|
जनसञ्चार
सूचना र सञ्चारको विकासक्रम
- नरेन्द्र के.सी.
सूचना जानकारी हो, त्यो जानकारी संप्रेषण गर्ने प्रक्रिया र
माध्यम सञ्चार हो । जसबाट सूचना प्रवाह गरिन्छ त्यो माध्यम र
प्रक्रिया नै सञ्चार हो । मानिस अरुको बारेमा जान्न स“धै
उत्सुक हुन्छ, त्यत्तिकै आफ्नो कुरा अरुलाई सुनाउन पनि
उत्सुक हुन्छ । मानव समुदाय अहिले जुन अवस्थामा आइपुगेको छ,
यो भन्दा हजारौं वर्षअघि पनि मानिसको रुचि र जिज्ञासा कम
थिएन । त्यसैले उतिखेर मानिसले आफ्नो उत्सुकता र अभिव्यक्ति
इशारा, संकेत, हाउभाउ आदिबाट प्रकट गथ्र्यो भने आज सभ्यताको
विकासस“गै त्यो उत्सुकता र अभिव्यक्ति प्रकट गर्ने माध्यम
लिपी, भाषा, धून, चित्र आदि बनेका छन् ।
सञ्चार (communication)
शव्द ल्याटिन भाषाको common शव्दबाट पादुर्भाव भएको पाइन्छ ।
common को अर्थ एकबाट अरुलाई दिनु, फैलाउनु, विस्तार गर्नु
भन्ने हुन्छ । सामान्यतया जानकारी लिने र दिने प्रक्रियालाई
नै सञ्चार भनिन्छ । शव्दका हिसाबले सञ्चार भन्नेवित्तिकै केही
सन्देश लिनु वा दिनु भन्ने बुझिन्छ भने यसको अर्थ र विकास
समाज विकासक्रम र वर्गसंघर्षस“गै जोडिएको छ । सूचना र
सञ्चारलाई समाज विकाससक्रमस“ग जोडेर हेर्यौं भने सूचना
भन्नाले वर्गसंघर्ष र प्रकृतिस“गका संघर्षका बेला उत्पन्न
हुने जानकारी हुन् भनेर पनि भन्न सक्छौं । यसरी हेर्दा
सूचनाहरु समाजसापेक्ष हुन्छन् । सबै सूचनाहरु समाजबाट लिएका
र समाजलाई दिने जानकारी हुन् ।
जसरी सूचना समाजसापेक्ष हुन्छ, त्यसैगरी सूचना प्रवाह गर्ने
माध्यम सञ्चारको विकास पनि समाज विकासस “गै
जोडिएको छ । मानव समाजको इतिहास हेर्दा हामीले थाहा पाउ“छौं
कि जतिबेला मानवजातिको उत्पति भयो, शुरुमा उसले प्रकृतिस“ग
संघर्ष गर्नुपर्यो । जुन युगमा मानिसले प्रकृतिस“ग संघर्ष
गरिरहेको थियो, त्यतिबेला उसलाई सूचनाको आवश्यता थिएन र भए
पनि अत्यन्तै सीमित घेरामा थियो । जब प्रकृतिस“गको संघर्षमा
मानवजाति विजय भयो र मानव-मानव र्-वर्गर्-वर्ग) बीचको संघर्ष
शुरु भयो त्यसपछि मात्रै मानिसलाई प्रशस्त मात्रामा सूचना र
सञ्चारको आवश्यकता परेको हामीले इतिहास हेर्दा थाहा पाउ“छौं
। यसबाट थाहा हुन्छ कि सूचना र सञ्चारको परिभाषा मानव समाजको
विकासक्रमभन्दा बाहिरबाट खोज्न सकिदैन ।
मानव समाजको इतिहास हेर्यौं भने थाहा हुन्छ, जतिबेला आदिम
साम्यवादी युग थियो, त्यतिबेला सूचना र सञ्चारको आवश्यता निकै
कम भएको पाइन्छ । जब वर्गसंघर्षको इतिहास शुरु हुन्छ, त्यसपछि
मात्र सूचना र सञ्चारको आवश्यकता विस्तारै बढ्दै गएको पाइन्छ
। ५ हजार वर्षयताको वर्गसंघर्षको इतिहास हेर्यौं भने पनि
थाहा हुन्छ कि जतिबेला समाज दास युग र सामन्ती युगमा थियो,
त्यतिबेला एउटा वर्गले दास र नोकरहरुलाई सूचना पाउनबाट पूरै
अलग गराएको थियो । त्यतिबेला ती दास-दास र नोकर-नोकरहरुबीच
सूचना आदान-प्रदान भयो भने मालिक वा सामन्त वर्गकाविरुद्ध
संघर्ष हुन्छ भनेर पनि सूचना र सञ्चारको विकास हुन दिइएको
थिएन ।
जब पू “जीवादी
युगको शुरुवात भयो, त्यसपछि सबैभन्दा बढी विकास सूचना र
सञ्चार क्षेत्रमा नै भयो । पू“जीवादी युगको शुरुवातपछि
विशेषतः दर्ुइ कारणले सूचना र सञ्चारमा विकास थालियो । एउटा
कारण विभिन्न देश-देशबीच र देशभित्रैका विभिन्न शक्तिबीचको
युद्धलाई व्यवस्थित गर्न सञ्चारको आवश्यकता महसुस गरियो र
अर्को कारण बस्तुको उत्पादन, विक्री र पुनः लगानी जति छिटो
गर्न सकियो, त्यति नै मुनाफा हुने भएकाले नया“ नया“
उत्पादनलाई बजारमा पुगेको सूचना (विज्ञापन) दिनका लागि
सञ्चारको तीब्र विकास गरियो ।
एक्काइसौं शताव्दीको यो दशकसम्म आइपुग्दा त झन् विश्वलाई
आंगनमा बदल्ने गरी सञ्चारलाई विकास गरिएको छ । नेपाल वा
विश्वका सबै मुलुकहरुमा सञ्चारको जसरी विकास भएको पाइन्छ, यो
विकासलाई समाज विकासक्रमभन्दा बाहिरबाट हेर्न सकिन्न । तर्सथ
यसको उपयोग पनि समाज परिवर्तनका लागि नै हुनुपर्छ । क्रमश...
-नोटः सूचना र सञ्चार मानिसका लागि
गास, वास र कपासपछिको आवश्यकताको रुपमा खड्किन थालेको छ ।
सूचनालाई जनसमक्ष पुर्याउने आम सञ्चारको भरपर्दो माध्यम
पत्रकारिताको आयाम निकै फराकिलो हु“दैछ । पत्रपत्रिका र
रेडियो स्टेशनहरु धमाधम खुल्दैछन् तर त्यसको सापेक्षतामा
सञ्चारसम्बन्धी सैद्धान्तिक अध्ययनका कमी भएको महसुस भइरहेको
छ । जनसञ्चारको च्यानल गाउ“गाउ“सम्म पुर्याउन र गाउ“मा रहेर
सञ्चारप्रति चासो राखेर पनि सैद्धान्तिक अध्ययनको अवसर नपाएका
समस्त सञ्चार क्षेत्रका शुभचिन्तक र यस क्षेत्रमा लाग्न चाहने
वा लागेकाहरुलाई केही सहयोग पुगोस् भने यस अंकदेखि हामीले 'जनसञ्चार'
स्तम्भमार्फत नियमितरुपमा सञ्चार र पत्रकारितासम्बन्धी
सामग्री राख्न शुरु गरेका छौं । सञ्चार र पत्रकारितासम्बन्धी
यहा“हरुका अन्य केही जिज्ञासा छन् भने पनि हामीकहा“ सोधि
पठाउनुभयो भने हामी जवाफ दिने प्रयास गर्नेछौं ।- सम्पादक) |