद्धाहरुको भुमी बाजुरा पहिलो पटक यो पंक्तिकार पाइलो
टेक्न पाउदा छाती गर्वले फुल्यो, असाध्यै खुसीको अनुभूति भयो
। त्यही जिल्लामा अखिल नेपाल किसान संघ -क्रान्तिकारी)को
तेस्रो जिल्ला सम्मेलन यही २०६४ मंसिर १६ र १७ गते सम्पन्न
भएको छ । समुन्द्री सतहदेखि १२ सय मिटर उचाईमा अवस्थित कुल
देवमाण्डौं गाविस वार्ड नं. ८ मान्टामा सो सम्मेलन भएको थियो
। करिब २ हजार ५ सयजना जनसमुदायको उपस्थितिमा घोषणा गरी
सम्मेलन समापन गरिएको थियो । बन्द सत्रमा पनि प्रतिनिधि
पर्यवेक्ष्ँकहरुको उल्लेख्य सहभागिता रहेको थियो । बन्दसत्रमा
अनेकिसंघ -क्रान्तिकारी) सेमका संयोजक अगस्त अधिकारी, संघका
केन्द्रीय सदस्य टोपबहादुर खड्का, नेकपा माओवादी बाजुराका
इन्चार्ज क.मानव, जिल्ला सेक्रेटरी क.मिलन लगायतले गहन
प्रशिक्षण दिनुभएको थियो । प्रमुख अतिथिको भुमिका स्वयं यो
पंक्तिकारले नै निर्वाह गरेको थियो । परिवर्तन जिल्ला
कलाकारले बीच बीचमा सांगीतिक प्रस्तुतिद्वारा थप रोचकता र गति
प्रदान गरेको थियो । उक्त जिल्ला सम्मेलनले महत्वपूर्ण नीति
तथा कार्यक्रम पास गर्दै एउटा जुझारु जिल्ला समिति पनि
निर्माण गर्यो । देवीचन्द्र बुढाको अध्यक्षतामा १७ सदस्यीय
जिल्ला समिति निर्वाचित भयो । अनौठो कुरा एउटा के देखियो भने
यस्ता विकट वस्ती उत्पीडित क्षेत्र हु“दाहुदै पनि
कुलदेवमाण्डौं गाविसमा मात्र ७० भन्दा बढी ड्रि्री हा“सिल
गरेका प्रबुद्ध नागरिकहरु रहेछन् । हुन त भानुदय उच्च मावि र
मालिका क्याम्पस पनि यसै गाविसमा रहेका छन् । टाकुरे राजाको
दरबार -कोट) पनि यहि पर्दोरहेछ । यद्यपी अहिले त्यो
जनयुद्धकालमा ध्वस्त भइसकेको छ । २०३४ सालभन्दा पहिले
जिल्लाको सदरमुकाम त्यही रहेछ । त्यसपछि मात्र जिल्ला
सदरमुकाम मार्तडीमा सारिएको रहेछ । जो लगभग जिल्लाको बीच
भागमा पर्दोरहेछ । २७ गाविसले बनेको बाजुरामा लेक पल्लोपट्ट
िकोल्टी वेल्टमा ११ र वल्लोपट्टी १६ गाविस रहेका छन् ।
मालिकाको लेकबाट झर्ने बुढीगंगा नै यहा“को मुख्य नदी रहेको छ
। जडिबुटी प्रशस्त भएपनि सही सदुपयोग हुन नसकेको यहा“को
स्थिति छ ।
बाजुरा जिल्लामा उपेक्षित र सदियौं वर्षदेखि उत्पीडनमा परेका
राजारजौटा, मुखिया, जिमुवाल आदिको चर्को शोषणले वाक्क दिक्क
भएका किसान जनसमुदायको महान विचार र आत्मविश्वास भने मुक्तिको
निम्ति दृढ वैचारिक अडान देखिन्छ । सरल र सोझा तर अन्यायका
विरुद्ध जुझारु मानसिकता त्यहाका जनतामा पाइयो । यहा “
उत्सुकताले भरिपूर्ण विचारहरु पोखिने गरे । क्रान्ति र
परिवर्तनप्रति अटल विश्वास भाव झल्किने गरेको पाइयो यहा“का
जनताहरुमा । निश्चय पनि उदाउ“दो र भरपर्दो जनभावनालाई कदर
गर्दै दृढ प्रतिवद्धता सहित नेतृत्व प्रदान गरेमा जनलहर
चुलिने संभावना देखिन्छ । बाजुराका उत्पीडित जनताहरुको मुक्ति
आन्दोलनको नेतृत्व उत्पीडित वर्गले गर्नु नै आवश्यक र
अपरिहार्य कुरा हो । |
|
|