|
रिपोर्ट
रामपुरको तरकारीले बजार नपाउदा
किसानहरु चिन्तित
- अजयदीप शर्मा/दाङ
घोराहीदेखि १० किमी पूर्व रामपुरमा पुग्ने हो भने आजभोली
त्यहा “का
किसानहरुका बारी तरकारीको हरियालीले भरिएको देख्न सकिन्छ ।
केही वर्षदेखि तरकारी उत्पादन गरेर आत्मनिर्भर बन्दै आएका
त्यहा“का किसानहरु यसपटक भने उत्पादित वस्तुले बजार नपाउदा
चिन्तित बनेका छन् ।
सातवर्ष अघिदेखि तरकारी खेतीलाई पेशाको रुपमा अंगाल्दै आएका
रामपुर-५ बुकाका ३५ वर्षीय केशवराज पोख्रेल अघिल्लो वर्ष ५०
हजारको आम्दानी गरेको भएपनि यसवर्ष बारीमै तरकारी सडेर
भैसीलाई खुवाउने हुन थालेको बताउ “छन्
। 'चार रुपैया“ किलो बन्दा दिन्छौं भन्दा पनि कसैले लिन
मान्दैनन् ।' पोख्रेलले गुनासो गर्दै भने यस्तो स्थितिबाट
हामी कसरी पार लाग्न सक्छौं -' दुइवर्ष देखि जमिन ठेक्कामा
लिएर बुकामै तरकारी खेती गर्दै आइरहेका प्यूठान कोचिवाङका
पूर्णबहादुर पुनले त्यही खेतीबाट १३ जनाको परिवार पाल्दै आएको
भए पनि यसवर्ष जग्गाको भाडा तिर्नेसम्मको आम्दानी हुन नसकेको
बताउ“छन् । 'फलाउन त ४ किलोसम्मको बन्दा फलाइएको छ तर के
गर्ने बजार नै छैन, बारीमै सडिरहेको छ ।'- उनले भने ।
गाउ “मा
उत्पादित तरकारीको बजार घोराहीमात्रै भएकाले पनि चाहेजति खपत
हुन नसक्दा किसानको तरकारी बारीमै सड्ने गरेको छ । नजिकै
बजार नभएकाले रामपुरका किसानहरु ६ रुपैया“ किलो बन्दा विक्री
गर्न बुटवलसम्म जाने गरेका छन् । बन्दाले बजार नपाएपनि अरु
तरकारी विक्रीबाट त्यसको घाटा पर्ूर्ति हुने कुराले भने केशव
सन्तुष्ट नै देखिन्छन् । रामपुरबाट मात्रै दैनिक ३/४
क्वीन्टल फुलगोभी र टमाटर घोराही जाने गरेको उनी बताउ“छन् ।
बुकामा मात्रै करिब ५० जना किसानले २६ विघा जमिनमा मौसमी तथा
बेमौसमी तरकारी खेती गर्दै आइरहेको उनी बताउ“छन् । कृषि
विकास कार्यालयको प्राविधिक सहयोग रहेको सो क्षेत्रलाई गोभी,
टमाटर र आलुको पकेट क्षेत्र भनेर कृषि विकास कार्यालयले नै
छुट्याएको त्यहा“का किसानहरु बताउ“छन् । चरिङे कृषक समुह र
बबई कृषक समुह गरी दुइवटा समुहमा रही तरकारी उत्पादन कार्यमा
लागेका त्यहा“का किसानहरु आपसी सहयोगको भावनाबाटै तरकारी
जम्मा गरी बजारसम्म पुर्याउने र संयुक्त रुपले बीउविजन
ल्याएर वितरण गदै आइरहेको बताउ“छन् । समुहको सहयोग भएर नैै
आफु एक्लैले ४ कठ्ठा जमिनमा तरकारी खेती गर्दै आइरहेको बसन्ता
केसी बताउ“छिन् । यसबाट आफु घरमै रहेर आत्मनिर्भर बन्न
सकेकोमा उनी खुसी देखिन्छिन् । उनका श्रीमान् भने इन्डियामा
बस्दै आइरहेको उनले बताइन् ।
अत्यधिक आलुको उत्पादन हुने त्यस क्षेत्रका कृषकहरु यतिबेला
टिपीएस आलु उत्पादनतिर आकर्षित बनेका छन् । वियाबाट बर्ेना
राखेर लगाइने यो आलु खानलाई अत्यधिक स्वादिलो हुने कृषक केशव
पोख्रेल बताउ “छन्
। चरिङे कृषक समुहका अध्यक्ष समेत रहेका पोख्रेल भन्छन्- 'यो
आलुको अहिले बीउको लागि उत्पादन गरिदैछ, त्यो बीउबाट दोस्रो
पुस्ता तयार भएपछि मात्रै यो अन्य आलुजस्तै बजारमा प्रसस्त
पाइने हुन्छ ।' ६०दिनदेखि ८० दिनभित्रमा खनिसक्नु पर्ने यो
टिपीएस आलु भाद्रदेखि लगाउन शुरु गरिने कुरा पनि पोख्रेलले
बताए । पहिलो प्रयोगको रुपमा डेढ कठ्ठा जमिनमा ८ हजार बर्ेना
लगाएको र त्यसमध्ये ४ हजार बर्ेना बेचेर आम्दानी बढाएको पनि
उनले बताए ।
समुहमा रहेर तरकारी उत्पादनमा लागेका रामपुरका कृषकहरु जति
मेहनतले तरकारी फलाउ “छन्,
त्यसको उचित मुल्य र बजार नपाउ“दा उनीहरु खिन्न हुने गर्छन्
। घोराहीमा फुलगोभी २० रुपैया“ किलो विक्री हुन्छ तर नजिकै
रामपुरमा १०रुपैया“ किलो पनि कसैले लिन मान्दैन् । उत्पादक र
उपभोक्ता बीचमा यति धेरै मुल्यको भिन्नता हुनुको कारण दलाल
व्यापारीहरुले अनियमित तरिकाले खाने कमिसन नै हो । न
उत्पादकले वस्तुको सही मुल्य पाएको छ, न उपभोक्ताले गाउ“कै
तरकारी सस्तोमा पाएको छ । रामपुरमा ४ रुपैया“ किलो बन्दागोभी
फालाफाल हुने तर घोराहीमा १२ रुपैया“ले पाउन मुश्किल किन छ ?
उपभोक्ताहरु सम्म पुग्दा बीचमा बढी कमिसन खाने दलालतिर
उत्पादक र उपभोक्ताहरुको ध्यान पुग्न सकेमा कसैले सित्तैमा
पसिनाको मुल्य खान पाउदैनथ्यो कि ?
आत्मनिर्भरताका लागि सीप विकासमा लागे महिलाहरु
दाङ/जीविकोपार्जनको लागि आत्मनिर्भरताको बाटो खोजीरहेका
ग्रामीण भेकका महिलाहरु अहिले सिपको विकास गर्नेतिर लागेका
छन् । सिप सिकेर केही गर्र्छौं भन्ने उद्देश्य राखी केही
वर्ष अघि घोराहीमा पेन्टिङ तथा सिलाई बुनाईको प्रशिक्षण
तालिम लिएका रामपुर-६ मोतीपुरका निर्मला थापा र कमला थापाले
रामपुरमा संयुक्त रुपले सिलाई बुनाई पसल खोलेर तालिम पनि दिन
थालेका छन् ।
पसलमा विभिन्न बुटाका लेस, पेन्टिङका आकर्षक चित्रहरु बनाएर
भित्तामा झुण्ड्याएर राखेकी निर्मलाले तकियाको खोल सिलाउ “दै
भन्छिन्-'यो पसल गरे देखि हामीहरु ब्यस्ताको साथै आत्मनिर्भर
पनि हुदै आइरहेका छौं ।' तिनवटा कलहरु राखेर सिलाईको काम
गरिरहेका निर्मला र कमलाले दिनको सरदर ५ सयको व्यापार गर्ने
गरेको बताउ“छन् । १५ हजारको लगानी लगाएर शुरु गरिएको सो पसलमा
अहिले ६ जना महिलाहरुलाई उनीहरुले सिप विकासको तालिम दिइरहेका
छन् । आत्मनिर्भर हुनुपर्छ भनेर नै आफुले यस्तो सिप सिक्ने
तालिम लिन लागेको बताउ“छिन रामपुर सिमलताराकी कुमारी र्घर्ती,
सिप सिकेर आफुले पनि यस्तै फार्म खोल्ने उद्देश्य रहेको छ
र्घर्ती बताउछिन ।
१५० रुपैया “ मासिक फिस
लिएर तालिम सिकाउने गरेको निर्मला र कमलाले दिनको २ घण्टा
तालिम सिकाउनेमा समय खर्च गर्छन् भने बा“की समय पसलमा
व्यवसायका लागि सिलाई बुनाई गर्छन् । ६ महिने कोर्ष भएपनि
ग्रामीण महिलाहरुलाई सिकाउन बढी समय लाग्ने उनीहरु बताउ“छन्
। आफुले सिकेको सिप गाउ“मै बसेर अनपढ महिला दिदीबहिनीहरु लाई
सिकाउन पाउ“दा आफुहरु अत्यन्त खुसी रहेको निर्मला बताउ“छिन्
। महिला स्वावलम्बन विकास तालिम भनेर रामपुरमा अर्को महिला
सिलाई सिकार्य तालिम केन्द्र पनि खोलिएको छ । |