|
कविता
त्यो मञ्जिल
चुम्नैपर्छ
- भीम 'कुमाखी'
ढिडो ओडाल्ने हातहरुले
चिराग सल्काएको दिन
सिस्नो टिप्ने डालोमा
बम बारुद भण्डारण गरेको दिन
लालुपाते फक्रने पखेरीमा
रगतका फाल्साहरु जमेको दिन
प्रिय सखा
†
यो सपथ हामीले शिरोपर गरेकै हौं
त्यो मञ्जिल चुम्नैपर्छ
बन्दुक र बन्दुकबीचको लर्डाईमा
सर्वहारा बन्दुकले मोर्चा जित्दै गर्दा
आवाज र बन्दुकको मेल भएको दिन
तानाशाहको विरुद्ध मेचीकाली नै भिड्न
सम्झौताको सिढी चढेको दिन
प्रिय सखा !
त्यस बखत हामीले संकल्प गरेकै हौं
त्यो मञ्जिल चुम्नैपर्छ
निरंकुशताको तख्ता पल्टाउन
सडकमा आगो दन्काएर
आजादीको संखनाद गरेको दिन
लाखौं मुठ्ठीहरुको एउटै प्रहारले
बादशाह घोडाबाट खसेको दिन
प्रिय सखा !
यो प्रतिबद्धतामा हामीले हस्ताक्ष्ँर
गरेकै हौं
त्यो मञ्जिल चुम्नैपर्छ ।
विडम्वना
!
मञ्जिल अझैं उ“ चो
नै रह्यो
उसको मस्तुलमा रातो झण्डा फहराएर
नया “
युगको उद्घोष गर्ने
भोका नाङ्गाहरुको मृगतृष्णा
केवल कल्पनामै सिमित रह्यो
हो सखा,
यो कुनै कर्मको फल होइन
यो कुनै भाग्यको खेल होइन
दशगजा पारीबाट
नेपाली आस्थाहरुमाथि हस्तक्ष्ँेपका
नंग्रा विझाएर
मरिनहरुले हाम्रो आजादी यात्रा रोक्न
का “डेतार
बेरिरहेछन्
सखा !
हामी हार्नुहुन्न यो बेला
हामी थाक्नु हुन्न यो बेला
अब अन्तिम शाहस गर्नैपर्छ
त्यो मञ्जिल चुम्नैपर्छ
आज सडकमा हल्ला छ
संसद्मा त्यहि खैलाबैला छ
आखिर किन खुलेको छैन मञ्जिल चुम्ने
यात्रा ?
हो, सखा
स्याल हु “इयाको
लहलहैमा
दौडिनेहरु छन् यहा “
अर्कैले चावी घुमाईदिए
बाटो लाग्नेहरु छन् यहा “
राष्ट्रियताको पक्ष्ँपोषकहरुलाई
जनताको पक्षमा वकालत गर्नेहरुलाई
षडयन्त्रको प्रपञ्च रच्दै
गोयवल्स प्रयोग गरिरहेछन् यहा “
सखा,
यो त पञ्चेहरुको खेल हो
प्रतिगमनका लठैतहरुको हत्कण्डा हो
अब, सर्वहाराको दुनिया “
बनाउन
अर्को क्रान्ति थाल्नैपर्छ
विद्रोहको रा “को
बाल्नैपर्छ
हो, सखा
हाम्रो प्रतिबद्धताको साक्ष्ँी
त्यो मञ्जिल चुम्नैपर्छ ।
|