|
|
|
लेखहरु
सहमति कार्यान्वयन मात्र एक विकल्प
- नरबहादुर अधिकारी
लामो समयको राजनैतिक खिचातानीपछि २०६४ चैत्र मसान्तभित्र
संविधानसभाको निर्वाचन सम्पन्न गर्न सात राजनैतिक दलहरुबीच
२३ बु“दे सहमति भएको छ । सो सहमतिले संविधानसभाको निर्वाचन
हुनेमा सापेक्षित रुपमा विश्वासयोग्य वातावरण निर्माण गर्ने
सम्भावना आंशिक रुपमा पलाएको छ । जेष्ठ, असार र मंसिरमा हुने
भनिएको निर्वाचन हुन नसक्नुमा प्रतिगामी वर्गको विभिन्न
चलखेल र मुलधारका राजनैतिक पार्टीहरु बीचको आपसी विश्वासको
संकटले नै मुख्य व्यवधान खडा गरेको जगजाहेर नै छ । अहिले
सम्मको स्थितिमा आउ“दा संविधानसभाको निर्वाचनलाई फगत
निर्वाचनका रुपमा लिने कि र्सार्थक परिणाम प्राप्त गर्ने
साधनका रुपमा लिने भन्ने विषयमा रहेको द्वन्द्व समाप्त भएको
छैन ।
संविधानमा संघात्मक गणराज्य नेपालको घोषणा, समानुपातिक सिटको
वृद्धि, दुइसेनाको समायोजन, शहीद परिवारलाई राहत, वेपत्ता
नागरिकहरुको खोजी लगायतका बृहत शान्ति सम्झौतामा उल्लेख भएका
विषयहरुमा आयोग बनाई तत्काल कार्यन्वयन गर्ने आठदलबीच सहमति
भएको छ । यो सहमतिले सामन्ती राजतन्त्रलाई इतिहासमा पहिलो
पटक संवैधानिक रुपमा परास्त पारेको छ । संविधानसभाको
निर्वाचनपछि बन्ने संविधान गणतन्त्रात्मक हुनैपर्ने बाध्यकारी
स्थितिको जग निर्माणले भविष्यमा राजतन्त्रले कुनै हरकत गरेमा
त्यो असंवैधानिक र राज्यद्रोह ठहर्ने र राज्यले त्यसै अनुसार
सख्त कार्वाही गर्न सक्ने पूर्वाधार खडा गर्नुले संविधानसभा
निर्वाचनको र्सार्थकताको जग निर्माण गरेको छ । संघात्मक
राज्यव्यवस्थाको निर्धारणले जाती, जनजाती, मधेशी, महिला,
दलित आदि उत्पीडित समुदाय एवं वर्गले भोलीको आफ्नो संगठित
उज्वल भविष्यको आधार प्राप्त गरेका छन् । सेना समायोजन
लगायतका अन्य सहमतिले दशवर्षो सशस्त्र द्वन्द्वको स्थायी
निकासको पूर्वाधार निर्धारण गरेको छ ।
२३ बु “दे
सहमतिका यी मुख्य विषयहरु बाहेक अन्य विषयहरु समेत स्रि्र
कार्यान्वयन हुनु आवश्यक छ । अन्तरिम सरकारको निर्माणपछि एउटा
अत्यन्त घातक प्रवृत्तिको विकास भएको छ । सम्झौता गर्ने,
कार्यान्वयन नगर्ने । सत्ता सञ्चालनको नेतृत्व गर्ने नेपाली
का“ग्रेस र त्यो पार्टीका नेता प्रम गिरिजाप्रसाद कोइराला यो
घातक प्रवृतिका संवाहक बनेका छन् । कुनै जमानामा बोलेका कुरा
पुर्याउने विशेषण प्राप्त गरेका कोइराला अहिले जे बोल्छन्
त्यो गर्दैनन् र जे गर्छन् त्यो बोल्दैनन्' का रुपमा
परिवर्तन भएका छन् । सहमति कार्यन्वयनको पक्ष अन्य पार्टीहरु
र खासगरी नेकपा माओवादी का विषयमा पनि औला नउठेका होइनन् ।
माओवादी सन्दर्भमा मुल प्रवृत्तिका रुपमा नभएर तल्लो स्तरमा
कार्यशैलीगत र युद्धकालीन प्रवृत्तिका अवशेषका रुपमा रहेका
व्यवहारिक समस्याहरु हुन् । ती समस्याहरु समय क्रममा निराकरण
हुदै जानेछन् । नेपाली का“ग्रेसको समस्या भनेको अग्रगमनलाई
पूर्ण आत्मसाथ गर्न नसक्नु हो । आम जनता र एकस्तरका आफ्नै
कार्यकर्ताहरुको व्यापक दबाबका बावजुद नेपाली का“ग्रेस अझैं
पनि राज्यको पुनर्ःसंरचना र अग्रगमनलाई आत्मसाथ गर्न सकिरहेको
छैन । शाही शासन कालमा अकूत सम्पत्ती संञ्चय गरी नव धनाढ्य
वर्गको रुपमा पतन भएका त्यस पार्टीका कतिपय नेताहरु अहिले पनि
ज्ञानेन्द्रको पुनरागमनको सपना देखाउने खुमबहादुर-गोविन्दराज
मण्डलीका कारणले पनि गिरिजाप्रसाद कोइरालाका कदममा
हिच्किचाहट पैदा गरेको हुनसक्छ ।
एक पछि अर्को सम्झौता गर्दै जाने कार्यन्वयनमा केही पनि
नगर्ने बृहत शान्ति सम्झौता पछिका घटनाहरुले संविधानसभा
निर्वाचनको वातावरण विथोल्ने काम मात्र गरेका छन् । मधेशी,
आदिवासी, जनजाती, चुरेभावर एकता समाज, दलिन महिला आदीस “ग
भएका सम्झौताका एउटा बु“दा पनि कार्यन्वयन नहुनुले उक्त
कुरालाई प्रमाणित गर्दछ । विभिन्न जनवर्गका जायज मागहरुलाई
सम्बोधन गर्नुपर्दछ । तत्काल पुरा गर्न नसकिने भए उनीहरुलाई
क्रमशः पूरा गर्दै जाने विषयमा विश्वास दिलाउन सक्नु पर्दछ ।
त्यो नगरेर टालटुले नीतिले 'दिन काट्ने काल पर्खने' रवैया
अपनाउ“दा नै पूर्वी तर्राईको समस्या विकराल बन्दै गएको छ ।
अहिले पनि स्वशासन सहितको संघात्मक राज्यव्यवस्थाको
ग्यारेन्टी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा सहमति हुन
सकेको भए मधेशको समस्या पूर्ण रुपमा हल भइसकेको हुन्थ्यो ।
का“ग्रेसको हठकै कारणले उक्त कुरा हुन सकेन । त्यो स्वीकार
नगर्नुको उचित जवाफ का“ग्रेसले दिन पनि सकेको छैन । अहिले
सम्भव नभएपनि संविधानसभा निर्वाचनबाट यी मागहरुलाई पूरा
गराउने विश्वास सातैदलले मधेशी जनतालाई दिनु पर्दछ र
संविधानसभा निर्वाचनको वातावरण निर्माण गर्नुपर्दछ ।
संविधानसभा निर्वाचन हुन्छ कि हुदैन - त्यसको जवाफ सहमति
कार्यान्वयन हुन्छ कि हुदैन भन्नेस “ग
जोडिएको छ । त्यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने
का“ग्रेसको का“धमा छ । विगतमा जस्तै सहमति कार्यान्वयन नगर्ने,
मनोमानीपूर्ण तरिकाले सरकार सञ्चालन गर्ने हठ का“ग्रेसले
गरेमा देश गम्भीर संकटमा फस्ने छ । त्यसको जिम्मेवारी नेपाली
का“ग्रेस र त्यसका नेता गिरिजाप्रसाद कोइरालाले 'खड्का-जोशी
मण्डली' भन्दा माथि उठेर मुखमा गणतन्त्र र मष्तिस्कमा
राजतन्त्रको दुविधा त्याग्न जरुरी छ । |
|
|