|
मुख्य समाचार
नेपाल गणतान्त्रिक मुलुक घोषित
- हिरामणि दुःखी
काठमाण्डौं/अन्तरिम संविधानको तेस्रो पटकको संशोधन भई १३ गते
संसदबाट पारित भएपछि अब नेपाल राजतन्त्रात्मक मुलुकबाट संघीय
गणतन्त्रमा प्रवेश गरेको छ । अन्तरिम विधायिकामा ७ दलको
समहतिमा पेश गरिएको २३ बुँदे नयाँ राजनैतिक सहमति अत्याधिक
बहुमतले पारित भएपछि नेपाल लोकतान्त्रिक गणतन्त्रमा संविधानतः
प्रवेश गरेको हो ।
सामन्तवादी राजतन्त्र र राजसंस्थाका विरुद्धमा नेपालमा
गणतन्त्र स्थापनार्थ धेरै पटक लडे पनि दश वर्षो जनयुद्ध र
जनआन्दोलनको जनादेशबाट मात्र देशमा राजतन्त्रको अन्त्य भई
गणतन्त्रको स्थापना सम्भव भएको हो । शान्ति, लोकतन्त्र र
अग्रगमनको नारासहित संविधान सभाको निर्वाचनमार्फत् गणतन्त्र
संस्थागत गर्ने उद्देश्यका साथ नेकपा माओवादी शान्तिपूर्ण
निकासको प्रक्रियामार्फत् अघि बढिसकेपछि नेपालको इतिहासमै यो
ऐतिहासिक उपब्धि प्राप्त भएको हो ।
देशभरि फैलाएको मुक्ति आन्दोलनले शान्तिपूर्ण स्वरुप ग्रहण
गरेपछि त्यो आन्दोलन व्यवस्थापिका र राजसंस्थाको बीचमा
आम्नेसाम्ने टकरावमा परिणत भएको थियो । यो टकरावले स्वतः
विधायिकालाई निल्ने प्रश्नलाई जन्माएको थियो ।
झलक्क हेर्दा यो प्रश्नको स्वरुप वैधानिक र कानुनी जस्तो
देखिए पनि अर्न्तर्यमा त्यसो चाहीं अवस्य हुन सक्दैनथ्यो ।
यसको हल राजनैतिक संश्लेषण या त बहिष्कृत राजाको पुनः
वर्चस्व स्वीकार गर्ने या त सार्वभौम विधायिकाको वर्चस्वलाई
स्थापना गर्नेमा नै थियो ।
दुइ दुइ पटक संविधानसभाको निर्वाचन तुहिए पनि तेस्रो पटक
संविधान संशोधन गरेर राजतन्त्र कानुनी रुपमा अन्त्य भएको
घोषणा गरी संघीय लोकतान्त्रिक गणतन्त्र विधायिकाबाटै घोषणा
गरिनु आफैमा ऐतिहासिक कार्य हो । तेस्रो पटक संशोधित विधेयक
पारित गरी अनतरिम संविधानको धारा १५९ को उपधारा १ मा'
वाक्यांश थपिएको छ । साथै राजसंस्थाको अन्त्यको घोषणा भने
संविधानसभाको पहिलो बैठकबाट गर्ने व्यव्स्था गरिएको छ । देशको
राष्ट्र प्रमुखको सम्पूर्ण कामकार्य प्रधानमन्त्रीले गर्ने
प्रावधान राखिएको छ । विधायिकामा सभामुखको सिफारिसमा महासचिव
र सचिवको नियुक्ति गर्ने नया“ व्यवस्था गरिएको छ । साथै
संविधानसभा सदस्यको संख्या ६ सय १ तोकिएको छ, जसमा २४०
प्रत्यक्ष निर्वाचन मार्फत र ३३५ समानुपातिक निर्वाचन
प्रणालीबाट तथा २६ जना प्रधानमन्त्रीले मनोनित गर्ने व्यवस्था
गरिएको छ ।
अन्तरिम संविधानको तेस्रो संशोधनपछि पनि विधायिकाको विशेष
अधिवेशनले गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचन प्रणाली
घोषणा र लागू गर्न सरकारले नसक्नु, संविधानसभा तोकिएको मितिमा
हुन्छ भनि ग्यारेन्टी नहुनु चिन्ताको विषय रहेको भनि सर्वत्र
प्रश्न उठिरहेको छ ।
अन्य समाचारहरु
आज माओवादी
मन्त्रीहरुले सपथ लिने, चार पुराना र तीन नया मन्त्री,
नेतृत्व महराले नै गर्ने
काठमाडौं/ साढे तीन महिना सरकारबाट बाहिरिएका माओवादी
मन्त्रीहरु यसपटक नया“ सहमति सहित मन्त्रीमण्डलमा समावेश हुने
भएका छन् । चार जना पुरानै अनुहार र तीन जना नयाँ अनुहार
सहित माओवादी सरकारमा सामेल हुने भएको छ । यसपटक पनि
कृष्णबहादुर महराकै नेतृत्वमा माओवादीले मन्त्रीहरु सरकारमा
पठाउ“दैछ ।
उक्त मन्त्रिमण्डलमा सामेल मन्त्रीहरुको कार्यविभाजन पुरानै
हुनेछ भने महिला तथा समाज कल्याणमा भने खड्गबहादुर वि.क.को
सट्टा पम्फा भुसाल जानुहुने भएको छ । त्यसैगरी पहिलाकै सहमति
भए बमोजिमका अन्य दुइ जना राज्यमन्त्रीहरुमा कालिकोटका नवीन
विक -हितमान) महिला तथा समाजकल्याण राज्यमन्त्री र भोजपुरका
पदम र्राई भौतिक योजना तथा निर्माण राज्यमन्त्री बन्ने पक्का
भएको छ । यसरी अन्य देवप्रसाद गुरुङ, मातृका यादव र हिसिला
यमीले पुरानै मन्त्रालय सम्हाल्नुहुने भएको छ । सो
मन्त्रीमण्डलको नामावली माओवादीले प्रधानमन्त्री समक्ष
पठाइसकेको छ भने आज नै मन्त्रीहरुले सपथ खाने सम्भावना छ ।
यसैबीच पुनः सरकारमा सामेल हुनुको कारणबारे सोधिएको प्रश्नको
संक्षिप्त जवाफ दिंदै महराले भन्नु भयो- 'हामीले सरकार छोड्दा
उठाएका मुद्दा मध्ये देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र
घोषणा गरिएको कुरा संविधानमा लेखिएको छ भने शहीद परिवारलाई
क्षतिपुर्ति दिने, घाइते, वेपत्ता परिवारले उठाएका कुरा
समाधान गर्ने, जनसेनाको व्यवस्थापन गर्ने जस्ता कुरा माघ
मसान्तमा गरिसक्ने सहमति भएको छ, यो महत्वपूर्ण उवलब्धि हो
।'
अब सरकार कहिले बन्दछ त भन्ने प्रश्नको जवाफमा उहाँले आफ्नो
पार्टीले प्रधानमन्त्री समक्ष नाम पठाइसकेको तर प्रमले सपथ
गराउन किन ढिला गरेका छन् थाहा छैन भन्नुभयो । साथै पहिला
सरकार कांगे्रसले एकलौटी चलाएकोमा यसपटक त्यसो हुन नदिन
सरकार सञ्चालनको संयन्त्र बनेको र त्यो कांगे्रसले मात्र
एकलौटी चलाउन नपाउने पनि महराको तर्क थियो ।
शिक्षा ऐन
खारेजी गरिनुपर्ने- लोहनी, शिक्षक संगठनको अध्यक्षमा अधिकारी
दाङ/अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष गुणराज
लोहनीले नेपालको शिक्षा प्रणालीमा वैदेशिक हस्तक्ष्प र
सामन्ती संरचना भएको बताउ “दै
शिक्षा ऐनलाई खारेजी गरिनुपर्ने कुरा बताउनु भएको छ ।
शुक्रबार अखिल नेपाल शिक्षक संगठन दाङको प्रथम भेलाको
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लोहनीले सरकारले
विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने नाममा व्यापारीकरण
गर्न खोजेको बताउनु भएको छ । उहा “ले
सामन्ती चिन्तन बोकेको शिक्षा प्रणाली जनउपयोगी नहुने कुरा
पनि सो अवसरमा बताउनु भयो ।
कार्यक्रममा संगठनका केन्द्रीय महासचिव भेषराज भुसालले
सरकारले शैक्षिक समस्या समाधान गर्न सरकारले कुनै पहल
नगरेकोले आफुले आन्दोलन गर्ने चेतावनी दिनुभयो । कार्यक्रममा
अर्का अतिथि विधायक नारायणप्रसाद शर्माले वर्तमान शिक्षा
प्रणाली नक्कली र विदेशबाट आयातित भएको बताउनु भएको थियो ।
कार्यक्रममा थारुवान राज्यसमितिका सदस्य श्रवण, अनेकिसंघ (क्रान्तिकारी)का
केन्द्रीय उपाध्यक्ष कुबेर वली, जिल्ला शिक्षा अधिकारी
दिनेशकुमार श्रेष्ठलगायतले बोल्नुभएको थियो । शनिबारसम्म
चलेको भेलाको बन्दसत्रले बसन्त अधिकारीको अध्यक्षतामा ३ पछि
थप्ने गरी ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
समितिका पदाधिकारीमा उपाध्यक्ष तुलसी पोख्रेल र ज्योती चौधरी,
सचिव जर्मन चौधरी, सह-सचिव नारायणप्रसाद भण्डारी र
कोषाध्यक्षमा फर्सर्ााम खनाल रहनु भएको छ । भेलाले मालता
रावतको संयोजकत्वमा ९ सदस्यीय महिला शैक्षिक विभाग पनि चयन
गरेको छ भने रामप्रसाद जैसी, मस्तबहादुर श्रेष्ठ, मोहन वली,
राधा चौधरी र शोभाकर आचार्यलाई सल्लाहकार समितिमा राखेको छ ।
त्यसैगरी अखिल नेपाल शिक्षक संगठन रुकुमको छैठौं जिल्ला
सम्मेलनपछिको प्रथम जिल्ला भेला गत साता मुसिकोटमा सम्पन्न
भएको छ । भेलाले गणेश केसीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला
कार्यसमिति पुनर्गठन गरेको छ । समितिका पदाधिकारीहरुमा
उपाध्यक्ष श्रीकृष्ण गौतम, सचिव दर्ुगा गौतम, सह-सचिव शशिराम
दाहाल र कोषाध्यक्ष गणेश रिजाल रहनुभएको छ ।
संगठनका केन्द्रीय उपाध्यक्ष रत्नबहादुर वलीको प्रमुख
आतिथ्यमा सम्पन्न भेलाले ३ सदस्यीय महिला विभाग र ५ सदस्यीय
सल्लाहकार समितिको पनि चयन गरेको छ । महिला शिक्षा विभागमा
कल्पना शाह, चन्द्रा वली र निर्मला पुन रहनुभएको छ भने
सल्लाकार समितिमा बालकृष्ण केसी, तीथ बुढा, बलबहादुर शाही,
गोपाल केसी र पलबहादुर केसी रहनुभएको छ । भेलाले शिक्षकहरुका
माग पूरा गराउन सरकारलाई दबाब दिनको लागि एकिकृत रुपमा
आन्दोलनमा अगाडि बढ्ने निर्णय पनि गरेको छ ।
निर्वाचनमा
मधेशी समुदायको समान सहभागिता रहनुपर्ने- सिंह
हुमप्रसाद बस्याल,दाङ/मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालका
केन्द्रीय अध्यक्ष एवं विधायक कृष्णदेव सिंहले संविधानसभा
निर्वाचनमा मधेशी समुदायको समान सहभागिता हुनुपर्ने माग गर्दै
मधेशी समुदायलाई बाइपास गरेर अगाडि बढ्न खोजे कडा संघर्षमा
उत्रने चेतावनी दिनुभएको छ । मधेशी राष्ट्रिय मुक्ति मोर्चा
नेपाल जिल्ला समिति दाङले शनिवार घोराहीमा आयोजना गरेको 'आउ “दो
संविधानसभाको निर्वाचनमा मधेशीहरुको सहभागिता' विषयक
अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै विधायक सिंहले उक्त
कुरा बताउनुभएको हो ।
तर्राईमा मधेशीको नाममा विखण्डनकारी प्रवृत्ति हावी भएको
बताउ “दै
विधायक सिंहले वर्गीय मुक्तिबिना जातीय मुक्ति असम्भव हुने
धारणा व्यtm गर्नु भएको छ । महन्त ठाकुरको अध्यक्षतामा गठित
नया“ क्षेत्रीय पार्टी मधेशीहरुको बीचमा फुट ल्याउन गठन
गरिएको बताउ“दै उहा“ले जातीय मुक्ति र वर्गीय मुक्तिलाई
स“गस“गै लैजान सकेमात्र सही मानेमा मुक्ति मिल्ने धारणा
राख्नुभएको थियो । नेकपा माओवादीले सबै कुराको विश्लेषण गरेर
वर्गीय र जातीय आन्दोलनलाई फ्यूजन गरी अगाडि बढेको चर्चा
गर्दै विधायक सिंहले दुबैमध्ये एकलाई छाडेमा मुक्ति पाउन
नसक्ने ठोकुवा गर्नुभयो ।
यसैगरीै अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रीय
उपाध्यक्ष कुवेर ओलीले नेकपा माओवादीले जनयुद्ध शुरु गरेपछि
मात्र मधेशी समुदायका समस्याहरु उजागर भएको बताउ “दै
संविधानसभामा आफ्नो पार्टीले मधेशीहरुलाई समान सहभागिता
गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मोर्चाका मिश्रीलाल गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा
थारु मुक्ति मोर्चा दाङका संयोजक रामबहादुर दहित, एमालेका
राजाराम रैदास, कशौधन समाज दाङका अध्यक्ष रामदयाल गुप्ता,
राप्ती सेवा संघका रामदेव वर्मा, रामगोपाल यादव, लक्ष्मी थारु,
विन्तिराम यादव, शालिकराम यादव, राजकुमार यादव र अमर यादवले
संविधानसभामा मधेशी समुदायको समान सहभागितामा जोडदिनुभएको
थियो । मोर्चाका अर्जुन सिंहको स्वागत मन्तव्यबाट शुरु भएको
कार्यक्रमको सञ्चालन विष्णुप्रसाद यादवले गर्नुभएको थियो ।
शहीद परिवार
समाजको भेला
तुलसीपुर/जनक्रान्तिका महान शहीद परिवार समाज नेपाल, दाङको
प्रथम भेला शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ ।
समाजका केन्द्रीय सदस्य दिपेन्द्र चुकाह थारुको प्रमुख
आतिथ्य तथा जिल्ला संयोजक विप्लवको अध्यक्षतामा सम्पन्न
भेलाले जयबहादुर बुढाको संयोजकत्वमा ३ पछि थप्ने गरी १९
सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिका सचिवमा रैबहादुर
बस्नेत र सदस्यहरुमा जगवीर चौधरी, रामप्रसाद चौधरी, पुष्पा
चौधरी, मनकुमारी पुन, हिरा भट्टर्राई, वीरबहादुर महरा,
नारायण पण्डित, शिव घिमिरे, लक्ष्मण केसी, गीता विक, राधा
शर्मा गौतम, टीकाराम चौधरी, बलबहादुर वली र सन्तोष पोखरेल
रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा
थारुवान राज्यसमितिका सह-संयोजक दिपेन्द्र चुकाह थारुले
सरकारले शहीद परिवारका मागहरुप्रति ध्यान नदिएको बताउ “दै
तत्काल समस्याहरुको सम्बोधन नगरिए आन्दोलनमा उत्रने चेतावनी
दिनुभयो । विशिष्ट अतिथि नेकपा माओवादी दाङका इन्चार्ज
डायमण्डले सर्वहारा वर्गले सत्ता कब्जा नगर्दासम्म शहीदका
सपनाहरु साकार नहुने बताउनु भयो । उहा“ले पार्टीको पहलमा
शहीद प्रतिष्ठान हितकोष खडा गरिएको पनि बताउनुभयो । पुष्पा
चौधरीको सञ्चालनमा सम्पन्न कार्यक्रमको बीच बीचमा रक्तबीज
सा“स्कृतिक परिवारले क्रान्तिकारी गीत नृत्य प्रस्तुत गरेको
थियो ।
'डिपोप्रोभेरा' महिलाहरुका लागि खतरा
दाङ/महिला स्वास्थ्यमा क्रियासिल रहेको संस्था महिला पुनः
स्थापना केन्द्र -ओरेक)ले दाङका महिलाको स्वास्थ्य
स्थित्रि्रति चिन्ता व्यक्त गदै यहा “का
६० प्रतिशत बढी महिलाहरुमा यौनरोग रहेको आशंका गरेको छ । 'डिपोप्रोभेरा
र्सुइ' प्रयोग गरेका अधिकांश महिलाहरुमा यस्तो रोग देखापरेको
ओरेककी अध्यक्ष डा.रेणु राजभण्डारीले बताउनु भएको छ ।
महिला स्वास्थ्य कार्यक्रम अर्न्तगत दाङका हेकुली, श्रीगाउ “,
मानपुर, टरिगाउ“ र उरहरी गा.वि.स.मा शिविर सञ्चालन गरेर १५
सय महिलाको स्वास्थ्य जा“च गरी फर्केको ओरेकको टोलीले
शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गरी ती मध्ये १२ सय
महिलाहरुलाई यौन रोग जस्तो रोग फेला परेको बताएको थियो । 'ल्याब
टेष्ट नगरेकाले सिधै यौनरोग भन्न मिल्दैन, ल्याब टेष्ट गर्ने
हो भने त्यो यौन रोग नै भएको प्रमाणित हुन्छ ।' संस्थाकी
अध्यक्ष डा.रेणु राजभण्डारीले बताउनु भयो । महिलाहरुलाई ढाड
दुख्ने, तल्लोपेट सुनिने, दुख्ने, चिलाउने र सेतो पानी बग्ने
जस्तो प्रकृयाबाटै यस्तो यौनजन्य रोग देखापरेको डा. भण्डारीले
बताउनु भयो । स्वास्थ्य जा“च नगरी जथाभावी डिपो प्रयोग गर्ने
र त्यसपछि महिलाहरुलाई सुझाव र अनुगमन नगर्नाले यस्ता
समस्याहरु देखिने डा.रेणु बताउनु हुन्छ । स्त्री रोग
विशेषज्ञ डा.दर्ुगा खतिवडाले पनि डिपो दिएपछि महिलाहरुलाई
तालिम र सल्लाह नदिनाले खतरा बढेको बताउनु भयो ।
महिलाहरुमा देखिएको यसखाले यौन रोग निको पार्न लोग्ने
स्वास्नी दुवै जनाको स्वास्थ्य जा “च
गर्नुपर्ने आवश्यकता रहेको भन्दै डा.राजभण्डारीले प्रायः
पुरुषहरु कमाउन भारततिर जाने भएकाले सो कार्य अप्ठ्यारो भएको
बताउनु भयो । सामन्ती संस्कार भएका क्षेत्रहरुमा भित्रभित्रै
यस्ता रोगहरु देखिने गरेको भन्दै राजभण्डारीले महिला
स्वास्थ्यको उपचारको लागि पहल गर्न सञ्चारकर्मीहरुलाई समेत
आग्रह गर्नुभयो । महिलाहरुमा यस्तो रोग देखापर्नुमा
स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरु सुविधायुक्त नहुनुले
पनि हो भन्दै डा.रेणुले प्रत्येक १० जना महिलामा आठजना
अहिलेसम्म स्वास्थ्य संस्थामा जा“च गराउन नजाने गरेको आफुले
पाएको बताउनुभयो ।
समग्र स्वास्थ्य क्षेत्रमा लापरवाही भइरहेको भन्दै डा.रेणुले
सरकारले महिलासम्बन्धी प्रजनन स्वास्थ्य मात्र होइन महिलाका
लागि विशेष स्वास्थ्य नीति बनाउनु पर्ने बताउनुभयो । यसको
लागि स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यको हुनुपर्छ भन्दै
नीति निर्माणकर्ताहरुलाई सञ्चार क्षेत्रले पनि दबाब दिनुपर्ने
बताउनु भयो । सुनसरी, मोरङ, उदयपुर, धनुषा, सिराहा र दाङका
विभिन्न गाविसमा महिला स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको
उक्त संस्थाले अन्यत्र भन्दा दाङका महिलाहरुमा धेरै यौन रोगको
सम्भावना देखिएको बताएको छ ।
पाकिस्तानी
पूर्व प्रधानमन्त्री भुट्टोको हत्या
काठमाण्डौं/पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको
बिहीबार आत्मघाती बम विष्फोटनमा परी मृत्यु भएको छ ।
पाकिस्तानको रावलपिण्डीमा आयोजित चुनावी सभालाई सम्बोधन गरी
फर्किदै गर्दा उनीमाथि एकै पटक गोली प्रहार गरी बम विष्फोट
गराइएको थियो । उक्त घटनामा परि दुइ दर्जनभन्दा बढी
व्यक्तिहरुको मृत्यु भएको छ ।
घटनापछि पाकिस्तानको इस्लामावाद र कराची तनावग्रस्त हुन
पुगेको छ । त्यहा “का
जनताहरुले सडकमा राष्ट्रपति मुसरर्फका विरुद्ध चर्को
नाराबाजीसहित आक्रोश व्यक्त गरिरहेका छन् । १९५३ मा
पाकिस्तानको सिन्ध प्रान्तमा जन्मिएकी भुट्टो १९८८ र १९९३ मा
गरी २ पटक प्रधानमन्त्री भैसकेकी थिइन् । ८ वर्ष निर्वासन
जीवन बिताएर दर्ुइ महिना अघिमात्रै पाकिस्तान फर्किएकी
भुट्टोको कमजोर सरकारी सुरक्षाका कारण उक्त घटनामा मृत्यु
भएको बताइन्छ । उनको मृत शरिरलाई शुक्रबार अत्येष्टी गरिएको
थियो । उनको हत्याको विरुद्ध सडकमा भएको हजारौंको
प्रदर्शनमाथि पाकिस्तानी सरकारले गोली चलाउ“दा थप १
दर्जनभन्दा बढीको मृत्यु भैसकेको छ । भुट्टोको हत्यालाई
दुःखद् र कायरतापूर्ण भन्दै नेपालका सबै राजनीतिक दलहरुले
उक्त घटनाको घोर भत्र्सना गरेका छन् । त्यसैगरी उनको हत्या
विरुद्ध विभिन्न विद्यार्थी संगठनहरुले शुक्रबार काठमाण्डौंमा
विरोध प्रदर्शन समेत गरेका थिए । त्यसैगरी दाङको तुलसीपुरमा
पनि विद्यार्थीहरुले हत्याको घोर भत्र्सना एवं विरोध
प्रदर्शन गरेका थिए भने राजनैतिक दल, विभिन्न संघ सस्थाहरुले
पनि वक्तव्यमार्फत् भर्त्सना गरेका छन् । पाकिस्तानमा १०
दिनपछि हुन लागेको आम निर्वाचन भुट्टोको हत्यापछि प्रभावित
हुने संभावना रहेको छ ।
निर्वाचनका
लागी सबै जुट्नुपर्ने
दाङ/तर्राईमा वैदेशिक चलखेल बढ्दै गएकोले चैत्रमा हुने
संविधान सभा निर्वाचनको वातावरण तयार गर्न सबै राजनैतिक दल र
नागरिक समाज एकजुट भएर लाग्नुपर्ने कुरामा एक कार्यक्रमका
वक्ताहरुले जोड दिएका छन् । नागरिक समाज दाङ र मानवअधिकार
संचार प्रतिष्ठान नेपालद्वारा शनिबार घोराहीमा आयोजित 'बदलिदो
परिस्थितिमा संविधान सभाका चुनैातिहरु' बिषयक अन्तक्रिर्या
कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि विधायक नारायणप्रसाद शर्माले समाज
गतिशिल रहेकोले युगको गतिलाई कसैले रोक्न नसक्ने र गत्यावरोध
गर्न खोज्ने तत्वलाई नेपाली जनताले परास्त गर्ने धारणा
राख्नुभयो । कार्यक्रममा लोकराज पराजुली, गिरिराज शर्मा, जिवी
चिन्तन, सुशिला आचार्य, धर्मराज शर्मा, केशव शर्मालगायतले
निर्वाचनका चुनौतीहरु हल गर्नेबारे दलहरुले स्पष्ट
पार्नुपर्ने बताएका थिए । कार्यक्रममा नेकपा माओवादीका शितल,
नेपाली कांग्रेसका अनिता देवकोटा, राष्ट्रिय जनमोर्चाका
मनिराम खनाल, जनमोर्चाका बाबुलाल तामाङ, अखिल क्रान्तिकारीका
पिताम्बर आचार्य लगायतले दलहरुबीचको अविश्वास कम गर्न
सकारात्मक सोंचका साथ लाग्नुपर्ने बताएका थिए ।
पार्टी
परित्याग गरे आचार्यले
सल्यान/नेकपा एमालेका राप्ती अञ्चल समन्वय कमिटिका सदस्य
हरिशरण आचार्यले शुक्रबार सल्यानको खलंगामा एक पत्रकार
सम्मेलनको आयोजना गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन्
।
पत्रकार सम्मेलनमा पार्टीको द्वैत चरित्र र नेतृत्व
व्यावसायिक भएकोले पा |